"

नारायण रिमाल

महावीर पुनलाई जापानमा सम्मान

शनिबार, ०५ जेठ २०७५

संचार तथा प्रविधि विज्ञ एबम् अनुसन्धानबिद् डा. महावीर पुन जापानमा सम्मानित भएका छन्। पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशन सोसाईटी डे’को अवसरमा विहिबार अन्तराष्ट्रिय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा सम्मान गरिएको हो।

जापानमा नेपालीले चलाएको कार दुर्घटना

मङ्गलबार, २५ बैशाख २०७५

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्।

जापानमा सामूहिक बेल विबाह (फोटो फिचर)

मङ्गलबार, १८ बैशाख २०७५

जापानको टोकियोमा सामूहिक बेल विवाह ‘ईही’ सम्पन्न भएको छ। नेवा: अन्तराष्ट्रिय फोरम जापानले टोकियोमा दोस्रो पटक सामूहिक बेल विवाह “ईही” भव्यताका साथ सम्पन्न गरेको हो। भगवान बिष्णुकोरूपमा बेलसँग विवाह गर्ने नेवारी परम्परा विदेशमा पनि गर्न पाउँदा सहभागी अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे।

विश्व शान्तिको कामना गर्दै जापानी सडकमा नेपाली (फोटो/भिडियो)

आइतबार, १६ बैशाख २०७५

आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर सिन्ज्युकु सेन्टर पार्क भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाए।

जापानमा लगानी सेमिनार हुने

शनिबार, १५ बैशाख २०७५

जापानको तेस्रो ठूलो शहर नागोयामा लगानी सेमिनार आयोजना हुने भएको छ। नेपालमा पर्यटन तथा औधोगिक लगानी भित्र्याउने उदेश्य सहित जापानी लगानीकर्ताहरुलाई लक्षित गरेर नागोयामा बिशेष कार्यक्रम हुने भएको हो।

जापानमा 'गोरखा' भूकम्पको सम्झना

शुक्रबार, १४ बैशाख २०७५

विनासकारी “गोरखा भूकम्प”मा परि निधन भएकाहरूको सम्झनामा जापानको योकोहामा शहरमा श्रद्धाञ्जली सभा गरिएको छ। कानागावा नेपाली समुदायले भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो।

जापनामा साकुरा नाईट

आइतबार, ०९ बैशाख २०७५

जापानको विशेष चाड मानिने गोल्डेन विकको अवसरमा जापानमा “साकुरा नाईट ३” को आयोजना हुने भएको छ। सूर्य कर्पोरेसनले आयोजना गर्न लागेको ''साकुरा नाईट ३'' नामक बृहत् सांस्कृतिक कार्यक्रम यो वर्ष पनि जापानका बिभिन्न शहरहरूमा आयोजना हुने भएको हो।

लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

मङ्गलबार, ०४ बैशाख २०७५

जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो।

जापानमा नेपाली खेलाडी विजयी

सोमबार, ०३ बैशाख २०७५

जापानमा नेपाली युवा बक्सर खेलाडीले बिजय हाँसिल गरेका छन्।नेपाली युवा बक्सर अविरल घिमिरेले जापानी बक्सर खेलाडी वादा मासाकी (राधा)लाई रिंगमा ढाल्दै एस-व्याट्लको उपाधि हात पारेका हुन्।

जापानमा तेस्रो तमु धिं रनिङ फुट्सल प्रतियोगिता हुने

बुधबार, २८ चैत २०७४

टोकियोमा तेस्रो तमु धिं जापान रनिङ फुट्सल प्रतियोगिताको आयोजना हुने भएको छ। जापानकै पुरानो सामाजिक संस्थाको रूपमा चिनिने तमु धिं जापानको आयोजनामा मे २१ तारिख आइतबार दोस्रो तमु धिं जापान रनिङ कप फुट्सल प्रतियोगिता हुने भएको हो।

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

मङ्गलबार, २० चैत २०७४

जापानको टोक्योमा एक समारोहबीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ। जापानमा लोकप्रीय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोस्थित हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो।

