"

प्रेम चुनारा

एसएसबीद्वारा नेपाली कुटिए

बिहिबार, २४ जेठ २०७५

दार्चुला सदरमुकाम खलंगाको नेपाल–भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

त्रिदेशीय सीमामा विदेशी नागरिकलाई कडाई

बुधबार, २३ जेठ २०७५

नेपाल सरकारले त्रिदेशीय सीमा ब्याँस क्षेत्रमा विदेशी नागरिकलाई  निगरानी तथा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने गरी स्थानीय प्रशासनलाई परिपत्र गरेको छ।

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

शनिबार, १९ जेठ २०७५

दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ। राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै छिमेकी हस्तक्षेप नियन्त्रण र सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोली त्रिदेशीय सीमा क्षेत्रमा गस्तीमा गएको हो।

दार्चुलामा भूकम्प

बिहिबार, १० जेठ २०७५

दार्चुला सदरमुकाम तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे छ। विहीबार साँझ ८ बजेर १० मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

आइतबार, ०६ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

महाकाली करिडोरको १० करोड रकम फिर्ता

बुधबार, ०२ जेठ २०७५

महाकाली करिडोर अन्र्तगत दार्चुला तिंकर सडक खण्डमा यस वर्ष पनि विनियोजित रकम फिर्ता भएको छ । चालु आवमा विनियोजित रकम खर्च नभएपछि १० करोड विभागले फिर्ता तानेको छ।

भारतसँग गल्यो सरकार ? विरोधका बीच पुल सञ्चालनको अनुमति

शनिबार, १७ चैत २०७४

दार्चुलाको उत्तरी ब्यांस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै सधै अनेक समस्याहरु उत्पन्न हुँदै आएका छन्। सीमा समस्याको विकराल रुप कालापानी र लिपुलेक सीमा अतिक्रमणसम्म भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदबा रहँदै आएको गुनासोहरु सुनिने गरेका छन्।

तीन काठेपुल संचालनलार्इ अनुमति

शुक्रबार, १६ चैत २०७४

नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नदीको रुपमा रहेको महकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिना पछि अनुमति दिएको छ।

सीमामा सुरक्षा गस्ती निरन्तरता, सेना फर्कदा सशस्त्र प्रहरी खटियो

बुधबार, १४ चैत २०७४

दार्चुलाको उत्तरी सीमा क्षेत्रमा राज्यको पंहुच नहुदा छिमेकी हस्तक्षेप बढ्न थालेपछि अहिले त्यस क्षेत्रमा सुरक्षा निकायको पंहुच बढेको छ। महिना दिन अगाडि भारतीय पक्षबाट सीमानदी महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा गस्तीमा रहेको थियो।

महाकालीमा भारतले बनाएकाे पुल स्थानीयले भत्काए

बुधबार, १४ चैत २०७४

भारतले महाकाली नदीमा निर्माण गरेका अस्थायी काठेपुल राप्लाका स्थानीयले हटाएका छन्। जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ३ ठाउँमा नेपाल भारत जोड्ने  सीमानदी महाकालीमा लगाएका पुल हटाएको प्रहरीले जनाएको छ। राप्लाको दोपाखे ताम्पाकु र नमजंग मा रहेको पुलहरु स्थानीयले हटाएका हुन्।

उत्तरी सीमामा सेनाको चासो

आइतबार, ११ चैत २०७४

भारतीय पक्षबाट महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा विगत एक सातादेखि गस्तीमा छ। दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मबाट टोली सीमा क्षेत्रमा गस्तीमा निस्केको हो।

भारतीय हस्तक्षेप रोक्न सीमामा नेपाली सेनाको गस्ती

मङ्गलबार, २९ फागुन २०७४

केही साताअघि भारतीय पक्षबाट सीमा नदी  महाकालीमा काठेपुल बनाएको र नेपाली भुमि भएर डोजर ढुवानी गरेको घटना सार्वजनिक भएपछि त्यसलाई रोक्न नेपाली सेनाले सीमा क्षेत्रमा गस्ती थालेको छ।

चमेलियामा दैनिक ६ घन्टा विद्युत उत्पादन

शुक्रबार, २५ फागुन २०७४

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा निर्माण गरिएको चमेलिया जलविद्युत् आयोजनाले दैनिक ६ घन्टा विद्युत उत्पादन गरिरहेको छ।

दार्चुलाको सीमा समस्याबारे नेपाल र भारतका अधिकारीबीच छलफल

सोमबार, २१ फागुन २०७४

दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन्।

राज्यको उपस्थिति नहुँदा दार्चुलाका उत्तरी सीमामा सधैं समस्या

आइतबार, २० फागुन २०७४

दार्चुलाको उत्तरी व्यास गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै अनेक समस्या देखिए पनि राज्यको उपस्तिथी नदेखिँदा सधैं समस्याद देखिने गरेको छ।

चमेलियाको अनसन फिर्ता

शनिबार, १९ फागुन २०७४

आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारिलका स्थानियले थालेको आमरण अनसन फिर्ता लिएका छन्। चमेलिया जलविद्युतको विद्युत गृह नजिक अनसन थालेका स्थानीय र चमेलिया जलविद्युत् परियोजनाबीच सहमति भएपछि अनसनफिर्ता लिएका हुन्।

चमेलियामा आमरण अनसन

शुक्रबार, १८ फागुन २०७४

चमेलिया जलविद्युत आयोजनाले माग पूरा नगरेको भन्दै शैल्यशिखर नगरपालिका १, बारिलका स्थानीय बिहीबारदेखि आमरण अनसनमा बसेका छन्।

माग पुरा नभएको भन्दै चमेलियामा आमरण अनसन

बिहिबार, १७ फागुन २०७४

आफ्ना मागहरु पुरा नभएको भन्दै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारीलका स्थानीय चमेलिया जलविद्युतको विद्युत गृह नजिक बिहिबारबाट आमरण अनसनमा बसेका छन्। चमेलिया जलविद्युत आयोजनाले निर्माण कार्य सुरु गरेदेखि नै आफुहरुसंग गरेका प्रतिबद्धता पुरा नगरेको भन्दै उनिहरु आमरण अनसन बसेका हुन्।

दार्चुलाको उत्तरी सीमामा संधै समस्या

बुधबार, १६ फागुन २०७४

दार्चुलाको उत्तरी ब्यांस गांउपालिकासँग जोडिएको भारतीय सीमा क्षेत्रमा विगत देखीनै अनेक समस्याहरु उत्पन्न हुदै आएका छन्। सीमा समस्याको विकराल रुप कालापानी र लिपुलेक सीमा अतिक्रमणसम्म भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदवा रहँदै आएको छ। नेपालको भुभागमा भारतीय पक्षले आफु अनुकुलका गतिविधिहरु संचालन गरिरहेको छ।

चमेलिया क्षेत्रमा ३ महिनाभित्र बिद्युतीकरण हुने

बुधबार, १६ फागुन २०७४

सात नम्बर प्रदेशको सबैभन्दा ठूलो जलविद्युत आयोजना चमेलिया वरपरको प्रभावित क्षेत्रमा तीन महिनाभित्र विद्युतिकरण गरिने भएको छ। माघ २७ गते चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गरि राष्ट्रिय प्रशारण लाइनमा जडान भएपनि आयोजनास्थल वरपरको क्षेत्रमा विद्युतिकरण नभएको व्यापक गुनासो तथा विद्युत सेवा विस्तारको माग गरिएको थियो।