"
युवराज गौतम

युवराज गौतम

पृथ्वीनारायणको गल्ती के ?

शुक्रबार, २८ पुष २०७४

साना तथा कमजोर राष्ट्रमा राष्ट्रवादी शक्ति मास्ने, राष्ट्रिय एकताका आधार भत्काउने र पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी नायकहरूलाई बद्नाम गराउन सयाँै वर्षदेखि पश्चिमाले षड्यन्त्र गरिरहे । त्यही षड्यन्त्रको पुष्टि गर्न पृथ्वीनारायण शाहलाई पश्चिमा लेखकहरूले दानवका रूपमा प्रस्तुत गरे ।

महेन्द्रमाला–२०७४

शुक्रबार, २१ पुष २०७४

‘खाट्मान्डु, जहाँ मान्छे, पशु, पत्थर र वृक्षहरू समेत ईश्वर मानिन्छन् । पहाडहरू तन्नेरी छन् अझै पनि तर निष्ठुरी छन् ।’ राजा महेन्द्रको शुभराज्याभिषेकमा काठमाडौँ आएकी प्रसिद्ध लेखक हान सुयिनको ‘द माउन्टेन इज योङ’ पुस्तकमा यस्ता वर्णनहरू भेटिन्छन् । तत्कालीन परिवेशको सुन्दर, सजीव र सरस चित्रण छ पुस्तकमा । उनले काठमाडौँ (काठमान्डु)लाई ‘खाट्मान्डु’ भनेकी छन् । प्रायः विदेशीहरू यस्तै उच्चारण गर्छन् ।

किन मारिए राजा वीरेन्द्र ?

शुक्रबार, १४ पुष २०७४

राजा वीरेन्द्रको सम्झनाले धेरै नेपालीको हृदय द्रबित हुन्छ । मुटु झङ्कृत भएझैँ लाग्छ र नयन रसाउन थाल्छन् । नेपाल र नेपालीलाई शान्त, समृद्ध, सुखी र खुसी राख्न चाहने राजा वीरेन्द्रको जन्मदिन पुस १४ गते । त्यसैले, उनीप्रति श्रद्धा राख्ने सबैले यो दिनलाई महत्वपूर्ण मान्ने गर्छन् । र, बारम्बार प्रश्न गर्छन्, किन मारिए राजा वीरेन्द्र ? कसले मा[यो उनलाई ?

बाह्रबुँदे विषवृक्ष

शुक्रबार, ०७ पुष २०७४

स्थिरताको लक्षण अझै देखिँदैन । हजारौँ ढल र लाखौँ मानिसको फोहोर मिसाएर वागमती दुर्गन्धित बनाइएझैँ ‘सहमति’ शब्द गन्हाएको छ । कसैले दुःख मात्र दिइरह्यो भने गाउँघरतिर भन्ने गर्छन्, “यो त पूर्वजन्मको साहु रहेछ ।” हामी राहु र साहु दुवैका दाउ हेरिरहन बाध्य छौँ ।

नसोधिएका प्रश्नहरू

शुक्रबार, २९ मङि्सर २०७४

दार्शनिकहरू जीवनलाई ‘जन्मदेखि मृत्युसम्मको अथक र अर्थपूर्ण यात्रा’ भन्छन् । प्रायः मानिस आफ्नै लागि मात्र बाँच्छन् । खाने, पिउने, सन्तान जन्माउने र अन्त्यमा जीवन विसर्जन गर्नेहरूको संख्या धेरै हुन्छ । कतिपय मानिस छरछिमेक, गाउँ, टोल र अलि परका मानिसलाई पनि आफ्नै ठान्छन् ।

कति स्वाधीन छौँ हामी ?

