"

किसान संगीत नेपाली

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

शुक्रबार, १८ जेठ २०७५

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन्।

उहिले लेक, अहिले नमुना गाउँ

मङ्गलबार, ०१ जेठ २०७५

२०५४ सालमा उत्तरकन्या गाउँ विकास समितिको अध्यक्ष बनेपछि घलेगाउँका अगुवा प्रेमबहादुर घलेलाई गाउँको विकास कसरी गर्ने भन्ने चिन्ताले सतायो । गाउँसम्म पुग्नलाई सडक थिएन, कम्मर कसेर ५/६ घन्टा हिँड्नुपर्ने। बिजुलीबत्तीको सुविधा पनि थिएन, टुकीको भर। खानेपानी भर्न गाउँपछाडिको सातकन्या कुवामा बिहान झिसमिसेदेखि नै पालो कुर्नुपर्ने।

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

सोमबार, २४ बैशाख २०७५

सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

शनिबार, २२ बैशाख २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएको छ। शनिबार बेसीसहर–डुम्रे सडक खण्डको पाउँदी, मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र मर्स्याङ्दी गाउँपालिकाको रामबजारमा विष्फोटक पदार्थ भेटिएको हो।

लेखापाल नहुँदा ४ महिनादेखि सास्तीमा सर्वसाधारण

शनिबार, ०१ बैशाख २०७५

लमजुङको सदरमुकामस्थित बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

फलाम पिटेरै लखपति!

बुधबार, २८ चैत २०७४

सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

शुक्रबार, २३ चैत २०७४

पूर्वीभेगको दोर्दी खोलामा निर्माण अनुमति पाएको दोर्दी १ जलविद्युत आयोजनामा संरचना निर्माण कार्यको थालनी भएको छ।

युवा र प्रहरीको सकृयतामा तातोपानी कुण्ड सफाई

शुक्रबार, २३ चैत २०७४

उत्तरीभेगको मस्र्याङदी गाउ“पालिका–६ बाहुनडाँडा फेंदीमस्र्याङदी किनारमा रहेको तातोपानी कुण्ड आसपासका क्षेत्रमा फोहोर थुप्रिदै गएपछि स्थानीय युवा र प्रहरीले सरसफाई गरेका छन्।

सामुदायिक अस्पताल आएका बिरामीलाई सित्तैमा खाना

मङ्गलबार, २० चैत २०७४

बेसीसहरस्थित सामुदायिक अस्पतालमा छोरीको उपचार गराइरहेकी श्रीमञ्ज्याङकी राममाया नेपाली हस्याङ–फस्याङ गर्दै अस्पताल छेवैको होटलमा पुगिन् र खाना अर्डर गरिन्। होटल संचालकले सोधे, ‘खाना बिरामीलाई कि, कुरुवालाई ?’ उनले उत्तर दिइन्, ‘छोरी बिरामी छे उसैलाई।’ होटल सञ्चालकले जवाफ दिए, ‘बिरामीलाई अस्तालमै खाना खुवाइन्छ, त्यो पनि सित्तैमा।’ राममाया फनक्क फर्किइन्।

पहिरो माथि अडिएको गाउँ

आइतबार, १८ चैत २०७४

क्व्होलासोंथर गाउँपालिका ७ स्थित सुन्दर भोजेगाउँ। गाउँ नजिकै झण्डै ४० वर्षदेखि चल्न थालेको पहिरोले यो सुन्दर बस्ती नै बगाउने खतरा रहेको छ। जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्हरुले दिँदै आएपनि सरकारको उदासिनताले स्थानीयबासी पहिरो माथि बस्न वाध्य छन्। बर्खा लागेदेखि नै यहाँका बासिन्दाको मनमा त्रास सिर्जना हुने गरेको छ।

बालगृहलाई घडेरी बेचेर ४० लाख

आइतबार, १८ चैत २०७४

क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ गाउँकी ८० वर्षीया सानुमाया गुरुङ सानैदेखि अलि विद्रोही स्वभावकी। ‘छोराले पढ्दा, छोरीले मेलापात र घरधन्दा मात्रै गर्नुपर्ने किन ?’, ‘छोरालाई जागिरमा लगाउने छोरीलाई विहेदान गरेर पठाइहाल्नु पर्ने कारण के हो ?’, ‘छोराले मात्रै अंश पाउने छोरीलेचैं अंश नपाउने किन ?’ यस्तै अनेकौं अमिल्दा अवस्थाका प्रश्नहरू उनको मनमा खेलिरहन्थे।

