"
अनिल यादव

अनिल यादव

‘म त बोरिङ सेलिब्रेटी’

बिहिबार, २४ जेठ २०७५

करिब चार घण्टाको फोटोसुटले पनि सुरक्षा पन्तलाई थकाएको थिएन । शरीरमा जोश र मुहारमा मुस्कान उनको उस्तै थियो । प्रशंसकहरु उनको आँखा र मुस्कानको खुब तारिफ गर्ने गर्छन् । मान्छे पनि राम्री नै छिन्, मुहार फोटोजेनिक नै छ । तैपनि उनलाई लाग्छ, उनीसँग फोटोसुट ह्यान्डल गर्ने खुबी नै छैन । भन्दै थिइन्, ‘मलाई यो एकदमै हेक्टिक काम लाग्छ । फोटोसुटमा क्यामेरा फेस गर्दा म अति ‘कन्सस’ हुन्छु ।’

‘रामेश : निरन्तर बगिरहेको नदीजस्तै’

बिहिबार, २४ जेठ २०७५

शनिबार साँझ काठमाडौं, जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा जनगायक रामेश श्रेष्ठले आफ्नो अन्तिम प्रस्तुतिका रूपमा चिरपरिचित गीत गाए :  ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ...’

गायिका ज्योति मगरलाई आठ अभियोग

आइतबार, ०६ जेठ २०७५

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवार साप्ताहिकले आठ अभियोग लगाएको छ।

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

शनिबार, ०५ जेठ २०७५

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा तस्बिरले हंगामा भयो । उनलाई भने तनाव दियो । त्यो तस्बिरलाई धेरैले उनकी प्रेमिकाको रुपमा अथ्र्याए तर वास्तविकता अर्कै थियो । उनै राजेशपायलसँग सांगीतिक यात्रा, प्रेम र जीवनबारे अनिल यादवले गरेको अन्तरंग कुराकानी :

बक्सअफिस विवाद: हलवालासामु निर्माता लत्रिए

बिहिबार, ०३ जेठ २०७५

शेयर बाँडफाड र बक्सअफिसको मुद्दालाई लिएर जेठ १ गतेबाट आन्दोलन थाल्ने घोषणा गरेको चलचित्र निर्माता संघ अन्तिम समयमा पछि हटेको छ।

सुस्त बक्स अफिस, निर्माता फकाउँदै हलवाला

बिहिबार, २७ बैशाख २०७५

चलचित्र विकास बोर्डका पदाधिकारीले खुट्टा नकमाए साउन १ गतेदेखि उपत्यकामा बक्सअफिस प्रणाली लागू हुनेछ । हलको व्यापार पारदर्शी बन्नेछ, हल सञ्चालकले हिसाब दिएनन् भन्ने निर्माताको गनगन हट्नेछ भने कर छल्न पल्केका हलसाहु निस्क्रिय हुनेछन् ।

डमरुको डन्डिबियो: खगेन्द्रको कमजोर ठ्याक

बिहिबार, २७ बैशाख २०७५

फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा गरेको अभिनयबाट खगेन्द्र लामिछानेले खुब प्रशंसा पाए । दुवैको कारण थियो– फिल्ममा उनले गरेको जीवन्त अभिनय र लेखेको मन छुने कथा । त्यसपछि रिलिज भएको ‘धनपति’ले भने अघिल्ला दुई फिल्मको साख जोगाउन सकेन ।

बेनिशाको ‘ह्यापिएस्ट मोमेन्ट’

शनिबार, २२ बैशाख २०७५

फोटो सुटका लागि स्टुडियो आइपुग्नु अघिसम्म अभिनेत्री बेनिशा हमालको बारम्बार आग्रह थियो, ‘तीन घन्टासम्म सुट सक्नुपर्छ है ! त्यसपछि फिल्मको सुटमा पुग्नुपर्ने छ ।’ कामको दबाबका बाबजुद उनले चैतको अन्तिम साता नागरिक परिवारलाई समय छुट्टयाएकी थिइन् । ललितपुर कुपण्डोलस्थित स्टुडियोमा भएको फोटोसुटमा उनी निर्धारित समयभन्दा १ घण्टा ढिलो आइपुगेकी थिइन् । ‘सरी है, लेट भयो,’ यसपछि उनी मेकअपमा मग्न भइहालिन् ।

एनएफडिसी फिल्म अवार्ड : पुरस्कारकै अपमान

शुक्रबार, २१ बैशाख २०७५

‘निजी फिल्म अवार्ड आयोजकलाई कार्यक्रममा धेरै संख्यामा स्टार आइदिऊन् भन्ने लाग्छ । त्यसैले उनीहरू तिनीहरूलाई बोलाउँछन् र भन्छन्, ‘यदि तपाईं आइदिनुहुन्छ भने हामी तपाईंलाई अवार्ड दिन्छौँ’ । त्यसो हो भने कार्यक्रममा सहभागी हुँदा मात्र पाइने अवार्ड थाप्नुको अर्थ के ? प्रतिभा र क्षमताभन्दा पनि सहभागिताले प्राथमिकता राख्ने अवार्ड लिन जानुको महŒव के ? त्यसैले मैले ती अवार्डहरू नलिने निर्णय गरेको हुँ । त्यस्ता अवार्डले मबाट विश्वसनियता र निष्पक्षता गुमाइसकेँ ।’

