"
हरि अधिकारी

हरि अधिकारी

स्याबास शर्माजी, यसैगरी अघि बढ!

बिहिबार, १५ असार २०७४

देश र जनताको सुरक्षामा खटिनुपर्ने सिपाहीलाई हाकिमका घरमा भाँडा माझ्न र तिनका बुट चम्काउन पठाउन तयार हुनेका गालामा परेको झापड पनि हो यो निषेधकारी प्रावधान।

राजपा र चुनाव : पहिलो नजरमा

बिहिबार, ०८ असार २०७४

सर्वव्यापी मान्यताको बर्खिलाप जान खोजेका राजपाका नेताहरू आज आएर अर्को पक्षलाई पार्न खोजेको अप्ठ्यारोमा स्वयं फसेका छन्।

प्रधानमन्त्रीका चुनौती र अवसर

बिहिबार, २५ जेठ २०७४

मधेसका केही नेताले धेरै दिनदेखि आफ्नो निहित स्वार्थको वेदीमा यस देशको सामाजिक सद्भावलाई बलि चढाउने प्रयत्न गर्दै आएका छन्। त्यो प्रवृत्तिमाथि नियन्त्रण गर्नैपर्छ।

शेरबहादुरको सिंहदरबार पुनरागमन

बिहिबार, १८ जेठ २०७४

शेरबहादुर देउवा प्रखर चिन्तकका रूपमा चिनिएका नेता होइनन्। यिनी त आफ्नो धूनको पक्का, भाग्यले साथ दिएका र संगठनमा पकड जमाउन सिपालु राजनीतिकर्मी हुन्।

तरल राजनीतिमा ओलीको चलखेल

बिहिबार, ११ जेठ २०७४

घोरिएर विचार गर्ने हो भने चाहिँ ओलीको भित्री अभीष्ट अर्कै छ भन्ने बु‰न धेरै गाह्रो पर्दैन। ओली रात पार्ने र त्यसमा अग्राखको टुसो पलाउने प्रतीक्षामा छन्।

चुनाव परिणामको संकेत

बिहिबार, ०४ जेठ २०७४

कमल थापाको त्यतिबेलाको राप्रपा नेपालले समानुपातिकतर्फ ल्याएको २५ सभासदको स्थान एउटा दुर्घटना थियो र त्यस दुर्घटनाको दंशबाट नेपाली जनतालाई जतिसक्यो चाँडो मुक्त गराउनु देशका हितमा हुनेछ भन्ने सन्देश पनि यस चुनावले दिएको छ ।

आसन्न स्थानीय चुनाव

बिहिबार, २८ बैशाख २०७४

अनेक प्रकारका निहुँ झिकेर यो चुनाव रोक्न खोज्ने तराई मधेसका केही नेताकै प्रदेशका जनता शीघ्रातिशीघ्र आफ्नो गाउँठाउँमा चुनाव भई उत्तरदायी स्थानीय शासन कायम भएको देख्न चाहन्छन्।

महाभियोग : निकृष्ट दृष्टान्त

बिहिबार, २१ बैशाख २०७४

संवैधानिक पदमा आसीन कुनै व्यक्तिविरुद्ध संसद्का एक चौथाई सदस्यले हस्ताक्षर गरेर महाभियोगको प्रस्ताव दर्ता गर्नेबित्तिकै सो व्यक्ति स्वतः निलम्बनमा पर्ने संवैधानिक प्रावधानको चरम दुरुपयोग गरिएको दुःखदायी घटना हो यो।

थोरै आशंका धेरै भरोसा

बिहिबार, १४ बैशाख २०७४

अन्ततः स्थानीय तहको चुनाव दुई चरणमा गराउने गरी सत्तासीन समूह र मधेसी नेताहरूको एकीकृत दल राष्ट्रिय जनता पार्टी (राजपा) तथा संघीय समाजवादी फोरमका बीच सहमति भएको छ ।

अति गर्नू, अत्याचार नगर्नू

बुधबार, ०६ बैशाख २०७४

नेपालको संविधान २०७२ को केही दफामा संशोधन गरेरै भए पनि लागु गर्न चाहने राजनीतिक दल र त्यसलाई पूर्णरूपमा आफ्नो अनुकूल नबनाएसम्म लागु गर्न नदिने दलबीच चलिरहेको तानातानी एउटा थाङ्ने विवादमा परिणत भएर कचल्टिन पुगेको छ । यी दुईथरीको अशोभनीय गाँड कोराकारले यस विविधतापूर्ण मुलुकको सामाजिक सद्भाव त खलबलिएको छ नै, हाम्रो राजनीतिक मार्गचित्रको रेखाङ्कन र क्रियान्वयनमा प्रत्यक्ष विदेशी हस्तक्षेपसमेत प्रतिबिम्बित हुन थालेको छ ।

कठघरामा दाहाल र देउवा

बुधबार, ३० चैत २०७३

बडो अनौठो परिस्थितिमा फँसेको छ आजको नेपाल । राजनीतिक दलहरूको नेतृत्व तहमा कमजोर, अयोग्य र अल्पदृष्टि भएका व्यक्तिहरूको वर्चश्व कायम हुन पुगेकाले राजनीतिको क्षेत्रमा ठूलो भाँडभैलो मच्चिएको छ भने राज्यका अङ्ग–उपाङ्गमा काम गर्ने प्रायः सबैले आमजनको हित–रक्षाभन्दा निजी स्वार्थको पक्षपोषण गरिरहेको अवस्था छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।