"
नागरिक

नागरिक

संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

सोमबार, ०४ असार २०७५

प्रधानमन्त्री केपी शर्मा अाेलीले भाेलीबाट हुने चीन भ्रमणबारे संसदलार्इ जानकारी गराउने भएका छन्र। आज अपराह्न ४ बजे बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन्।

महानिरीक्षक खनाल अमेरिका प्रस्थान

सोमबार, ०४ असार २०७५

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्।

सेलोमा भोट युद्ध र कविता

सोमबार, ०४ असार २०७५

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो।

५० डिएसपीको सरुवा (सूचीसहित)

सोमबार, ०४ असार २०७५

नेपाल प्रहरीका ५० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार ५० जना डिएसपीको सरुवा गरेको हो ।

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

सोमबार, ०४ असार २०७५

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।

बिहारी चाप्लिनको नेपाल यात्रा

सोमबार, ०४ असार २०७५

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते बिहार’को प्रचार गर्न उनी नेपाल आएका हुन् ।

बाजेको सेकुवा खोल्न मजदूरहरूको आग्रह

सोमबार, ०४ असार २०७५

बाजेको सेकुवा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका छन्। आइतबार दिउँसो उनीहरुले अनामनगरस्थित बाजेको सेकुवा रेस्टुरेन्ट उभिएर व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटीमा असर परेको भन्दै उनीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका हुन्।

‘समृद्घिका लागि परम्परागत प्रविधि अपरिहार्य’

सोमबार, ०४ असार २०७५

‘मैले यतिका वर्ष विश्वविद्यालय पढाएँ, नेपालका मौलिक तथा परम्परागत प्रविधिबारे आफैंलाई जानकारी रहेनछ। केवल पश्चिमाले थोपरिदिएका कुरालाई पो ज्ञान भन्दै विद्यार्थीलाई बाँडेछु,’ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सेमिनार हलमा प्रवचन सुरु गर्नुअघि निजात्मक अनुभव सुनाए।

नक्कली पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी पक्राउ

सोमबार, ०४ असार २०७५

नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो।

‘हाम्रा सहर व्यवस्थित छैनन्’

सोमबार, ०४ असार २०७५

इटलीको फ्लोरन्ज सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर सांस्कृतिक र मौलिक छ । सहरको सबैतिर ढुंगा छापिएका सडक छन् । फोहर कतै देखिन्न । हरियाली जंगलमा सेता भेडा चरेको दृश्य पनि सहरबाट नियाल्न पाइन्छ।

विश्वकपमय सामाजिक सञ्जाल

सोमबार, ०४ असार २०७५

फिफा विश्वकप फुटबल प्रतियोगिताको एक्काइसौं संस्करण रुसमा सुरु भएसँगै प्रतियोगिताले नेपाली बजार तातेको छ । विश्वकपलाई फोकसगरी विभिन्न कम्पनीले बजार प्रवद्र्धन गर्ने योजना ल्याएका छन् । विश्वकपले जर्सीको व्यापार बढेको व्यापारीहरू बताउँछन्।

‘स्थानीय तहका कर्मचारी पारदर्शी भएनन्’

सोमबार, ०४ असार २०७५

२० बर्षपछि आएको स्थानीय सरकारप्रति स्थानीयको अपेक्षा धेरै छ । सबैले आफ्नो क्षेत्रको विकास हुन्छ भने आस पनि गरिरहनु भएको छ । हामीले उहाँहरुकै आशा र अपेक्षालाई मेटाउने कोशिस गरेका छौं । केही अपेक्षाहरु मेटाएका पनि छौं । केही अपेक्षा ५ बर्षको अन्तरालमा मेटाउने छौं।

डेभलपमेन्ट बैंकमा ‘भद्र सहमति’

सोमबार, ०४ असार २०७५

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको छ । एसोसिएसनको गत बिहीबार बेलुका बसेको बैठकले उक्त सहमति गरेको हो।

गुडिरहेको ट्रकमाथि ढुंगो खस्दा चालकको मृत्यु

सोमबार, ०४ असार २०७५

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ।

मेगा बैंकका तीन नयाँ बचत योजना

सोमबार, ०४ असार २०७५

मेगा बैंक नेपाल लिमिटेडले एउटा मुद्दती र दुईवटा बचत योजना ल्याएको छ। सर्वाधिक ब्याज दिने उद्देश्यले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ ।

घरजग्गा मेलामा बुकिङ गर्नेको चाप

सोमबार, ०४ असार २०७५

घरजगा मेला (प्रोपर्टी एक्स्पो २०१८) मा अपार्टमेन्ट तथा घर बुक गर्नेको चाप बढेको छ । नेपाल जग्गा तथा आवास विकास संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा आयोजना गरेको मेलामा अपार्टमेन्ट बुक गर्नेको संख्यामा बढेको हो।

कर्मचारीको परिवारलाई महालक्ष्मीको सहयोग

सोमबार, ०४ असार २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको गरेको छ।

प्रभु समूहको प्रभु टेलिभिजन सार्वजनिक

सोमबार, ०४ असार २०७५

प्रभु समूहले आइतबारबाट नेपालमा नयाँ प्रविधिको डिजिटल टेलिभिजन सार्वजनिक गरेको छ । सो समूहले डिजिटल टेरेस्टेरियल टेलिभिजन (डिभिबी) प्रविधिमार्फत प्रभु टिभी सञ्चालनमा ल्याएको जनाएको छ।

अझै गठन भएन मस्यौदा समिति

सोमबार, ०४ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सुरु हुन एक दिन मात्र बाँकी रहँदासमेत पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको विवादले विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन। विधान संशोधन समितिमा सहभागी गराउने व्यक्ति र संख्याबारे दुई पक्षीय नेताहरूबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदा समिति गठन गर्न बिलम्ब भएको हो।

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

सोमबार, ०४ असार २०७५

सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ।