"

विशन क्षेत्री

सामाजिक सुरक्षाको २३ लाख बाटोमै हरायो

आइतबार, ०३ असार २०७५

पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

प्रदेश ४ का अर्थमन्त्री भन्छन् : सांसदलाई रकम किन दिने ?

शनिबार, ०२ असार २०७५

प्रदेश ४ सरकारले सांसदले खर्च गर्न पाउनेगरि निर्वाचन क्षेत्र विकास कोषमा रकम छुट्याएको छैन।

प्रदेश नम्बर ४ : राजस्व ६०/४० को अनुपातमा बाँडिने

शुक्रबार, ०१ असार २०७५

प्रदेश सरकार र स्थानीय तहको अधिकार भित्रका सूचीमा रहेको करहरु आनुपातिक रुपमा वितरण गरिने भएको छ। प्रदेशका अर्थमन्त्री किरण गुरुङले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७५/०७६ को राजस्व र वार्षिक व्ययको अनुमान प्रदेशसभा बैठकमा पेश गर्दै राजस्वलाई स्थानीय र प्रदेश सरकारले संकलन गर्ने र राजस्व आनुपातिक रुपमा वितरण गरिने जनाएका हुन्।

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

शुक्रबार, ०१ असार २०७५

प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ। शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले उक्त रकम बराबरको बजेट ल्याएका हुन्। जसमा चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाख रहेको छ। यो कुल बजेटको २९ प्रतिशत हो ।

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

बिहिबार, ३१ जेठ २०७५

प्रदेश नं ४ का बजेटसँग सम्बन्धित दुई विधेयकहरु एकै दिन दफाबार छलफल गरि पारित भएका छन्। संवैधानिक व्यवस्था बमोजिक असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता र बजेटसँग सम्बन्धित कर र गैह्रकर सँग सम्बन्धित विधेयक र वित्त व्यवस्थापन सम्बन्धिको विधेयक बिहिबार सदनमा छलफल गरि पारित गरिएको हो।

तीन वर्षमा दूधमा आत्मनिर्भर

बिहिबार, ३१ जेठ २०७५

प्रदेश ४ लाई आगामी तीन वर्षभित्र दूधमा आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जनाएका छन् ।

प्राकृतिक दोहनसम्बन्धिको कार्यविधी तयार

बुधबार, ३० जेठ २०७५

अतिक्रमित प्राकृतिक स्रोत साधनको दोहन रोक्न कार्यविधी तयार गरिएको छ। प्रदेश ४ भित्र अतिक्रमणमा परेका खोला, ढुंगा, बालुवा, गिटी, सार्वजनिक जग्गाहरु सहितका सबै प्राकृतिक स्रोत साधनहरुलाई व्यवस्थित गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यविधी तयार पारेको हो।

बहुचर्चित शिला शालिग्राम

मङ्गलबार, २९ जेठ २०७५

भौतिक रूपमा हेर्दा यो एक ढुंगा मात्र हो, त्यो पनि विश्वकै ठूलो । तर, यो ढुंगो हेर्न प्रत्येक दिन सयौं मान्छे जान्छन् । यो ढुंगोलाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रूपमा पुज्ने गर्दछन् । स्वस्थानी कथामा जालन्धरकी श्रीमती वृन्दाको पतिव्रता छद्म भेषमा भगवान् विष्णुले नष्ट गरेपछि वृन्दाले उनलाई चार श्राप दिएकी थिइन् । ती चार श्रापमध्येको एक पत्थर बन्नुपरोस् भन्ने श्रापका कारण भगवान् विष्णुले शिला शालिग्रामको रूप लिएको किंवदन्ती सुन्न पाइन्छ ।

कांग्रेसको नाराबाजी, सत्ता पक्षको जित

आइतबार, २७ जेठ २०७५

आइतबार तीन पटकसम्म बैठक बसेपछि प्रदेशसभाले प्रदेश कर तथा गैरकर राजस्व संकलन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक छलफलको लागि पारित गरेको छ। प्रदेशभामा दोश्रो पटक सदन अवरुद्ध भएतापनि सत्तापक्षले पेलेरै विधेयकहरु छलफलको लागि पारित गरेको यो पहिलो घटना हो।

प्रदेश नम्बर ४ को सदन अवरुद्ध, सत्तापक्षको पेलेरै अगाडि बढ्ने संकेत

आइतबार, २७ जेठ २०७५

प्रदेश नं. ४ मा सत्तापक्षीय दल र प्रतिपक्षी दलको आ–आफ्नै अडानका कारण आईतबारको प्रदेशसभा बैठक दुई पटकसम्म स्थगित भएको छ। यस्तै, सदनमा प्रतिपक्षीदल नेपाली कांग्रेसले रोष्टम अगाडि नाराबाजी समेत गरेको छ। कांग्रेसले प्रदेश नामांकनको विषयलाई छलफलमा ल्याउनुपर्ने मागसहित सदन अवरुद्ध गरेको हो।

