"

अशोकसुजन श्रेष्ठ

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

बिहिबार, ०७ असार २०७५

नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरि साँगठानिक पुर्नसंरचनासँगै एकताबद्ध पार्टी नेतृत्व र हिन्दु राष्ट्रको जोडदार माग गरेका छन्। उनीहरुले पार्टीमा रहेको व्यक्तिगत स्वार्थ र आन्तरिक गुटबन्दीको अन्त्य गर्दै जनता र राष्ट्रको लागि देखिने गरि काम गर्नुपर्नेमा जोड दिएका छन्।

विधान संशोधन गर्दै पार्टी पुनर्संरचना, अधिवेशन र एकताको माग

बुधबार, ०६ असार २०७५

नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको हेटौंडामा जारी राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरी संघीयता अनुसार पार्टीको संगठन विस्तार गर्न दबाब दिएका छन्। साथै उनीहरुले पार्टीमा रहेको गुट–उपगुटबन्दी अन्त्य गर्दै पुनः एकताको लागि समेत जोड दिएका छन्।

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

मङ्गलबार, ०५ असार २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।

बजेटप्रति सत्तापक्षकै सांसदहरुको असन्तुष्टी

सोमबार, ०४ असार २०७५

प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शुक्रबार प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै सत्तापक्षका सांसदहरुले बजेट जनतामैत्री र विकासमैत्री नभएको गुनासो गरे।

बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

आइतबार, ०३ असार २०७५

प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन्।

हेटौंडामा चल्यो साझा यातायात

आइतबार, ०३ असार २०७५

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा नगर बस सञ्चालनमा ल्याईएको छ। हेटौंडा बजार र आसपासका बासिन्दालाई सहज र सर्वसुलभ दरमा यातायात सेवा प्रदान गर्ने उदेश्यले बस सञ्चालन गरिएको हो।

मकवानपुरका २२ प्रतिशत भूकम्प प्रभावितसँग सम्झौता भएन

मङ्गलबार, २९ जेठ २०७५

मनसुन शुरु भएपनि भूकम्प प्रभावित मकवानपुरका करिब ७ हजारसँग अझै सम्झौता भएको छैन्। भूकम्पले घर भत्काएको ३ वर्ष बित्दा पनि ६ हजार ९ सय ३० अर्थात् २१ दशमलब ७८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता समेत हुन सकेको छैन्।

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित

बिहिबार, २४ जेठ २०७५

प्रदेश नम्बर ३ को आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १८ गते प्रस्तुत भएको नीति तथा कार्यक्रम विहीबार बसेको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।

‘उपमहानगरपालिकाले घर भत्काइदियो, अब कहाँ बस्ने?

मङ्गलबार, २२ जेठ २०७५

होटल व्यवसाय फस्टाउँदै थियो। आसपासका जिल्लाबाट समेत होटलमा ग्राहक थपिँदै थिए। चार वर्षअघि सुरु गरिएको होटल व्यवसाय ‘टुप्पीको ढिँडो पसल’का नामले चर्चित हुँदै थियो। अब त दुःखका दिन सकिए भन्दै सुदामा पुडासैनीले सुखको सास फेर्न थालेका थिए। तर हेटौंडा उपमहानगरपालिकाले प्रहरी लगाएर उनको घर भत्काउन निर्देशन दिएपछि उनी निक्कै चिन्तामा परेका छन्।

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि भ्रष्टाचार अन्त्यका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। यातायात सिण्डिकेट बिरुद्ध खनिएको सरकार अब भ्रष्टाचार बिरुद्ध निर्मम भएर प्रस्तुत हुने उनले बताए।

अधिकार कटौतीको विरोधमा प्रदेशका गृहमन्त्री एकजुट

आइतबार, २० जेठ २०७५

संघीय सरकारले आफूहरुलाई थोरै अधिकारमा सीमित गर्न खोजेको भन्दै सातै प्रदेशका अन्तरिक मामिला तथा कानून(गृह)मन्त्रीहरुले खबरदारी गरेका छन्।

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना

शनिबार, १९ जेठ २०७५

प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रबार महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

कांग्रेस सभापतिको भेलाका लागि १० समिति गठन

शुक्रबार, १८ जेठ २०७५

नेपाली कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला आयोजनाका लागि तयारी सुुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा राष्ट्रिय भेला सफल बनाउन बिहीबार हेटौंडामा १० समिति गठन गरिएको हो।

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

सोमबार, १४ जेठ २०७५

सरकारले समृद्धिको नारा लगाइरहे पनि मकवानपुरबाट भारत तथा तेस्रो मुलुक हुँदै आएको निर्यात व्यापारमा धेरै कमी आएको छ । देशको समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका बेला मकवानपुरबाट हुँदै आएको निर्यात व्यापारमा पनि कमी आएको देखिन्छ।

प्रदेश ३ कानून निर्माणमै व्यस्त

सोमबार, १४ जेठ २०७५

नेपालको ७ प्रदेशमध्ये सबैभन्दा पहिला गठन भएको प्रदेश ३ सरकारले सय दिनको अवधि कानुन निर्माण, कार्यालय र कर्मचारी व्यवस्थापनमै व्यतित गरेको छ। उक्त अवधिमा ५ वटा कानुन, प्रदेशसभा नियमावली र प्रदेश सरकारको खर्च व्यवस्थापनसम्बन्धी आर्थिक वर्ष २०७४/७५ को आय र व्ययको अनुमान ल्याउन सफल भएको छ। तर विकास निर्माणको कुरै छाडौं, जनताले प्रत्यक्ष अनुभूत गर्ने निर्णयसमेत सरकारले गर्न सकेको पाईदैन।

नायिका निता ढुंगानासहित ४ सम्मानित

बुधबार, ०९ जेठ २०७५

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित भएका हुन्।

ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने : मन्त्री पण्डित

मङ्गलबार, ०८ जेठ २०७५

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इमान्दार, मिहेनती कर्मचारीलाई प्रोत्साहन गरि ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन्। उनले ढाँट्ने र सरकारले खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई कुनैपनि हालतमा प्रोत्साहन र सुविधा नदिने दाबी गरे।

‘जनप्रतिनिधिले धेरै सुविधा खोजे समृद्धि असम्भव’

सोमबार, ०७ जेठ २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधीले धेरै सेवा सुविधा खोजे जनता अन्यायमा पर्ने बताएका छन्। जनप्रतिनिधीले धेरै सुविधाको सट्टा जनताको स्वयम् सेवकको रुपमा काम गरे मात्र ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्भव रहेको बताए।

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

आइतबार, ०६ जेठ २०७५

महिलाले रात्रि गस्ती गर्न थालेपछि यहाँका दुई टोलमा शान्ति, सुरक्षा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा महिलाले दुई महिनादेखि रात्रि गर्दै आएका छन्।

प्रदेश ३ को बजेटबारे छलफल सुरु

शुक्रबार, ०४ जेठ २०७५

प्रदेश ३ को आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी ‘पूर्व बजेट’बारे छलफल सुरु भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेसँगै छलफल थालिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।