"

डा. कुन्दन अर्याल

मधेस आन्दोलनको नयाँ बाटो

बुधबार, २३ फागुन २०७४

राजनीतिक सुझबुझकै कारण उपेन्द्रले विगतमा पनि राजपाले जस्तो एमालेलाई निषेध गरेका थिएनन् । त्यही कारण पनि उनलाई सरकारमा सहभागी हुन केही सजिलो छ।

मेलमिलापको अन्योलग्रस्त स्वप्न

बुधबार, १९ पुष २०७४

कांग्रेस ०५९ सालको फुटको संघारमा पुग्नुभन्दा एक–डेढ वर्षअघिको कुरा हो । महेन्द्रनगर, कञ्चनपुरमा एउटा कार्यक्रममा बोल्न जानुअघि एक बिहान शेरबहादुर देउवाले पत्रकारहरूसँग कफी प्युँदै भने— ल आज मेरो भाषण राम्ररी सुन्नु, म विस्फोट गरिदिन्छु। केहीबेर पछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने— कांग्रेस राणा पारिवारिक शासनविरुद्ध लडेको पार्टी हो । हामी कोइराला परिवारवादको बलमा खडा भएको स्वेच्छाचारी नेतृत्वविरुद्ध पनि लड्नेछौँ ।

राजनीतिमा यो ठट्टा कि बेइमानी ?

बुधबार, १२ पुष २०७४

मतगणना परिणाम धमाधम आउँदै गरेको कुनै एक दिन एमाले केन्द्रीय कार्यालयको प्रांगणमा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमाल, केही पत्रकार र कार्यकर्ताबीच यही विषयमा अनौपचारिक कुराकानी भइरहेको थियो। जिज्ञासु उनको पार्टीले कुल कति स्थान जित्ला भन्ने विषयमा उनको आँकलन जान्न चाहिरहेका थिए ।

राष्ट्रियसभाको प्रसव वेदना

बुधबार, ०५ पुष २०७४

प्रधानमन्त्रीको पदमा रहेर आफ्नै नेतृत्वमा पार्टीको निर्वाचन अभियान सञ्चालन गर्ने शेरबहादुर देउवा पार्टी पंक्तिमै आलोचित छन्।

ओलीले भरोसा जित्नुको अर्थ

बुधबार, २७ मङि्सर २०७४

शंका पनि होलान् । वचनबध्दता, प्रतिबध्दता अनि विकास र समृध्दिका आकर्षक खाका बेवारिस ठहरिने संशय पनि होला । जनताले विश्वास गरेर वाम गठबन्धनलाई सरकार बनाउने मौका दिएका छन् । त्यसैले यो गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओलीलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई बधाइ ज्ञापन गर्ने समय हो ।

संविधान पक्षधर एक होऊ

बुधबार, ०६ मङि्सर २०७४

पुत्रशोकमा परेका पुष्पकमल दाहाल दम्पतीप्रति समवेदना प्रकट गर्न गएका एमाले र कांग्रेसका नेताबीच शान्ति सुरक्षाका विषयमा अनौपचारिक र संक्षिप्त कुराकानी भएको समाचार प्रकाशित भएको छ ।

खर्चिलो र भड्किलो चुनाव

बुधबार, २९ कार्तिक २०७४

राजनीतिक दलहरूसँग छलफल गर्न निर्वाचन आयोगले गएको दसैँअघि आयोजना गरेको एउटा अन्तक्र्रियामा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन खर्चको हदको कडाइका साथ पालना गराइनुपर्ने माग गरे । उम्मेदवारको निर्वाचन खर्चका सम्बन्धमा छलफल गर्न आयोजित त्यो कार्यक्रममा उनको गुनासो थियो, निर्वाचनमा दसौँ लाख खर्च गर्न सकेकै कारण भ्रष्ट नेताहरू बलियो देखिन थालेका छन् । उनको भय थियो, यस्तो प्रवृत्तिले स्वच्छ छवि भएका राजनीतिकर्मीहरूलाई निर्वाचनमा अग्रसर हुन निरुत्साहित गर्छ र अन्ततः देशको विकासको एजेन्डा कागजमा मात्र सीमित हुन पुग्छ।

पूर्वराजाको बाजा र धुन

बुधबार, ०८ कार्तिक २०७४

वामपन्थी दलहरू र नेपाली कांग्रेसबीचको दूरीबाट फाइदा उठाउँदै राजा महेन्द्र र वीरेन्द्रले तीन दशकसम्म पञ्चायती व्यवस्थाको नाममा आफ्नो प्रत्यक्ष शासन कायम गरे।

निरीह आयोग, बाहुबली देउवा

बुधबार, ०१ कार्तिक २०७४

लोकतन्त्रका मूल्य र मान्यतालाई व्यवहारमा रूपान्तरण भएको देख्न चाहने हो भने निर्वाचन मात्र भएर पुग्दैन। स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष निर्वाचन भन्नुको पनि विशेष अर्थ छ।

शिशु संविधानको आगत

बुधबार, ०४ असोज २०७४

संविधानले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिसहितको नेपालका लागि सबैभन्दा ठूलाठूला बाधक राजनीतिकर्मीहरूको अनैतिक र गैरजिम्मेवार आचरण एवं भ्रष्टाचार नै हुन् ।

मधेसमा संविधान संशोधन कि समृद्धि ?

