"
नागरिक

नागरिक

रोनाल्डो आतुर छन् : जिदान

बिहिबार, ३० मङि्सर २०७३

प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो रियाल मड्रिडलाई क्लब विश्वकपको अर्को उपाधि दिलाउँदै आफू बालोन डी'अर अवार्डको हकदार प्रमाणित गर्न आतुर रहेको बताएका छन्।

नयाँ स्वरुपमा धनगढी क्रिकेट

बिहिबार, ३० मङि्सर २०७३

'क्रिकेट नगरी' ले परिचित सुदूरपश्चिमको धनगढीमा हुँदै आएको धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगिताले नयाँ स्वरुप पाएको छ। दुई प्रतियोगितालाई गाभेर यो वर्षबाट धनगढी प्रिमियर लिग (डिपिएल) को नाममा प्रतियोगिता हुने भएको छ।

रत्नजित र शिक्षा विजयी

बिहिबार, ३० मङि्सर २०७३

नेपालका रत्नजित तामाङबुधबार भारतका अमन कुमारलाई सोझो सेटमा पराजित गर्दै नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनको क्वार्टरफाइनलपुगेका छन्। शिक्षा श्रेष्ठले एलिना सुल्तानालाई पराजित गर्दै महिला एकलमा क्वार्टरफाइनल स्थान बनाएकी छन्।

गाँस खोस्दै बबई सिँचाइ

बिहिबार, ३० मङि्सर २०७३

खेतमा उमि्रएका गहुँका बोट पानी नपाएर ओइलाउँदै जाँदा दानबहादुर थारूको परिवारमाथि चिन्ताको बादल मडारिइरहेको छ। केही दिन यस्तै अवस्था रहे गहुँबाली सुक्ने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

शुल्क बढाएपछि विद्यार्थी आन्दोलित

बिहिबार, ३० मङि्सर २०७३

विशालनगरमा रहेको कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजले एकैपटक ९२ हजार रुपैयाँ शुल्क वृद्धि गरेको आरोप विद्यार्थीले लगाएका छन्।

चुनावमा गए मुठभेड : मोर्चा

बिहिबार, ३० मङि्सर २०७३

मधेसी मोर्चाका नेताले संसद्मा दर्ता संविधान संशोधन विधेयक स्थगन गरी सरकारले स्थानीय निकायको चुनाव गर्न खोजे 'मुठभेड निम्तिने' चेतावनी दिएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बुधबार भएको अनौपचारिक छलफलमा नेताहरूले यथास्थितिमा चुनाव गर्न खोजे हुन नदिने सहमति पनि गरेका छन्।

स्याङ्जामा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा बुधबार अपराह्न एक मजदुरको मृत्यु भएको छ।

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

बुधबार, २९ मङि्सर २०७३

बेलायती न्यायप्रणाली बुझ्न नेपालका न्यायाधीशहरुको टोली लन्डन आइपुगेको छ। टोलीमा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, सर्वेच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशप्रसाद रिजाल, सर्वोच्चका उपरजिष्ट्रार विश्वराज पौडेल र अधिकृत गीता श्रेष्ठ सहभागी छन्।

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको शङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

प्यूठानमा बस दुर्घटना, एकको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

प्यूठानमा बस दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्। बुधबार दिउँसो दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन, एक कठ्ठा जमिन

बुधबार, २९ मङि्सर २०७३

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन रहेको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन पुस पहिलो साता

बुधबार, २९ मङि्सर २०७३

स्थानीय तह पुनःसंरचना आयोगले पुस लागेपछि मात्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । चैत वा वैशाखमा स्थानीय तहको निर्वाचनका लागि मङ्सिर मसान्तसम्ममा प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको थियो

राज्यका अंगहरु अराजक भएः काँग्रेस नेता कोईराला

बुधबार, २९ मङि्सर २०७३

एमाले अध्यक्ष केपि ओलीका कारण मधेसमा स्थानीय तहको पुनर्संरचना हुन नसकेको कोईरालाले आरोप लगाए । ‘पहाडमा ६८ प्रतिशत र तराई मधेसमा जम्मा ३२ प्रतिश स्थानीय तह बनाउने गरी आयोगले सीमा तोकिदिएपछि अहिलेसम्म आयोग मधेसमा जान सकेको छैन, यो केपिजीको चलखेलले हो,’ उनले भने ।

संशाेधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने चेतावनी

बुधबार, २९ मङि्सर २०७३

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने चेतावनी दिएका छन्। बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले संशोधन प्रस्ताव कुनै हालतमा नेपाल र नेपालीहरुको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे।

संविधान संशाेधन प्रस्ताव थाँती राख्ने तीन दलबीच सहमति भएकाे खुलासा

बुधबार, २९ मङि्सर २०७३

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्नको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको खुलासा गरेका छन्।

मेसिनमा बेरिएर कोरियामा एक नेपालीको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको मृत्यु भएको छ। साटाखानी–५ चौरासेका उत्तम पंगालीको मंगलबार बेलुका स्थानीय समय अनुसार ४ः५० मा मृत्यु भएको हो।

ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति

बुधबार, २९ मङि्सर २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो ।

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

बुधबार, २९ मङि्सर २०७३

पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नगर्दा सोलुखुम्बुका भूकम्पपीडितले काठ काट्न समेत पाएका छैनन् ।

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यकः गच्छदार

बुधबार, २९ मङि्सर २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् ।

दाङमा दुर्घटना, ३ को मृत्यु ४ घाइते

बुधबार, २९ मङि्सर २०७३

दाङ–बेग्लाबेग्लै दुर्घटनामा दाङमा तीनजनाको मृत्यु भएको छ।