"

दिपेन्द्र रोक्का

यसरी पुनर्निर्माण भैरहेको छ दशरथ रंगशाला (फोटो फिचर)

शनिबार, २६ जेठ २०७५

विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ले सारा विश्वको ध्यान खिरिचरहँदा नेपालकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भने टालटुल पुनर्निर्माण ढाँचामा अघि बढिरहेको छ।

सुनसान तातोपानी लिपिङ् बजार (फोटो फिचर)

बुधबार, २३ जेठ २०७५

उत्तरी चीन जोड्ने परम्परागत र मुलुकको एक मात्र ठुलो तातो पानी नाका ३ वर्षदेखि बन्द छ। २०७२ वैशाख १२ को भूकम्पपछि नाका बन्द भयो।

भोटेकोसीमा बन्जीको मज्जा (भिडियो)

शनिबार, १९ जेठ २०७५

विनाशकारी भूकम्पपछि सुस्ताएको साहसिक खेल बन्जी जम्प पुरानै अवस्थामा फर्केको छ। द लास्ट रिसोर्टले १९ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती गाविस जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा सञ्चालन गरेको यो खेलमा पुलबाट हामफाल्न देश र विदेशबाट पर्यटकहरु पुग्छन्।

पवित्र रमजान शुरु (फोटो फिचर)

शुक्रबार, ०४ जेठ २०७५

इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्ने प्रचलन रहेको छ।

पल्सर अवार्ड : पारस र शोभा वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)

बिहिबार, ०३ जेठ २०७५

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन्।

बल्खुमा अाेली-दाहालकाे 'केमेस्ट्री' [फाेटाे फिचर]

बिहिबार, ०३ जेठ २०७५

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दिन दुवै पार्टी अध्यक्षहरु निकै हौसिएका देखिन्थे । बिहीबर बिहान मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमालेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु उपस्थित भएका थिए ।

राजधानीमै नक्कली पैसा छाप्ने मेसिन!

बुधबार, ०२ जेठ २०७५

दुई करोड ६० लाख ६३ हजार नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पक्राउ पर्नेमा प्रकाश सुवेदी, महेन्द्र बोगटी, माधव वाग्ले, विकेस नातिफ, साजन तामाङ र सुजित तामाङ पक्राउ परेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

भारतीय दूतावास अगाडि नेवि संघको प्रदर्शन (फोटो/भिडियो)

मङ्गलबार, ०१ जेठ २०७५

नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। विरोधमा भारतीय राजदूतावास लैनचौर अगाडि संघका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरे।

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

आइतबार, ३० बैशाख २०७५

रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। आइतबार राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।

अफगानिस्तानमा मारिएका पत्रकारको सम्झनामा दीप प्रज्वलन

बुधबार, १९ बैशाख २०७५

अफगानिस्तानमा आतंककारी हमलामा मारिएका पत्रकारको सम्झनामा राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

कहिले पूरा होला पुनर्निर्माण ? (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५

भूकम्प गएको तीन वर्ष पुगेको छ। २०७२ वैशाख १२ को भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्‍यायो। राहत र क्षतिपुर्तीका विभिन्न कार्यक्रम सरकारले ल्यायो। भूकम्प पछिको पुनर्निर्माणको लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठनसमेत गर्‍यो। प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन भए।

पृथ्वी दिवस : तस्बिरमा कुरूप काठमाडौं (फोटो फिचर)

आइतबार, ०९ बैशाख २०७५

यस वर्षको पृथ्वी दिवस ‘प्लाष्टिकजन्य सामग्रीबाट प्रदूषण र यसको अन्त्य’ नारासहित मनाइएको छ। पहिलोपटक १९७२ अप्रिल २२ मा मनाउन सुरु गरिएको दिवसलाई आइतबार राजधानी काठमाडौंमा विविध कार्यक्रम गरी मनाइयो।

१३ औं दरबारमार्ग सडक महोत्सव (फोटो फिचर)

शनिबार, ०८ बैशाख २०७५

काठमाडौंको दरबारमार्गमा वार्स्टाइनर वियरले आयोजना गरेको १३ औं दरबारमार्ग सडक महोत्सवको रौनक । प्रत्येक वर्ष हुँदै आएको सडक महोत्सवअन्तर्गत शनिबार सम्पन्न यसवर्षको महोत्सवमा नागरिककर्मी दिपेन्द्र रोक्काको क्यामेरामा कैद भएका तस्बिरहरुः

घाँसे मैदानबाट यसरी हटाइयो मालिन्दो एयरको जहाज (भिडियो)

शुक्रबार, ०७ बैशाख २०७५

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाजलाई १२ घण्टापछि हटाइयो। जहाजलाई पूर्वतर्फको पार्किङमा राखिएको छ। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महलेसियाको लागि उडान भर्न लागेको जहाज घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो।

पारिजातलाई सम्झँदा (भिडियो)

बुधबार, ०५ बैशाख २०७५

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४ औं स्मृति दिवश मनाइएको छ।

भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा (फोटो फिचर)

आइतबार, ०२ बैशाख २०७५

बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आइतबार थिमी बोडे ८ का ४६ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन्।

यस्तो देखियो बिस्केट जात्राकाे राैनक (फाेटो र भिडियो)

मङ्गलबार, २७ चैत २०७४

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात र नौ दिनसम्म मनाइने बिस्केट जात्रामा मंगलबार पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ। तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो।

राजधानीमा आठौं ट्याटू सम्मेलन (फोटो र भिडियो)

आइतबार, २५ चैत २०७४

ललितपुरको झम्सिखेलमा शनिबारदेखि ३ दिने ट्याटू सम्मेलन शुरु भएको छ। नेपाल, जापान, थाईल्याण्ड, भारत, बेलायत, अस्ट्रेलिया लगायत २० वटा देशबाट आएका ट्याटू कलाकार, पारखी र बिशेषज्ञ सम्मेलित उक्त सम्मेलन ३ दिनसम्म चल्नेछ।

यस्तो देखियो 'मगन्ते मुक्त' पशुपति क्षेत्र (भिडियो)

बुधबार, २१ चैत २०७४

पशुपतिनाथ मन्दिर क्षेत्रमा वुधबार सहयोगापेक्षी (मगन्ते) देखिएनन्। पशुपति वरपर उल्लेख्य संख्यामा 'मागन्ते' देखिने भएता पनि 'मगन्ते' मुक्त क्षेत्र घोषणा गरेर उनीहरुलाई स्थानान्तरण गरेपछि पशुपति दर्शनार्थीले उनीहरुको सास्ती व्यहर्नु परेको छैन।

साखुमा बज्रयोगिनी जात्रा (भिडियाेसहित)

मङ्गलबार, २० चैत २०७४

राजधानीकाे साँखुमा ८ दिने बज्रयोगिनी मेला शुरु भएको छ। हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।