बेसीसहर नगरपालिकालाई बालुवाबाट झण्डै ४० लाख आम्दानी

बुधबार, १४ चैत २०७४

मस्र्याङ्दी नदीको बालुवा बिक्रीबाट बेसीसहर नगरपालिकाले झण्डै ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

सेनाले बनायो भूकम्पले भत्किएको संरचना

मङ्गलबार, ०६ चैत २०७४

३५ महिना अघिको विनाशकारी भूकम्पले क्षति पुर्याएको ऐतिहासिक तथा पर्यटकीयस्थल राईनासकोटका संरचनाहरु नेपाली सेनाले मर्मतसम्हार गरेको छ।

लोकमार्ग पीडितले भने : हामीलाई सुकुम्बासी नबनाउनुहोस्

शुक्रबार, ०२ चैत २०७४

मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँस्थित पाउँदीबजार–किरिञ्चेखोला खण्डको सुन्दरबजार क्षेत्रका बासिन्दाले आफुहरुलाई सुकुम्बासी बन्नबाट जोगाईदिन प्रदेश मन्त्री र सांसदसँग अनुरोध गरेका छन्।

‘नयाँ संरचनालाई सफल बनाउन सहयोग गर्नुहोस्’

बिहिबार, ०१ चैत २०७४

प्रदेश ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ सेवामा लाग्न निर्देशन दिएका छन्।

भूकम्पले भत्काएको तुर्लुङकालिका मन्दिर पुनर्निर्माण सुरु

बिहिबार, २४ फागुन २०७४

३४ महिना अघिको विनाशकारी भूकम्पले क्षतिग्रस्त तुर्लुङकोट गढीमा रहेको कालिका मन्दिरमा पुनर्निर्माणको काम थालिएको छ। सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोट स्थित कालिका मन्दिर भूकम्पका कारण क्षतिग्रस्त भएर ढल्ने अवस्थामा पुगेपछि मन्दिर जगैदेखि भत्काएर पुनर्निर्माणको काम अघि बढाईएको हो।

कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

बुधबार, २३ फागुन २०७४

मध्यनेपाल नगरपालिका ६ भोर्लेटारबाट रोजगारीका क्रममा कतारमा रहेका एकयुवा १२ दिनदेखि सम्पर्क विहीन रहेका छन्। भोर्लेटारको पाखुरीचोकका राधिका घिमिरेका छोरा ३५ वर्षीया श्रीकृष्ण घिमिरे गत फेबुअरी २४ अर्थात् फागुन १२ गतेदेखि कतारको सनैया सहरबाट सम्पर्क विहीन भएका हुन्।

मध्य मर्स्याङ्दी जलविद्युतमा चौविसै घण्टा मर्मतकार्य

मङ्गलबार, १५ फागुन २०७४

देशकै ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजनामा अहिले चौविसै घण्टा मर्मतको काम भईरहेको छ। बेसीसहर नगरपालिकामा अवस्थित सो परियोजना बिहीबार रातीदेखि ‘सर्टडाउन’ गरी शुक्रबार देखि धमाधम मर्मतको काम हुँदै आएको हो।

मध्यमर्स्याङदी आयोजनामा चौविसै घण्टा मर्मतकार्य

मङ्गलबार, १५ फागुन २०७४

देशकै ठूलो मध्येको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजनामा अहिले चौविसै घण्टा मर्मतको काम भईरहेको छ।

मध्य मर्स्याङ्दीको विद्युत उत्पादन बन्द

बिहिबार, १० फागुन २०७४

बेसीसहर नगरपालिकास्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत परियोजनाको मर्मतकार्य शुक्रबार देखि शुरु हुने भएपनि करिब एकसाताका लागि विद्युत उत्पादन स्थगित भएको छ। सुरुङमार्फत् जलविद्युत केन्द्रमा पठाइएको पानीलाई बाँधको मूलढोका ‘रेडियल गेट’ मार्फत् पुनःमर्स्याङ्दी नदीमै फर्काएर मर्मत् कार्य थालिने भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।