फुकुओकामा नेपाल फेस्टिभल

सोमबार, १९ चैत २०७४

अप्रिल १४ र १५ तारिखमा जापानको फुकुओका शहरमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलका अनुसार यस पटक आयोजना हुने नेपाल फेस्टिभलले क्युस्युबासि जापानी नागरिकहरूलाई नेपाल भ्रमणका निमित्त आकर्षित गराउँदै, नेपाली कला संस्कृतीलाई जापानी समुदाय माझ परिचित गराउनु हो।

जापानमा अनमोलसँग ‘कृ’

बुधबार, ३० फागुन २०७४

जापानमा चलचित्र “कृ” प्रदर्शन गरिएको छ। पछिल्लो केही समययता जापानमा नेपाली चलचित्रले दर्शकलाई खासै आकर्षण गर्न नसकिरहेका बेला चलचित्र “कृ” ले राम्रै दर्शक पायो।

जापानवासी नेपालीले होली मनाए

सोमबार, २१ फागुन २०७४

टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली पर्व मनाएका हुन्। एक आपसमा सप्तरंगी रङ दलेर खुसी साटासाट गरि होली पर्व उत्साहका साथ मनाईरहँदा जापानी नागरिकहरू अनौठो मानेर हेरीरहेका थिए।

जापानमा मेयर, उपमेयरको अन्तर्क्रिया

शुक्रबार, १८ फागुन २०७४

जापान भ्रमणमा रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाकि उपमेयर हरिप्रभा खड्गीसंग जापानमा रहेका नेपालीहरुले अन्तर्क्रिया गरेका छन्।

विजयकाे शुभकामना दिँदै भट्टलाई जापानबासीले विदा गरे

बिहिबार, १२ असोज २०७४

गैरआवसीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद्को आठौँ ग्लोवल सम्मेलनमा भाग लिन आईसिसि उपाध्यक्ष भवन भट्ट बुधबार टोकियोबाट नेपाल प्रस्थान गरेका छन्। जापानबासी नेपालीहरुको प्रतिष्ठा र इज्जत भन्दै भट्टलाई आसन्न अधिवेशनमा बिजयको शुभकामना सहित बुधबार जापानबाट बिदाइ गरिएको हो।

‘दुई रुपियाँ’ जापानमा प्रदर्शन हुने

बिहिबार, १२ असोज २०७४

गत हप्ताबाट नेपालभर रिलिज भएको चलचित्र ‘दुई रुपियाँ’जापानमा प्रदर्शन हुने भएको छ। आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र आगामी अक्टुबर १ तारिख टोकियोमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले जनाएको छ।

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

सोमबार, ०९ असोज २०७४

जापानको टोकियोमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। जापान एसोसिएसन अफ ट्राभल एजेण्ट(जाटा)ले आयोजना गरेको 'टुरिजम एक्स्पो जापान' नामक प्रदर्शनीमा नेपालका विभिन्न धार्मिक,सांस्कृतिक एवम् पर्यटकिय स्थलहरु तथा टुर प्याकेजकाबारे जापानी तथा अन्य विदेशी अवलोकनकर्तालाई जानकारी दिइएको हो।

जापानमा संविधान दिवस मनाइयो

बिहिबार, ०५ असोज २०७४

जापानमा संबिधान दिवस मनाइएको छ। जापानस्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोस्रो संविधान दिवस भव्य रुपमा मनाइएको हो। नेपालको संविधान दिवसको समारोहमा जापानका मन्त्रीहरु समेत सहभागी भए। जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले संविधान निर्माण पश्चात नेपाल विकासको गतिमा हिँडेको बताइन्।

काँग्रेस नेता पाैडेललाई जापान अध्यागमनले किन फर्कायो?

आइतबार, ०१ असोज २०७४

जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन आएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई जापान अध्यागमनले फिर्ता पठाइदिएको छ। टोकियोस्थित हानेदा अन्तरार्ष्ट्रिय विमानस्थलस्थित अध्यामगनले २० घन्टासम्म नियन्त्रणमा लिएर उनलाई फर्काइदिएको हो। नेपाली जनसम्पर्क समिति जापानले आज आइतबारका दिन 'राष्ट्रिय एकता तथा आर्थिक समृद्धिमा प्रवासको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम राखेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।