"

संगम घर्तीमगर

कालिगण्डकी दोहन रोक्न अदालतको आदेश

मङ्गलबार, ०५ असार २०७५

उच्च अदालत पोखराको बागलुङ इजलासले कालिगण्डकी नदीमा डोजर, स्काभेटर प्रयोग गरेर गिटी, बालुवा निकाल्न रोक लगाएको छ। बागलुङ नगरपालिका—१ का टेकबहादुर सार्कीले कालिगण्डकी नदीको वहाव परिवर्तन गर्ने गरी ढुंगा, गिटी, बालुवा झिक्दा वातावरणीय रूपमा नकारात्मक प्रभाव परेकाले त्यसलाई रोक्न माग गर्दै दिएको निवेदनमा अदालतले निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो।

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

बिहिबार, ३१ जेठ २०७५

जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

‘हनी हन्टिङ’ (फोटो फिचर)

आइतबार, ०६ जेठ २०७५

कहालीलाग्दो अनकन्टार पहरा र भीर । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानी रमुवाका ३५ वर्षीय नवीन राना ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुंग झुन्डिएर मह सिकारका लागि माथिबाट झरिरहेका छन् । फागुनको अन्तिम सातादेखि जेठ अन्तिम सातासम्मको समयलाई मह सिकारको मौसम मानिन्छ।

आमा समूहको अगुवाईमा भाडादर समायोजन

मङ्गलबार, २५ बैशाख २०७५

यहाँका स्थानीय महिलाहरुले सवारी साधनले मनपरी भाडा असुलेको भन्दै यातायात ठप्प परेका छन्। जिल्लाको सदरमुकाम देखि बानपा—३  हुँदै बानपा—८ सिगाना बौडैचौरसम्म चल्ने यातयातका साधनहरुले भाडादरमा मनोमानी गरेको भन्दै आमा समूहको सक्रियातामा भाडादर घटाउन पहल थालिएको हो।

समृद्धिका लागि पार्टी एकता : दाहाल

आइतबार, ०२ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धिका लागि बलियो सरकार निर्माण गर्न एमालेसँग पार्टी एकता गर्न लागेको बताएका छन्।

प्रधामन्त्रीको ढोरपाटनमा ‘लन्च’

शुक्रबार, ३० चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर आरक्षको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा 'लन्च' गरेका थिए।

जहाजबाट आँगनमै ओर्लिदा दङ्ग हजुरबा

शुक्रबार, ०९ चैत २०७४

बागलुङ नगरपालिका—३ का कृष्णप्रसाद सापकोटा जहाजबाट आफ्नै आगनमा ओर्लन पाएकोमा दङ्ग छन्। २६ वर्षदेखि बन्द रहेको बागलुङ बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि ८० वर्षीय सापकोटाले यस्तो सुविधा पाएका हुन्। उनी पत्नी कौशिला सापकोटासंगै काठमाडौंबाट तारा एयरको पहिलो उडान मार्फत शुक्रबार घर फर्किए।

बस दुर्घटनामा एक महिलाको मृत्यु,१०भन्दा बढी घाइते

मङ्गलबार, ०६ चैत २०७४

बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । भने चालक सहित १० जना घाइते भएका छन्।

पाँचौं धौलागिरी टी–ट्वान्टी क्रिकेट : पोखराको विजयी सुरुवात

आइतबार, ०४ चैत २०७४

बागलुङ सुरु भएको पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगितामा लेकसाईड क्रिकेट क्लब पोखराले विजयी सुरुवात गरेको छ। आइतबार भएको उद्घाटन खेलमा आयोजक टिम बागलुङ क्रिकेट क्लब (रातो)लाई ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै लेकसाइडले विजयी सुरुवात गरेको हो।

ढिस्कोले स्काभेटर पुर्दा दुई बेपत्ता

मङ्गलबार, २२ फागुन २०७४

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना वेपत्ता भएका छन्। जिल्लाको बडिगाड गाउँपालिका—१० साविकको दर्लिङ—८ निगलापानीमा माथिबाट खसेको ढिस्कोले स्काभेटर पुरिँदा त्यसका चालक र सहचालक पनि पुरिएको बताईएको छ।

