"

गणेश विक

अंशबण्डा विवादमा भाईको हत्या

बिहिबार, ०७ असार २०७५

आफ्नै भाइकाे हत्या गरी रूकुममा एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। आठबीसकोट नगरपालिका ठूली बार्खुका रुद्रे पुन मगरले भाइ जोखबहादुर भन्ने इन्द्रे पुन मगरलाई हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

कर्णालीकै पहिलो छुवाछुतमुक्त वाँफिकोट

बुधबार, ०६ असार २०७५

वाँफिकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो गाउँपालिकाको रुपमा जातीय छुवाछुत मुक्त गाउँपालिका घोषणा भएको छ। जातीय छुवाछुत तथा सद्भावयुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वाँफिकोटलाई जातीय छुवाछुत मुक्त घोषणा गरिएको हो।

दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

बिहिबार, ३१ जेठ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्लाका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

बुधबार, २३ जेठ २०७५

पुथा उत्तरगंगा गाउँपालिका–१३, पद्मी बिर्गुमका बासिन्दाहरुले गाउँपालिकाको कार्यालयमा घेराबन्दी गरेका छन्। साविकको गाउँपालिकाको केन्द्र कोलबाट पद्मी बिर्गुममा सार्नु पर्ने भन्दै उनीहरुले घेराबन्दी गरेका हुन्।

सुन सहित पक्राउ

सोमबार, २१ जेठ २०७५

रुकुम (पूर्व) मा ११ तोला सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भुमे गाउँपालिका–८, कोर्जाका १९ वर्षीय तारा बुढा मगरलाई सुन सहित पक्राउ गरिएको हो।

‘जनसत्ता’ ले मान्यता पाउँदै

आइतबार, २० जेठ २०७५

कर्णाली प्रदेशले ‘जनसत्ता’ का लिखत पासलाई मान्यता दिनेगरी काम सुरु गरेको छ। सोझै ‘जनसत्ता’ नभनि उसले भूमी समस्या समाधान भनि यसलाई मान्यता दिन लागेको हो।

दुई बालिका बलात्कृत

बिहिबार, १७ जेठ २०७५

जिल्लाका दुई बालिका बलात्कृत भएकी छिन्। सानीभेरी गाउँपालिका र आठबीसकोट गाउँपालिकामा बालिका बलात्कृत भएकी हुन्।

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

बुधबार, १६ जेठ २०७५

रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

जिल्ला अस्पतालमै पानीको समस्या

शुक्रबार, ११ जेठ २०७५

जिल्ला अस्पताल सल्लेमा पानीको समस्या भएको छ। नजिकै मुहान नहुनु र गर्मी समयमा पानीको मुहान सुक्दै जाँदा कार्यालयमा पानीको समस्या भएको हो।

जनताले संसद्मा प्रस्ताव पेश गर्न पाउने

बिहिबार, १० जेठ २०७५

प्रदेश नं. ५ को संसद्मा जनताले पनि सार्वजनिक महत्वका विषयमा प्रस्तावहरु पेश गर्न पाउने भएका छन्। यसका लागि कम्तिमा सय सर्वसाधारणहरुको हस्ताक्षर र तीन सांसद्ले समर्थन गर्नु पर्ने प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीले जानकारी दिए।

एम्बुलेन्स दुर्घटना हुँदा महिलाको ज्यान गयो, ४ घाइते

सोमबार, ०७ जेठ २०७५

सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

आइतबार, ०६ जेठ २०७५

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

शनिबार, ०५ जेठ २०७५

बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।

तीन बालबालिका बेपत्ता

बिहिबार, ०३ जेठ २०७५

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् ।

स्थानीय सरकारका निर्णय कमजोर बन्दै

बुधबार, ०२ जेठ २०७५

मुसीकोट नगरपालिकाले ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ लाई बैशाख २१ गते अनुमति दियो।

विवादका बीच सुरु भयो महोत्सव

आइतबार, ३० बैशाख २०७५

विवाद र चर्चामा रहेको ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ अन्ततः सूरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडालाई दिइएको अधिकार अनुसार महोत्सव आइतबारबाट सुरु भएको हो।

धार्मिक आस्थाको केन्द्र छत्रेश्वरी

शनिबार, २९ बैशाख २०७५

छत्रेश्वरी सल्यानको धार्मिक स्थल मध्ये एक प्रमुख स्थल हो । सत्यदेवी भारतको उज्वाइन भन्ने ठाउँको अग्नी कुण्डमा हाम फालिन् । त्यहाँ उनको शरीर केही गलेन।

जबर्जस्त गर्भपतन गराउने जनप्रतिनिधि धरौटीमा रिहा

सोमबार, २४ बैशाख २०७५

जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।

तीन वर्षका लागि यार्सा संकलन बन्द

आइतबार, २३ बैशाख २०७५

यहाँ पाइने यार्सा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । आठबीसकोट नगरपालिका–२ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

रोग निको पार्ने पानी !

शनिबार, २२ बैशाख २०७५

सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदिसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो हुन्छ भने उक्त क्षेत्रको पानी तातो छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।