बुधबार, २८ भदौ २०७४

२०७३ सालको मधेस आन्दोलनपछि यतिखेर पहिलो पटक तराई–मधेसमा ठूला दलहरू खुला–खुलस्त राजनीतिक संवादमा ओर्लिएका छन् ।

त्यो युगान्तकारी संकल्प

बुधबार, ०४ साउन २०७४

पुष्पलालले जीवनभर पराजय र संघर्षका असीमित शृंखला सामना गरिरहनुपर्‍यो । तर लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबध्द नेपाली कम्युनिस्ट आन्दोलनको उल्लेखनीय परम्परा उनकै आदर्शबाट अभिप्रेरित छ ।

गठबन्धनको फितलो जग

बुधबार, २८ असार २०७४

राष्ट्रिय जनता पार्टीले सप्तरीका बाढीपीडितका लागि राहत वितरण गर्न राजधानीबाट हिँडेको एमाले टोलीलाई पूर्व–पश्चिम राजमार्गमै छेक्ने घोषणा गरेन ।

उत्साहमाथि तुषारापातको दुष्प्रयत्न

बुधबार, ०७ असार २०७४

दुई दशकपछि चरणबद्धरूपमा सुरु भएको स्थानीय तह निर्वाचनसँगै आमजनतामा जागृत उत्साहमा यसबीचका घटनाक्रमले व्यवधान खडा गर्न खोजेका छन्।

देउवाको हिजो, आज र भोलि

बुधबार, २४ जेठ २०७४

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बलियो अंक गणितका साथ चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भएका छन् ।

राजपाले पाएको मौका

बुधबार, १७ जेठ २०७४

यादव मतपत्रबाटै आफ्नो संघर्ष अघि बढाउने आत्मविश्वासका साथ निर्वाचन तयारीमा जुटिसकेका छन् । गच्छादार निर्वाचन गराउने सरकारकै साझेदार छन् । यस्तो अवस्थामा राजपा निर्वाचनमा गएन भने पनि मैदान भरिभराउ नै हुनेछ । एमाले, कांग्रेस वा माओवादीका उम्मेदवार त उत्साहका साथ मैदानमा कस्सिने नै छन् ।

अबको एमाले : सम्भावना र चुनौती

बुधबार, १० जेठ २०७४

दोस्रो चरणमा एमालेले मधेसको सामना गर्नुपर्नेछ जहाँ त्यस पार्टीलाई पहाडवादीको संज्ञा दिएर किनारामा पुर्याउन कांग्रेस, माओवादी र कतिपय मधेसकेन्द्रित पक्ष एक हुनेछन् । आफ्नो नेतृत्वको सरकार भएका बेला मधेसमा सडक, सिँचाइजस्ता पूर्वाधारका निम्ति गरेका कामबारे बताउन एमालेलाई जनतामाझ जानै नदिने प्रयत्न हुनेछ ।

अवतरणको प्रारम्भ

बुधबार, ०३ जेठ २०७४

सारा राष्ट्र निर्वाचन सम्पन्न गर्दै नयाँ चरणमा प्रवेश गर्न उत्साहित भइरहेको अवस्थामा संविधान संशोधनको अड्को थापेर बाटो छेक्नु उपयुक्त हुँदैन । यो कुरा सबैभन्दा बढी राजपाले बुझ्नुपर्छ ।

संसद् र बाहिरका केन्द्र

बुधबार, २७ बैशाख २०७४

सभामुख ओनसरी घर्तीले पत्रकार भेला गरेर न्यायपालिकाबाट व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको गुनासो गरिन् । तर उनको मुखबाट व्यक्त प्रधानमन्त्री दाहालको त्यो धारणा संसद्को मार्यादा उँचो पार्ने ध्येयबाट निर्देशित छैन् भन्ने अनेक आधार छन् । अदालतले संसद्को मार्यादामा चोट पु¥यायो भन्ने सभामुखको अभिव्यक्तिले यस शृंखलाको सुरुवात कहिले भयो त भन्ने प्रश्नसमेत खडा गरेको छ ।

महाअभियोगको प्रकम्पन

बुधबार, २० बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संवैधानिक प्रावधानअन्तर्गत नै दर्ता गराइएको हो । यो संविधानका कैयन धाराहरुउपर विवाद चलिरहेकै छ । महाअभियोगसम्बन्धी यो धाराको प्रयोग भने केही महिनाकै अवधिमा दुई–दुई पटक हुँदैछ तर यतिखेर जुन ढंगले यसको प्रयोग भएको छ, आगामी दिनमा लोकतन्त्रको अभ्यास कसरी गरिएला भन्ने गम्भीर प्रश्न उठेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।