"
होमप्रसाद लम्साल

होमप्रसाद लम्साल

प्रवासीको अधिकार सुनिश्चित गर्ने ऐनको मस्यौदा तयारः लामिछाने

शुक्रबार, ०८ असार २०७५

प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित गर्ने ऐनको मस्यौदा तयार भएको छ। नयाँ संविधानमा उल्लेखित राजनीतिक अधिकारबाहेक अरु अधिकारसहित दोहोरो नागरिकता दिने विषयलाई कार्यन्वयनका लागि सरकारले ऐन निर्माण सकेर सरोकारवाला गैरआवासिय नेपाली संघलाई थप सुझावका लागि पठाइएको गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछानेले बताए।

दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

आइतबार, ०३ असार २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् ।

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

बिहिबार, ३१ जेठ २०७५

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

सोमबार, २८ जेठ २०७५

बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्।

अमेरिकामा 'नेपाली बौद्धिक भेला'

बिहिबार, १० जेठ २०७५

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको आयोजनामा आगामी जुन १६ तारिखमा हुन लागेको बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

टेक्सासमा यूएनए सम्मेलन हुँदै

बुधबार, ०९ जेठ २०७५

अमेरिकामा बसोबास गर्ने दोश्रो पुस्तालाई अमेरिकी मुलधारमा समेट्ने उद्देयका साथ मे २६ र २७मा टेक्सासमा युनाईटेड नेपलीज् एसोसियसन (यूएनए) को तेश्रो सम्मेलन हुने भएको छ। कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा सहभागिताका लागि कस्तो मार्ग अपनाउने, सीप र क्षमता भएर पनि उच्चस्तरको व्यपार र जागिरका लागि कसरी पहुँच पुर्याउने र अमेरिकामा पाईने विविध अवसरका बारेमा विज्ञहरुबाट प्रस्तुति सहित छलफल हुनेछ।

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

शुक्रबार, १४ बैशाख २०७५

अमेरिकामा रहेका नेपाली नागरिकका लागि अमेरिकी सरकारले भूकम्पका कारण दिइएको (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएसको समय नथप्ने बताएको छ। होमल्याण्ड सेक्यूरिटीकी सचिव क्रृष्टिजेनएम नेल्सनद्वारा जारी विज्ञप्तिमा टीपीएसको समय नथपिने जनाइएको छ।

नेपालीमुलका अमेरिकी अर्थशास्त्री पाठकलाई जोन विट्स क्लार्क पुरस्कार

आइतबार, ०९ बैशाख २०७५

नेपालीमुलका अमेरिकन डा. प्रयाग पाठक 'बेबी नोबल' भनेर चिनिने जोन विट्स क्लार्क अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। अमेरिकन इकोनोमिक्स एसोसियनद्धारा अमेरिकामा ४० वर्ष भन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिने यस पुरस्कारका लागि डा पाठक शुक्रबार छनौट भएको घोषणा गरिएको हो।

टीपीएस नविकरणको दबाव दिन २३ अमेरिकी सीनेटरद्वारा हस्ताक्षर

मङ्गलबार, ०४ बैशाख २०७५

आजको ठीक एक हप्ता अर्थात यही जुन २४ तारिकसम्ममा अमेरिकामा (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएस लिएर बसेका साढे ८ हजार नेपालीको भविष्यको छिनोफानो हुनेछ।

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

बुधबार, २८ चैत २०७४

अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।

सियाटल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी

शुक्रबार, २३ चैत २०७४

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टि मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन।

अमेरिकाले भरतपुरलाई सिस्टर मेट्रोपोलिटियन सिटी बनाउने

बिहिबार, २२ चैत २०७४

अमेरिकाको वाशिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टी मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

सन्जिताको रोचक यात्रा

सोमबार, १२ चैत २०७४

बाहिरबाट हेर्दा ह्वाईट हाउस एक हिसावले संसारलाई खबरदारी गर्ने महाशक्ति केन्द्र हो। अमेरिकनहरु ह्वाईट हाउसलाई जनताको घर भन्न रुचाउँछन। सन् १७९२ मा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले राष्ट्रपति भवन बनाउन रुचाएको स्थानमा आईरिस आर्किटेक जेम्स होवनको डिजाइनमा निर्माण गरिएको ह्वाईट हाउसको आकर्षण विश्वका लागि थप बढ्दो छ। चर्चाका हिसाबले त डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी हुँदै गर्दा संसारको आँखा त्यहि ह्वाईट हाउसमा केन्द्रित रह्यो। कारण ह्वाईट हाउसले तय गर्ने नीतिले संसारलाई झट्का दिन्छ।

रिपव्लिकनका प्रभावशाली सिनेटर क्रुजसँग टिपीएस नविकरणको पहल गर्न आग्रह

बिहिबार, १७ फागुन २०७४

अमेरिकामा रहेको नेपाली समाज यतिखेर आठ हजार पाँच सय नेपालीको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) नबिकरणको पहल गर्न जुटेको छ। गएको एक हप्तामा गैरआवासिय नेपाली संघको टोलीले अमेरिकाको रिपव्लिकन पार्टीका प्रभावशाली सिनेटर (टेक्सास) टेड क्रुजदेखि नेपाल सरकारका प्रधानमन्त्री केपी ओली सम्मलाई भेटी टिपिएस नविकरणको लागि पहल गरेका छन्।

प्रधानमन्त्री ओली टिपिएस नविकरणको पहल गर्न सकारात्मक

आइतबार, १३ फागुन २०७४

टिपिएस नविकरणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। गैरआवासीय नेपाली संघको आईसीसी टोलीसँग भेट गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालीका लागि हुने कुनै पनि राम्रो कामका लागि आफु सकारात्मक रहेको र तत्काल पहल गर्ने आस्वासन दिएका छन्।

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार

बिहिबार, १० फागुन २०७४

अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ।

अमेरिकामा वौद्धिक भेला हुँदै

बिहिबार, २५ माघ २०७४

गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ। सो भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरु, डाक्टरहरु, सफल व्यवसायीहरु, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरु र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई संलग्न गराईने भेला आयोजक गैरआवायी नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरीराज जोशीले बताए।

अमेरिकामा मे २६ र २७ मा बौद्धिक भेला हुँदै

बिहिबार, २५ माघ २०७४

गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ ।

टेक्सासमा लुटेराको गोली लागि नेपालीको मृत्यु

सोमबार, ०८ माघ २०७४

टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

के अमेरिकामा नेपालीलाई टीपीएस सुविधा नविकरण होला ?

मङ्गलबार, २५ पुष २०७४

अमेरिकी सरकारले अमेरिकामा रहेका कागजात बिहिन नेपालीहरुको टीपीएस नविकरण गर्ला कि नगर्ला भन्ने बहस चलिरहँदा दुईवटा मुलुक एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेन। हुन त ती देशलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको दशक नाघेको थियो।