शुक्रबार, १५ मङि्सर २०७४

कठोर, दृढनिश्चयी र प्रवल इच्छाशक्ति भएका सर विन्स्टन चर्चिल सन् १९४० देखि पाँच वर्षसम्म ब्रिटेनका प्रधानमन्त्री भए । सुयोग्य राजनेताहरूको चर्चा हुँदा उनको नाम अग्रपंक्तिमा आउँछ । पत्रकार, सैनिक अधिकृत, लेखक र राजनीतिज्ञको भूमिकामा उनी सक्रिय भए । समकालीन मित्रहरूसँग बहस गर्दा चर्चिल भन्ने गर्थे– भविष्यमा लेखिने इतिहासले हामीतिर औंला ठड्याएर कैयन् प्रश्न गर्न सक्छ । इतिहासले त्यस्तो प्रश्न सोद्धा हाम्रा कारणले हाम्रा सन्तति लज्जित बन्नुहुँदैन ।

महेन्द्र, बिपी र कांग्रेस

शुक्रबार, ०८ मङि्सर २०७४

गाउँपालिकाको वडामा चुनाव जित्न पनि बीसौँ लाख रुपियाँ खर्च गर्नुपर्ने र सांसद बन्न करोडौँ खर्च गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? पद्धतिलाई पैसाले थिचिरहेको वर्तमान अवस्थामा जनता र राष्ट्र अझै निसास्सिइरहनुपर्ने परिस्थिति उत्पन्न हुँदै गएको छ । राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर बनिरहेको देखिन्छ ।

दासत्वको अभिशाप

शुक्रबार, ०१ मङि्सर २०७४

कुनै नयाँ दर्शन, स्वाभिमानको बाटो वा नयाँ गति दिएको भए घरघरमा नेपाली जनताले आजका गणतन्त्रवादी नेताका तस्बिर राख्ने थिए । मानव होइन, उपमानव समेत हुन नसकेका विदेशीका यन्त्रमानवहरू प्रायोजित ढंगले महिमामण्डित गरेकै भरमा इतिहासमा स्थापित हुन सक्दैनन् ।

घोषणापत्रमै प्रहसन

आइतबार, २६ कार्तिक २०७४

हितोपदेशमा भनिएको छ, “मूर्ख पुत्र जन्मिनुभन्दा नजन्मिएकै राम्रो । जन्मेर मरेको पनि बरू राम्रो ।” (अजात मृत मूर्खाणां वरमाद्यौ न चान्तिम सकृद् दुःखवराद्यवप्तिमस्तु पदे पदे ।) यसको आशय हो, मूर्खले आजीवन सताउँछ । आमा, बाबु, दाजुभाइ–दिदीबहिनी सबैलाई सधैँ रुवाउँछ ।

स्थायी अस्थिरतामा प्रवेश

शुक्रबार, १७ कार्तिक २०७४

संसद् र प्रदेशको चुनावले स्थिरता ल्याउने कुनै सम्भावना देखिँदैन । दलहरूको व्यवहार सत्ताकेन्द्रित देखिन्छ । बाहिरी शक्तिको दबाब र प्रभाव प्रायः सबै दलमा देखिएको छ । यो भनेको साम्राज्यवाद र विस्तारवादको स्थायी षड्यन्त्रको निरन्तरता मात्र हो । तसर्थ, अहिलेको राजनीति खरानी बेच्ने होडबाजी मात्र हो ।

अब के हुन्छ ?

बिहिबार, ०९ कार्तिक २०७४

हिजो अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो भने भविष्यमा चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । रणनीतिक दृष्टिले नेपाल चीन र भारतबीच अत्यन्त संवेदनशील अवस्थामा छ र आउँदा दिनमा काठमाडौँ अर्को काबुल बन्ने सम्भावना देखिँदै छ।

हामी चढ्दै छैनौँ, झर्दैछौँ

शुक्रबार, २७ असोज २०७४

पुराना राजनीतिज्ञ रणधीर सुब्बाले झन्डै ३४ वर्षअघि बत्तिसपुतलीस्थित उनकै निवासमा पंक्तिकारसँग भनेका थिए, “नेपालमा विवेकी, बलियो र राष्ट्रवादी राष्ट्रनायक भएन भने यो देश विदेशीको खेल मैदान बन्छ । त्यसबेला नेपाली–नेपाली एक–अर्कासँग जुधिरहनेछन् ।”