कांग्रेसद्वारा प्रदेश ४ को संसद बैठक अवरुद्ध

आइतबार, २७ जेठ २०७५

प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर चारको संसद अवरुद्ध गरेको छ। प्रदेशको नामांकन र स्थायी राजधानीको विषय टुंगाएपछि मात्र अन्य विषयमा छलफल हुनुपर्ने भन्दै संसद अवरुद्ध गरेको हो।

प्रदेश ४ को नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पुर्याइने

शुक्रबार, २५ जेठ २०७५

प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार पाँच सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ।

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

बुधबार, २३ जेठ २०७५

जिल्लाको बृहत्तर विकास र समृद्धिको लागि युकेमा रहेका पर्वतेलीहरूको बृहत कार्यक्रम सम्पन्न भएको छ। प्रवासी पर्वतेलीहरूको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका निर्वाचित जनप्रतिनिधीहरूको सहभागितामा समृद्ध पर्वत निर्माणको लागि च्यारिटी कार्यक्रमको आयोजना गरेका थिए।

नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’

सोमबार, २१ जेठ २०७५

अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो।

उज्यालो प्रदेश बनाउन ३ अर्ब १३ करोड लाग्ने

आइतबार, २० जेठ २०७५

प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन ३ अर्ब बढि लागत लाग्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार प्रदेशका ९ वटा स्थानीय तहमा विद्युत पुगेको छैन् भने १६ वटा स्थानीय तहमा आंशिकरुपमा मात्र विद्युत पुगेको देखिन्छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरी प्रदेश नं. ४ लाई उज्यालो प्रदेश बनाउने घोषणा गरेको छ।

२६ अर्बको बजेट ल्याउने प्रदेश सरकारको तयारी

बुधबार, १६ जेठ २०७५

प्रदेश नं. ४ को आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटको लागि बिहिबारदेखि प्रारम्भिक छलफल सुरु हुने भएको छ। प्रदेशसभा नियमावलीको नियम १३३ अनुसार विनियोजन विधेयक प्रस्तुत गर्नुपूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सिद्धान्तमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस भनि अर्थमन्त्रीले प्रस्ताव राख्नुपर्ने प्रावधान छ।

प्रदेश नम्बर ४ सरकारको उपलब्धि : वेवसाईट बनाउनेदेखि मोदीलाई स्वागत सम्म

आइतबार, १३ जेठ २०७५

प्रदेश नं. ४ सरकारले एक सय दिने कार्यप्रगती सार्वजनिक गरेको छ। गत फागुन ४ गते गठन भएको प्रदेश सरकारले ४१ बुँदे उपलब्धि सार्वजनिक गरेको हो। आईतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नीतिगत उपलब्धिहरु हासिल गरेको बताए । सरकारले सार्वजनिक गरेको उपलब्धिमा नीतिगत योजना तथा नियमित क्रियाकलापहरु परेका छन्।

मुख्यमन्त्री गुरुङ भन्छन् : प्रदेश सरकारलाई डमरु बनाईयो

आइतबार, १३ जेठ २०७५

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाईएको बताएका छन्। ‘सरकारलाई डमरुजस्तो बनाईएको छ, एकापट्टि फर्के स्थानीय तह, अर्कोपट्टि फर्किँदा संघीय सरकार ठोकिन्छ, यो संघीयतालाई असफल पार्ने प्रयत्न हो ।’ उनले भने, ‘यसको विरुद्ध हामी डटेर लागिपर्नेछौँ।’

‘पानी नपाएर थुक निल्यौँ तर साइकललाई ब्रेक लगाएका छैनौँ’

आइतबार, ०६ जेठ २०७५

दुई वर्ष भयो, पर्वतका भेषबहादुर कँडेल र झापाका युवराज मैनालीको साइकल यात्रा। पर्वतको फलेवास नगरपालिका ११ पाङराङका कँडेल र झापाको कन्काईका मैनाली, प्रदेश नं. ४ र १ का यी दुई युवाहरु अहिले अमेरिकामा छन्। ४२ औँ

अलपत्र योजनाप्रति मन्त्रालयको सक्रियता

आइतबार, ०६ जेठ २०७५

बाग्लुङस्थित अञ्चल अस्पताल भवन निर्माणको ठेक्का सम्झौता आर्थिक वर्ष २०६५/०६६ मा भएको हो। भवन डिभिजन कार्यालयको यो योजना सम्झौता मिति अनुसार भवन निर्माण कम्पनिले २०६९ श्रावणमा निर्माणकार्य सक्नुपर्ने हो। अन्तिम पटक थपिएको म्याद पनि दुई वर्ष पहिले २०७३ असारमा सकिइसकेको छ। पटक–पटक म्याद थपगर्दा समेत भवनले पूर्णता पाउन सकेको छैन्।