"
पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल

संविधानमाथिको सरकार

बुधबार, ३० जेठ २०७५

माओवादी केन्द्रको विलयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अवतार लिन पुग्नुभएका पुष्पकमल दाहाल (प्रचण्ड) अनेक लक्ष्य तय गर्दै प्रहार गर्न निकै सिपालु हुनुहुन्छ। विगतमा उहाँले गरेका अनेक प्रहारको पीडाबाट यो देश र देशवासीहरू अझै तंग्रिन बाँकी छ। ०४७ को संविधानलाई प्रहार गर्दै त्यस संविधानको भण्डाफोर गर्न ०४८ मा संसदीय निर्वाचनमा उहाँको पार्टीले भाग लियो । भण्डाफोरको प्रहार काम नलागेपछि उहाँले ०५१ मा बहिष्कारको नयाँ तीर छाड्नुभयो।

दुईदलीय अधिनायकवाद

बुधबार, २३ जेठ २०७५

नेपाली राजनीतिलाई दुईदलीय अधिनायकवादतर्फ जबर्जस्ती उन्मुख गराउने प्रयास भएको छ। ठूला माछाले साना माछालाई निलेजस्तै गरी क्रमशः साना दलको अस्तित्व समाप्त पार्ने रणनीति देखापरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दैदेखि आरम्भ यो रणनीतिलाई दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणले सफलपूर्वक प्रयोगमा ल्याउँदैछ। पहिले संसद्बाट र पछि दलगतरूपमा यो रणनीतिको आकार देखिन लागेको हो। संविधानमा तीन प्रतिशतको थ्रेसहोल्डको व्यवस्था दुईदलीय अधिनायकवादको पूर्वांग थियो। राजनीतिक स्थायित्व र सरकारको निरन्तरताका नाउँमा थ्रेसहोल्डको व्यवस्था गरिएको भएपनि यो व्यवस्था बहुदलीय पद्धतिलाई नै घात गर्ने चिन्तनकासाथ भएको थियो भन्ने कुरा अहिले प्रमाणित हुन लागेको छ।

साम्यवादीको सम्पत्ति : सर्वहाराको विपत्ति

बुधबार, १६ जेठ २०७५

व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट नेता हुनसक्दैनन् भन्ने वाक्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो वाक्यका आविष्कारक सामान्य व्यक्ति होइनन्। सामान्य व्यक्तिले असामान्य कुरा गरे पनि समाजले त्यति महत्व दिँदैन। तर ठूला वा प्रभावशालीहरूका भनाइहरूलाई समाजले बहसमा ल्याउने गर्छ। साम्यवादी चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङको वाक्य हो यो। उनले साम्यवादमा विश्वास गर्ने नेताहरूले निजी सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने विचार प्रस्तुत गरेका छन्।

दुई ठूला साम्यवादी दलको एकता

बुधबार, ०९ जेठ २०७५

साम्यवादका आधारमा सत्तामा जाने बाटाहरू कमजोर भएपछि संसारका साम्यवादीहरूले प्रणालीगतरूपमा साम्यवादलाई तिलाञ्जली दिँदै लोकतान्त्रिक प्रणाली स्वीकार गरेको अवस्था छ।

मोदी भ्रमणको तरंग

बुधबार, ०२ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको यसै साता सम्पन्न नेपालको अत्यन्त संक्षिप्त राजकीय भ्रमणले नेपाली समाजमा केही नयाँ राजनीतिक तरंग पैदा गरेको छ। उहाँको यो भ्रमणलाई सांस्कृतिक भनिए पनि नेपालभित्र देखिएका केही परिदृश्य र दुई पक्षबाट जारी सोह्र बुँदे संयुक्त वक्तव्यले भ्रमणलाई सांस्कृतिक सीमाभित्र मात्र सीमित गरेको देखिएन। मोदी आफ्नो चार वर्षको प्रधानमन्त्रीय समयावधिमा यसअघि दुई पटक नेपाल आइसक्नुभएको थियो।