कौडीमा पनि मिल्किन्छ मणि

शुक्रबार, ०६ असोज २०७४

कम्युनिस्टले देउता मान्दैन भनेर ईश्वरको नाममा शपथग्रहण नगर्ने बरू भैँसीपूजा गरेर आफूलाई महिषासुरसँग निकट देखाउने कतिपय पाखण्डी बाहुनहरूभन्दा राई, लिम्बू, गुरुङ, थकाली, मगर, थारू, तामाङ, नेवार आदिले आफ्नोपनप्रति गौरव गर्दै आएका छन् । आफ्ना संस्कृति, धर्म, परम्परा र सभ्यता बचाउँदै आएका छन् ।

डलर-क्रान्ति

शुक्रबार, ३० भदौ २०७४

राष्ट्र बचाउनुपर्छ भन्ने स्वाभिमान र सचेतना भइदिएको भए सरकारले विदेशीको हस्तक्षेप रोक्न सक्थ्यो । डलर र युरोको भेलमा पौडी खेलिरहेका अधिक राजनीतिज्ञ, उच्चपदस्थ कर्मचारी, कूटनीतिज्ञ, सुरक्षाकर्मी, मानवअधिकारवादी, सञ्चारकर्मीलगायत नै राष्ट्रका अहितमा सक्रिय रहेको देखिन्छ । डलरले ल्याएको क्रान्तिले राष्ट्रको अस्तित्व नै आज संकटमा परेको छ । राष्ट्रलाई संकटमा धकेलेर आफूलाई क्रान्तिकारी देखाउन खोज्नेहरूविरुद्ध कसले आवाज उठाउने ?

मनोवैज्ञानिक सन्त्रास

शुक्रबार, २३ भदौ २०७४

सबै नेपाली समान छन् भनेर स्वीकार्नुपर्ने नेपालको संविधानका धेरै ठाउँमा जातीय विभाजनका रेखा कोरिएका छन् । जनसंख्या, भूगोल र इतिहासको विवाद उठाएर राष्ट्रलाई खण्डखण्ड पार्न खोजिँदैछ । यो मनोवैज्ञानिक सन्त्रासको उपचार त्यति सजिलो देखिँदैन ।

महेन्द्र, बिपी र लेन्डुप

शुक्रबार, १६ भदौ २०७४

प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो ।

विधर्मीको दिग्विजय

शुक्रबार, ०९ भदौ २०७४

प्राचीन सभ्यताका उपासकहरूले सूर्यको उपासना गर्दै आदित्य (सूर्य) का नाममा आइतबार (रविबार) बनाए । क्रिश्चियन क्यालेन्डर (पात्रो) पनि आइतबारलाई ‘सन्–डे’नै भन्छ । संस्कृतको ‘अन्तिमेत्थम्’ शब्द अंग्रेजीमा अल्टिमेटम भएको हो । हाम्रो सभ्यता र ज्ञानबाट पश्चिमा राष्ट्रहरू प्रभावित छन् तर यता तिनै पश्चिमाको अन्धानुकरण गर्ने प्रवृत्ति बढ्दो छ ।

सार्वभौमसत्ता कहाँ छ?

शुक्रबार, ०२ भदौ २०७४

सर्बिया, क्रोसिया, हाइटी, लाइबेरिया, रुआन्डा, सोमालिया, बोस्निया, अफगानिस्तान आदि कैयन् राष्ट्र स्वतन्त्र भन्छन् आफूलाई, तर हरेक पल्ट निर्णय गर्नुअघि विदेशीलाई सोध्नुपर्छ। यहाँ पनि अवस्था उस्तै छ। बैठकको अन्त्यमा निर्णय लेख्ने बेलामा नेताहरूको एउटै धारणा हुन्छ– मालिकलाई सोध्नुपर्छ।

सभ्यतामाथि हमला

शुक्रबार, २७ साउन २०७४

ऋग्वेदमा चारैतिरबाट आउने विचार मन्थन हुने ठाउँलाई संसद् भनिएको छ । ‘पार्लियामेन्ट’ शब्दभन्दा हजारौँ वर्ष पुरानो हो, संसद् शब्द । भारतका पूर्वसभामुख तथा प्रसिद्ध विद्वान् डा. बलराम जाखडले ‘पिपुल एन्ड पार्लियामेन्ट’ पुस्तकमा यसको सविस्तार व्याख्या गरेका छन् । तर, नेपाललाई केही वर्षअघि मात्र ‘समावेशी’ बनाइएको भनेर सस्तो बनाइएको छ।