विद्यामन्दिरलाई ब्रिटिस वेलफेयरको साथ

शुक्रबार, १८ फागुन २०७४

भूकम्पबाट क्षतिग्रस्त विद्यामन्दिर माविको भवन निर्माणका लागि ब्रिटिस वेलफेयर स्कीमले साथ दिएको छ। जिल्लाकै जेठो विद्यालयको रुपमा रहेको विद्यामन्दिर माविको भूकम्पले भवन क्षतविक्षत बनाएपछि पुनः निर्माणका लागि अभियान सञ्चालन गरिएको थियो।

नवौं पटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु

शनिबार, १२ फागुन २०७४

जिल्लामा दुई लाख ५७ हजारलाई हात्तीपाईले विरुद्धको औषधि खुवाईने खुवाउन शुरु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले बागलुङ बजारको समिट चोककमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाईले विरुद्ध अभियान शुरु गरेको हो।

करण केसी जन्मठाउँ पुग्दा…

मङ्गलबार, ०८ फागुन २०७४

मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् ।

पर्यटकीय सहस्त्र झरना ओझेलमा

शनिबार, ०५ फागुन २०७४

जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

बागलुङमा आगलागी, दुई घर जले

बिहिबार, ०३ फागुन २०७४

जिल्लाको बडिगाड गाउँपालिका— ७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। बडिगाड गाउँपालिकाको भीमगिठेमा स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

चिकित्सकको लाहपरबाहीले सुत्केरी भएको १२ दिनसम्म गुप्ताङ्गभित्रै प्याड

सोमबार, १५ माघ २०७४

स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण यहाँकी एक सुत्केरी महिलाले सास्ती खेप्नुपरेको छ। जिल्लाको जैमिनी नगरपालिका—१ कुश्मीसेराकी सुस्मा थापा मगरले धौलागिरी अञ्चल अस्पताल बागलुङका स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण सास्ती खेप्न बाध्य भएकी हुन्।

आफ्नै पार्टीका स्थानीय नेताको सांसद पौडेललाई दुई झापड

शुक्रबार, १२ माघ २०७४

यहाँका दुई नवनिर्वाचित सांसदहरु आफ्नै पार्टीका नेताबाट कुटिएका छन्। बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा निर्वाचित टेकबहादुर घर्तीमगर माथी हातपात भएको हो। नेकपा माओवादी केन्द्रका नेता तुलसीराम अर्यालले उनीहरुमाथी हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

रुप्से र अन्धगल्छीमा थ्रिजी सेवा

शुक्रबार, २८ पुष २०७४

साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ।

पश्चिम नेपाल एउटै कोठामा

शुक्रबार, २१ पुष २०७४

भनिन्छ, तस्बिर आफैँ बोल्छ । हुन पनि हो, हजारौं शब्द खर्चेर वयान गर्न नसकिने कुरा एउटै तस्बिरले भनिदिन्छ । त्यही तस्बिरको आकर्षणमा लठ्ठिएपछि सशस्त्र प्रहरीका एसपी नवराज अर्याल यो शनिबार बागलुङको भकुण्डे जाँदैछन् । सशस्त्र प्रहरी बलको चण्डिका गण पर्वतको प्रमुखका रुपमा कार्यरत रहेका अर्यालले बागलुङ महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनी मेलामा भकुण्डे बराहतालको तस्विर हेरेपछि तत्कालै भकुण्डे जाने निर्णय सुनाए ।

श्रृङखलाबद्ध चोरी आरोपमा किशोर पक्राउ

आइतबार, १६ पुष २०७४

जिल्ला सदरमुकाम बागलुङ बजारमा पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेका छन्। मंसिर र पुसमा बागलुङ बजार भित्रका आधा दर्जन पसलमा चोरी भए। चोरीका घटनाहरु निरन्तर बढ्दै गएपछि सुक्ष्म रुपमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरीले कार्यालयले चोरीको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको छ ।