दुईमुखे चरोको आवरणमा कांग्रेस

बुधबार, २६ बैशाख २०७५

तेह्रौँ महाधिवेशन सम्पन्न भएको करिव दुई वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारी मनोनयन गरिएको छ। यो मनोनयनलाई लिएर आमनागरिकमा कुनै चासो वा चिन्ता नभए पनि कांग्रेसभित्र भने एउटा ससानो कम्पन पैदा हुनपुगेको छ। विस्तारै कांग्रेसबाट मानिसको ध्यान हट्न लागेको हुनाले पनि त्यति चासो र चिन्ता नदेखिएको हुनसक्छ । अहिले कांग्रेसका नेता र कांग्रेसले लिने निर्णय कसैको पनि प्रभावकारी बजार देखिँदैन।

नेपाली कांग्रेसको आत्मस्वीकृति

बुधबार, १९ बैशाख २०७५

वामपन्थी दलमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ।

राजनीतिक दल : भताभुंग चाल

बुधबार, १२ बैशाख २०७५

नेपाली कांग्रेसलाई निर्वाचनमा धुलो चटाउँदै एक वर्षपहिले आफूलाई सत्तामुक्त गरेको प्रतिशोध पूरा गर्ने एमाले अध्यक्षको चाहना र स्थानीय निर्वाचनको परिणामका आधारमा आफ्नो उपस्थिति लज्जाजनक हुने भयका कारण माओवादी अध्यक्षको हैसियत सुरक्षित राख्ने चिन्ताको परिणाममात्र थियो एकता गर्ने उद्घोष।

सपना देख्नु नराम्रो होइन

बुधबार, ०५ बैशाख २०७५

सपना कहिल्यै पूरा हुँदैनन् तर मानिसले देख्न पनि छाड्दैनन् । सपना देख्ने स्वतन्त्रता जसकसैलाई छ । अहिले छ महिनाभित्र नेपालमा रेल दौडिएको र दूधकोशीको सिरान सगरमाथासम्म पानीजहाज कुदेको सपना नेपालीले देखिरहेका छन् । घरघरमा ग्यासका पाइपलाइन जोडिएको सपना पनि नयाँ होइन।

प्रधानमन्त्रीको भारत यात्राका प्रश्न

बुधबार, २८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किसक्नुभएको छ।

समृद्धिको सपना र भाँडभैलो

बुधबार, २१ चैत २०७४

निर्वाचनअघिनै पार्टी एकता गर्ने उद्घोषसाथ माओवादी केन्द्र र एमालेको असोज १७ को सहमति वीरबलको खिचडी जस्तो हुन पुगेको छ। एकता गर्ने पट्यारलाग्दो भाषणका शृंखला करिब पाँच महिना निरन्तर सुनिरहेका नेपालीले कुनै विद्यार्थीले भोलिपल्ट आफ्नो शिक्षकलाई गृहकार्य बुझाउन हतारो गरेजस्तो गरी प्रधानमन्त्रीको भारत भ्रमणभन्दा पहिले नै एकता गर्ने तीव्र प्रयास भएको देख्न पाए।

कुकर्मको परिणाम : इयुको आदेश

बुधबार, १४ चैत २०७४

नेपालको अन्तिम शासक हिन्दू अनुयायी खस आर्य समुदायका शाह वंश रहे पनि इतिहास हेर्ने हो भने किराती, मगर, नेवार, तामाङ, तमु, थारू, यादव, सबैका पूर्वजहरूले जातीय शासन गरेको प्रमाणित भएको छ । नेपालमा शेर्पाहरूले तथा मूल शासक भएर बाहुन र इस्लाम धर्मावलम्बीहरूले शासन गरेको भने पाइँदैन।

कुकर्मको परिणाम : इयुको आदेश

बुधबार, १४ चैत २०७४

नेपालको अन्तिम शासक हिन्दू अनुयायी खस आर्य समुदायका शाह वंश रहे पनि इतिहास हेर्ने हो भने किराती, मगर, नेवार, तामाङ, तमु, थारू, यादव, सबैका पूर्वजहरूले जातीय शासन गरेको प्रमाणित भएको छ । नेपालमा शेर्पाहरूले तथा मूल शासक भएर बाहुन र इस्लाम धर्मावलम्बीहरूले शासन गरेको भने पाइँदैन।

कांंग्रेसको सकस

बुधबार, ०७ चैत २०७४

निर्वाचन परिणामको आँधीबेहरीपछि संभवतः मूल्यांकन गर्न पर्सिदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी सार्वजनिक भएको छ। प्रदेश र संघीय राजनीतिको नीति निर्माण र कार्यान्वयनमा समेत भूमिकाबिहीन भएको कांग्रेसले यस विषयमा मन्थन गर्नुपर्छ।

किन शक्तिशाली प्रधानमन्त्री?

बुधबार, ३० फागुन २०७४

शक्तिशाली प्रधानमन्त्रीले तत्काल ठोस कदम चाल्नुपर्नेछ । यसो गर्न सके राधा चौधरीसहित उनीजस्ताले न्याय पाएको ठहर्नेछ ।आशा गरौँ, संसद्मा पाएको समर्थनले आफू शक्तिशाली भएको भ्रम छर्ने काम हुनेछैन र चीन र रुसको जस्तो गरी शक्तिशाली बन्ने प्रयत्न हुनेछैन।

देउवाले कांग्रेस बनाउने कि बिगार्ने ?

बुधबार, २३ फागुन २०७४

कांग्रेसमा विधिको कुरा काकाकुलको जलेच्छाजस्तो छ । न पार्टीका सभापतिले आफूलाई विधिअनुकूल बनाउने काम गरेका छन् न अरुले । सही र गलत छुट्याउने विवेकलाई कांग्रेसमा तिलाञ्जली दिइएको छ।

उत्थान र पतनको सन्धिविन्दु

बुधबार, १६ फागुन २०७४

निर्वाचनमा अद्वितीय सफलता हासिल गरेको वाम गठबन्धनको भविष्यमा हुनसक्ने असफलता वा विभाजनबाट मात्र आफ्नो शक्ति विस्तार हुन्छ भन्ने बौद्धिक विलासमा रमाउने र यथार्थताबाट निकै टाढा भ्रममा बसेका कतिपय कांग्रेसले आफ्नो मति क्षयीकरण गरिरहेको पाइन्छ ।

निष्कण्टक यात्राको कामना

बुधबार, ०९ फागुन २०७४

लोकतान्त्रिक प्रणालीअन्तर्गत साम्यवादीहरूको एकमना सरकार सुरु भएको छ । यो ऐतिहासिक हो । वामपन्थको सिद्धान्तसँग मेल नखाने कम्युनिस्ट पार्टीको पहिचानसाथ दुई कम्युनिस्ट पार्टीको सहकार्यमा आरम्भ सरकारी सत्ताको संवैधानिक आयु ५ वर्ष रहेकाले नेपालीको कामना छ– यो सत्ता पूरै अवधिसम्म निष्कण्टक चलोस्।

वाम एकताको प्रसव वेदना

बुधबार, ०२ फागुन २०७४

यी दुईको एकतापछि यिनीहरूसँग असहमतहरूको ठूलो पंक्ति चन्द र वैद्यका तम्बुभित्र सुशोभित हुनेमा सन्देह गरिरहनुपर्दैन । यसैकारण यो एकताले लोकतन्त्रलाई कुनै फाइदा पुर्‍याउने छैन ।

अनायास उत्पन्न तरंग

बुधबार, २४ माघ २०७४

भारतले गरेको नाकाबन्दीविरुद्ध खुलेर बोल्न नसक्ने नेपाली कांग्रेसलाई निर्वाचनमा जनताले नराम्ररी झापड दिएका छन् भने ओली नेतृत्वको वाम गठबन्धनलाई तराई मधेसदेखि पहाड हिमालसम्म बलियो समर्थन मिलेको छ।