केकीको कपी एक्सप्रेस

बिहिबार, २० बैशाख २०७५

बलिउडसँग नेपाली फिल्मको नाजायज प्रेम बसेको धेरै पहिल्यैदेखि हो । बेलाबखत यो सम्बन्ध तोड्ने प्रयास गर्छन्, नव प्रवेशीले । तर पुनः त्यो ‘नाजायज’ प्रेम बल्झिरहन्छ । हलमा चलिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बलिउडसँगको यस्तै बल्झिएको प्रेमको प्रतिफल हो ।

तम्सिए निर्माता, तर्सिए हलवाला : अर्को सिन्डिकेट तोड्दै सरकार

बिहिबार, १३ बैशाख २०७५

सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको तयारीमा छ । आखिर के चक्कर हो यो बक्स अफिसको ?

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

बिहिबार, ०६ बैशाख २०७५

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै अप्सन हुनसक्छ । तर राम्रो फिल्मको खोजी हो भने हलसम्म नगएकै जाति । फिल्ममा जति सुन्दर दृश्य कैद गरिएका छन्, फिल्म भने त्यति सुन्दर बनेको छैन।

कमेडी फिल्मको भिड

शनिबार, ०१ बैशाख २०७५

२०७३ सालमा दुई थरी फिल्ममेकर्स देखिए । एक– जसले फिल्मको व्यापार र दर्शकको भिडलाई सफलताको मानक माने ।

गीत चोरी प्रकरण : ‘दोषी’कै ठूलो स्वर !

बिहिबार, २२ चैत २०७४

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो– ‘कृ’मा उनको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरियो।’

हरिवंशको बिर्सन लायक फिल्म

बिहिबार, १५ चैत २०७४

‘जात्रा’का निर्देशकले बनाएको अर्थात् महजोडीको फिल्म भन्दै यस्तै आशा र अपेक्षा बोकेर फिल्म हेर्न हल जाँदै हुनुहुन्छ भने एकचोटी पुनर्विचार गरे उत्तम । निर्देशक र कलाकारको विगत हेरेर हलमा जानुभयो भने निराशा मात्र हात पर्छ । फिल्मले दर्शकको मुहारमा प्राकृतिक हाँसो ल्याउन सक्दैन । जबरजस्ती हास्य सिर्जना भने गर्छ । हल्का रमाइलो हुनसक्छ तर रमाइलो गराउनु र राम्रो हुनु फरक कुरा हुन्।

यी गायिकाको साहसलाई सलाम

आइतबार, ११ चैत २०७४

पाँच गायिकाले हिम्मतसाथ संगीतकारमार्फत हुने यौन दुर्व्यवहारबारे बोलेपछि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले स्टोरीलाई ‘ग्रान्ड डिजाइन’को संज्ञा दिँदै गायिकामाथि धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरे, ‘हामीलाई जोगी बनाउन गरिएको ग्रान्ड डिजाइनको पछि नलागौं । हाम्रा विरुद्धमा उभ्याइएका ती निर्दोष चेलीहरुलाई गुरुहरुको श्राप नलागोस् !’

सिआइबी हिरासतमा ‘भिलेन’सँग एक घण्टा

शनिबार, १९ फागुन २०७४

‘रिल लाइफ’मा दर्जनौंपल्ट प्रहरी खोर पुगेका नेपाली फिल्मका खुंखार भिलेन राजेन्द्र खड्गी यतिबेला ‘रियल लाइफ’मै प्रहरी हिरासतभित्र छन्। २० दिनयता काठमाडौं, महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा उनको दैनिकी कटिरहेको छ।

धरापमा अनमोलको स्टारडम

बिहिबार, ०३ फागुन २०७४

प्रेम र बदलाको कथा पस्कदा दर्शकको मन नहुँडल्नु, भित्री संवेदना छुन नसक्नु पक्कै लेखक, निर्देशक र कलाकारको ठूलो कमजोरी हो । विडम्बना, पर्दामा फिल्मको अन्त्यसम्म दर्शकले कहानी खोजिरहन्छन्, अनमोलले भने प्रेमिका र अपहरण गर्ने अनुप ।

आकाश अधिकारी–क्लाउडीया फाजियोः प्रेमिल र बुझ्झकी जोडी

बुधबार, ०२ फागुन २०७४

ग्ल्यामर दुनियाँमा रमाइरहेको नेपाली ठिटोको इटालियन युवतीसँग कसरी सम्बन्ध जोडियो ? कसरी प्रेम फक्रियो ? कसरी बिहे भयो ? आकाश र क्लाउडीयाको प्रेम कहानी कम रोचक छैन ।

करोडको डिभोर्स

शनिबार, १३ माघ २०७४

२२ वर्षपछि हास्य कलाकार मनाेज गजुरेल र मीना ढकालको डिभोर्स किन भयो? गजुरेल र ढकालको साबिती र समाजशास्त्रीको विष्लेषणसहितको फेहरिस्त ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।