"

विष्णु बेल्वासे

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

बुधबार, ०६ असार २०७५

३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन्।

बैंकको घर–जग्गामा दुई खर्ब ६९ अर्ब

शुक्रबार, ०१ असार २०७५

२०६६ पुसमा तत्कालीन गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले घरजग्गामा अन्धाधुन्ध लगानी गरेको र यसले वित्तीय समस्या निम्तन सक्ने भन्दै थप लगानी रोक्ने आदेश दिए ।

महिनामा अर्बको बिजुली चोरी

बिहिबार, ३१ जेठ २०७५

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार नागरिकलाई बताए।

सपना पूरा गर्दै ‘अटो लोन’

मङ्गलबार, २९ जेठ २०७५

सरकारले यस वर्षदेखि सवारी साधन किन्ने सर्वसाधारणलाई केही सुविधा थपिदिएको छ । सरकारको मौद्रिक नीति सार्वजनिक गर्ने नेपाल राष्ट्र बैंकले यसवर्ष ल्याएको नीतिअनुसार निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ६५ प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

मङ्गलबार, २९ जेठ २०७५

नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।

पश्चिम सेती अझै विचाराधीन

बिहिबार, २४ जेठ २०७५

बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना चाइनाको थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन वा सरकार आफैंले बनाउने भन्ने विषय अझै बिचाराधीन रहेको छ ।उक्त आयोजनाबाट थ्री गर्जेजले हात झिक्यो भन्ने समचार बाहिर आएपछि लगानी बोर्डले यस्तो खुलासा गरेको हो ।

लाभकर विवादले सेयर कारोबार ठप्प

बुधबार, २३ जेठ २०७५

सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबारको सेयर कारोबार ठप्प पारेका छन् । मंगलबार सेयर बजार खुले पनि कारोबार भएन ।

पुँजीगत लाभकर विवाद जटिल बन्दै

मङ्गलबार, २२ जेठ २०७५

सरकारले बोनस र हकप्रद सेयरमा लाभकर गणनाका लागि अंकित मूल्यलाई आधार मान्ने व्यवस्था गरेपछि लगानीकर्ता र सरकारबीचको विवादले उग्र रुप लिएको छ । लाभकरका विषयमा देखिएको विवादको समाधान गर्न लगानीकर्ता र सरकारबीच भएको सोमबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

सेयर बजारलाई लाभकरकाे झापड

सोमबार, २१ जेठ २०७५

सरकारले कुनै कम्पनीले दिने हकप्रद र बोनस सेयरमा आधार मूल्य (एक सय रुपैयाँ अधिकांशको) देखि नै पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले आइतबार उक्त निर्णय लागू गरेलगत्तै सेयर बजारमा उच्च बिन्दुको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से करिब ३४ बिन्दुले ओर्लिएको छ । आइतबारको कदमलाई पुँजीबजारमाथि सरकारले हानेको झापडको रुपमा हेरिएको छ।

आयोजना प्रमुखलाई एक महिनाभित्र उपत्यका छाड्न कुलमानको निर्देशन

आइतबार, २० जेठ २०७५

बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाडन निर्देशन दिएका छन्।

साढे १० महिनामा ३२ अर्बको सुन आयात

शुक्रबार, १८ जेठ २०७५

चालु आवको साढे १० महिनामा बैंकिङ प्रणालीबाट करिब ३१ अर्ब ९० करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । चालु वर्षको जेठ १६ सम्ममा ६ हजार हजार तीन सय ५० किलो सुन आयात भएको हो ।बजारमा अहिले प्रति १० ग्राम सुनको मूल्य ५२ हजार दुई सय ४० रुपैयाँ छ । यो हिसाबले एक वर्षमा उक्त रकम बराबरको सुन मुलुकमा भित्रिएको हो ।

लाभकर वृद्धिले अल्पकालीन लगानीकर्तालार्ई घाटा

बिहिबार, १७ जेठ २०७५

सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा व्यक्तिगत पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्ने निर्णयले अल्पकालीन लगानीकर्तालाई नोक्सान हुने देखिएको छ ।व्यक्तिगत लगानीकर्ताले अहिले पुँजीगत लाभकर ५ प्रतिशत तिर्दै आएका थिए । बजेटमा त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । यसले थोरै नाफा लिएर छोटै समयमा सेयर किनबेच गर्ने लगानीकर्तालाई नोक्सान हुनेछ ।

शैक्षिक प्रमाणपत्र धितोमा सात लाखसम्म ऋण

बुधबार, १६ जेठ २०७५

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । पाँच प्रतिशत ब्याजदरमा उक्त ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५- ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।

हल्लाले नेप्सेमा ३६ बिन्दुको सुधार

मङ्गलबार, १५ जेठ २०७५

सरकारले आज (मंगलबार) ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम ल्याउने हल्ला चलेपछि सेयर बजार सोमबार एकाएक उकालो लागेको छ।

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

सोमबार, १४ जेठ २०७५

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण भएका आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिएको हो ।चालु आर्थिक वर्ष ०७४- ७५ को आठ महिनामा ७२ मेगावाट बिजुली थपिइसकेको छ । बाँकी पाँच महिनामा त्यत्तिकै परिणाम बराबरकोे बिजुली थपिने अनुमान गरिएको छ ।

बजेटको प्रतीक्षामा लगानीकर्ता

आइतबार, १३ जेठ २०७५

सरकारले आगामी वर्षका लागि मंगलबार ल्याउने बजेट सेयरमैत्री नआउने पूर्वअनुमान लगानीकर्ताले गरेका कारण सेयर बजार बढ्नुको साटो उल्टै घटिरहेको छ।

ऊर्जा मन्त्रालय–लगानी बोर्ड विवाद झनै चुलियो

बिहिबार, १० जेठ २०७५

लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकामा ऊर्जा मन्त्रालयले अटेरी गरेको छ । बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

कुन मन्त्रीसँग कति सेयर

बिहिबार, १० जेठ २०७५

कुन मन्त्रीसँग कति सेयर होला ? हालै सार्वजनिक मन्त्रीको सम्पत्ति विवरणले धेरैजसो मन्त्रीमा सेयर लगानीमोह छर्लंग गर्छ।

१ डलरको १०९ रुपैयाँ

बिहिबार, ०३ जेठ २०७५

अमेरिकी डलरको भाउ पुनः महँगिएर एक सय नौ रुपैयाँ नाघेको छ । बुधबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०९.२२ रुपैयाँमा बिक्री भएको छ । राष्ट्र बैंकले बुधबारका लागि डलरको खरिद दर १०८.६२ रुपैयाँ र बिक्री दर १०९.२२ रुपैयाँ तोकेको छ । यो भाउ १६ महिनायताकै महँगो हो ।

एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद

बुधबार, ०२ जेठ २०७५

स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ।