"

डा. सञ्जय आचार्य

अन्तर्देशीय जलमार्गको बहस

आइतबार, २० जेठ २०७५

नेपाल–भारतको बीचमा अन्तर्देशीय र आन्तरिक जल यातायातको विकास गरिने प्रसंग अहिले चर्चामा आएको छ। नेपाली भूमिमा कोशी र गण्डकी नदीहरूमा र भारत प्रवेशपछि गंगा नदीमा जल यातायात विस्तार गरी मानिस र सामानहरूको आवागमन वृद्धि गरिने लक्ष्य आफैँमा उत्साहजनक छ। यो सम्भावना उजागर हुन सकेको खण्डमा हिमाली मुलुक नेपाललाई भारतको पश्चिम बंगालसँग पारवहन सुविधा प्राप्त हुनेछ।

आर्थिक रूपान्तरणको पाटो

बुधबार, ३० फागुन २०७४

बहुपक्षीयभन्दा पनि द्विपक्षीय लाभका अवसरहरू उजागर हुने सम्भावना रहेका क्षेत्रहरूलाई लगानीको प्राथमिकतामा राखिनुपर्छ। एसिया र प्रशान्त क्षेत्रमा लामो विकास बैंकिङ अनुभव समेटेको एसियाली विकास बैंकले व्यापारिक कोरिडोरलाई पाँचवटा चरणहरू पार गर्दै आर्थिक कोरिडोरमा रूपान्तर गर्न सकिने प्रक्रिया सुझाएको छ।

तेल संकटमा दूरदर्शिता

बुधबार, १२ पुष २०७४

वर्तमान विश्वमा पेट्रोलियम पदार्थको प्राप्यता र उपभोग आर्थिक विकासको एक प्रमुख आधार बनेको छ । समग्रमा हाल चार अर्ब ब्यारेल बराबरको निष्काशित सञ्चित तेल विश्वमा छ । दैनिक करिब १० करोड ब्यारेल बराबरको खर्चको आधारमा यो ४१ दिन बराबरको खपतलाई धान्न पुग्ने स्तरको हो ।

वन्यजन्तुको अवैध व्यापार

सोमबार, ०२ असोज २०७४

विगत चार वर्षमा साँढे ३ लाख जीवित चरा, २० लाख जीवित सरिसृप (घस्रने) जन्तु, २५ लाख गोहीका छाला, १५ लाख छेपाराका छाला, २१ लाख सर्पका छाला, ७३ टन लोपोन्मुख माछाका सुकुटी, ११ लाख सामुद्रिक मुगा अवैध ढंगले व्यापार गरिए ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।