"

सरिता श्रेष्ठ

रानीझरनामा क्यानोनिङ

शनिबार, ०९ असार २०७५

थाक्रे गाउँका सरोज कार्कीले गाउँकै रानी झरनामा क्यानोनिङ गरेका छन्। अचेल काठमाडौँ बस्दै आएका उनले केही दिनपहिले जन्मथलो फर्केर क्यानोनिङ गरेका हुन्।

ट्रक र माइक्रो बस ठोक्किदाँ सात घाइते

बिहिबार, ०७ असार २०७५

पृथ्वी राजमार्गकाे धादिङको गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा बिहिबार बिहान ट्रक र माइक्रोबस एक आपसमा ठोक्किदाँ ७ जना घाइते भएका छन्।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

सोमबार, ०४ असार २०७५

विद्यार्थीहरु विद्यालयमा आउँछन्। बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन्। भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन्। भुइँमा ढलेर बर्बराउँदै बचाउ बचाउ समेत भन्छन्।

सुध्रिएनन् पृथ्वी राजमार्गका होटल

बुधबार, ३० जेठ २०७५

गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम । उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारीसाधन राजमार्गका होटलमा रोकिने गर्छन् । गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन् ।

राजमार्गका रेष्टुरेन्ट यात्रुलाई सास्ती

आइतबार, २७ जेठ २०७५

गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम। उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारी राजमार्ग छेउका रेष्टुरेन्टमा रोकिने गर्दछन्। गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन्। भोक, प्यास मेटाउन रेष्टुरेन्टले जति मूल्य भन्यो यात्रुहरुले त्यति नै तिर्न बाध्य हुन्छन्।

त्रिशुलीमा ट्रक खस्दा दुई बेपत्ता

शनिबार, २६ जेठ २०७५

पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा गएराति ट्रक खस्दा दुईजना बेपत्ता भएका छन्।

भूकम्पका घाइते भन्छन्– सरकारले हेरेन

बिहिबार, २४ जेठ २०७५

तीन वर्षअघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका–१, रिचेतकी खोमाया तामाङ घाइते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो । घाइते भएर बारीको पाटामा ढलेकी उनलाई चार दिनपछि हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम धादिङबेसीस्थित जिल्ला अस्पताल ल्याइयो ।

धादिङमा खुकुरी प्रहारबाट एक घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

बुधबार, २३ जेठ २०७५

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।

पहिलो तहको कालोपत्रे सकियो, अब चौबिसै घण्टा सरर...

बुधबार, २३ जेठ २०७५

नारायणघाटबाट बुधबार विहान ७ बजेर ३० मिनेटमा गुडेको यात्रुबाहक बस विहान ११ बजेर ३० बजे धादिङबेसी आइपुग्यो। सडक निर्माणले दैनिक हैरानी व्यहोर्नु परेको नारायणगढ मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएसँगै ४ घण्टामा धादिङबेसी आइपुगेको बसका चालक रमाकान्त सेढाईले बताए। बुधबारदेखि २४ सैं घण्टा सवारी साधन सञ्चालन गरिएपछि सहजै धादिङबेसी आइपुगेको सेढाईले बताए।

धादिङमा ट्रक र जीप जुध्दा आगलागी, ३ घाइते

सोमबार, २१ जेठ २०७५

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र स्कारपियो एकआपसमा ठोक्किँदा ट्रकमा आगो लागेको छ।

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

सोमबार, २१ जेठ २०७५

नेपाल विद्युत प्राधिकरण धादिङले समयमा नै विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न सुरु गरेको छ। लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जानकारी दिएको छ। प्राधिकरणले १ साताको अवधीमा ७० जनाको विद्युत लाइन काटिदिएको थियो।

नीलकण्ठ क्याम्पसमा तोडफोड

सोमबार, २१ जेठ २०७५

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा तोडफोड भएको छ।

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

शुक्रबार, १८ जेठ २०७५

संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त

बिहिबार, १७ जेठ २०७५

हिलाम्मे सडक, अलपत्र यात्रु र फसेको सवारी साधन । धादिङबेसी–सल्यानटार सडक खण्डको बेहाल अवस्था हो यो । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ । प्रिमनसुन सुरु भएका कारण पनि निर्माणाधीन सडकमा पानी परेका बेला सवारी साधन गुड्नै नसक्ने अवस्थामा पुगेको छ ।

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

बुधबार, ०९ जेठ २०७५

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा १ जनाको मृत्यु भएको छ ।

घन्टौं उकालो हिँडेर निर्माण सामग्री ओसार्दै भूकम्पपीडित

बुधबार, ०९ जेठ २०७५

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका–१, झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साघँरो र उकालो बाटोमा उनी हरेक दिन यसैगरी नाम्लोमा सामान ओसार्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौं भयो, तामाङले सुनाए, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घन्टा उकालो हिँडेर सामान ल्याउने गरेको छु ।’ आफूसँगै श्रीमती र छोरा पनि यसरी सामान ओसार्न दैनिक खटिने गरेको उनले बताए।

निगालो बुनेर मासिक ३५ हजार कमाइ

बुधबार, ०९ जेठ २०७५

बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्छन् । खुला ठाउँमा जस्ताले छाएको टहरामा निगालोका सामग्री बनाएर चेपाङ दम्पतीले दैनिकी गुजारा गर्छ ।

तुइनमुक्त हुँदै धादिङ

सोमबार, ०७ जेठ २०७५

तुइन र खिरखिरेमार्फत् जोखिमपूर्ण तरिकाले त्रिशुली नदी वारपार गर्दै आएका धादिङबासी झोलुंगे पुल बनेपछि हर्षित भएका छन्।

कुरा धेरै, काम थोरै

सोमबार, ३१ बैशाख २०७५

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पूरा भएको छ। वर्षदिनको अवधिमा निर्वाचित जनप्रतिनिधिले सोचोजस्तो प्रगति गर्न नसकेको जनगुनासा प्रशस्त आएका छन्। लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले एक वर्ष अघि नेतृत्व त पाए तर जनताले चाहेको ‘गाउँगाउँमा सिहंदरबार’ अझै पाउन सकेका छैनन्।

स्थानीय तहकाे पहिलाे वर्ष : कुरा धेरै काम थोरै, गाउँमा पुगेन सिंहदरबार

आइतबार, ३० बैशाख २०७५

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पूरा भएको छ। वर्षदिनको अवधिमा निर्वाचित जनप्रतिनिधिहरुले सोचोजस्तो प्रगति गर्न नसकेको जनगुनासोहरु प्रशस्त आएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।