"
चिरन शर्मा

चिरन शर्मा

राप्रपा नेपालको युरोप क्षेत्रीय समिति गठन

बिहिबार, २० असोज २०७३

युरोपमा छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपालीलाई संगठित गर्ने उदेश्यले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको छ। समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरेन्द्रमान अमात्य (बेल्जियम) को अध्यक्षतामा समिति गठन भएको जनाएको हो।

'सोसल साइन्स बहा: गरिबी निवारण गर्ने संस्था हाेइन'

सोमबार, १७ असोज २०७३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालस्थित प्रतिष्ठित प्राज्ञिक गैरसरकारी संस्था ‘सोसल साइन्स बहाः माथि गरेको अनुसन्धानविरुद्ध विभिन्न देशमा कार्यरत विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता र प्राज्ञिक क्षेत्रका ९१ जनाले संयुक्त रुपमा विरोध जनाएका छन्।

राजदूत सुवेदीद्वारा पदभार ग्रहण

शुक्रबार, १४ असोज २०७३

बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबारदेखि नेपाली दूतावास लन्डनको कार्यभार समालेका छन्। बुधवार साँझ बेलायत आइपुगेका डा. सुवेदीले शुक्रवारदेखि नै आफ्नो पदभार ग्रहण गर्दै सेवाग्राहीको सुविधालाई थप प्रभावकारी बनाउने केही निर्णय गरेका छन्।

नेदरल्याण्ड कांग्रेसमा एउटै अधिवेशनबाट दुई अध्यक्ष चयन

बुधबार, १२ असोज २०७३

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डको चौथो अधिवेशनले दुई जना अध्यक्ष चयन गरेको छ । मंगलवार आम्स्टर्डममा सम्पन्न अधिवेशनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दुई जनालाई नै अध्यक्ष घोषित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

'संविधान संशोधनमा राजनीतिक सहमति भइसक्यो'

शुक्रबार, ०७ असोज २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले संविधान संशोधनका लागि राजनीतिक सहमति भइसकेको बताएका छन्। युरोप भ्रमणका क्रममा लन्डन आइपुगेका उनले हिथ्रो विमानस्थलमा उत्रिएपछि नागरिकन्युजसँग कुरा गर्दै भने, ‘म प्रधानमन्त्रीसँग छलफल गरेर आएको हुँ। कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच संशोधनका बुँदामा सहमति भइसकेको छ।’

गोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा कृष्णकुमार राई

मङ्गलबार, ०४ असोज २०७३

भूपू ब्रिटिस गोर्खाहरुको संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को नयाँ नेतृत्वमा कृष्णकुमार राई चयन भएका छन्। सोमबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गेसोको दोस्रो साधारणसभाले कृष्णकुमार राईलाई अध्यक्षमा सर्वसम्मतले नेतृत्व सुम्पेको हो। राईले यसअघि गेसो केन्द्रीय समितिको सचिव र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

भूपू गोर्खाले पेन्सन मुद्दा इयु अदालतमा पनि हारे

शुक्रबार, ३१ भदौ २०७३

भूपू गोर्खाहरुले समान पेन्सन सुविधा पाउनु पर्ने माग राख्र्दै दर्ता गरेको मुद्दामा पराजयको सामना गरेका छन्। भूपू गोर्खाहरुले आफुहरुले पनि अन्य मुलुकका गोर्खा सैनिक सरह पेन्सन सुविधा पाउनु पर्ने माग राख्दै मुद्दा दर्ता गरेका थिए।

भन्सार सम्बन्धी व्यवस्था पुनरावलोक गर्न एनआरएन यूकेको माग

सोमबार, २७ भदौ २०७३

लन्डन-गैरआवासीय नेपाली संघ यूकेले नेपालको अध्यागमन तथा भन्सार सम्बन्धी कानुन अब्यवहारिक भएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन्। पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए।

डब्लिनमा घन्कियो पञ्चेबाजा

सोमबार, २० भदौ २०७३

आयरल्यान्डमा रहेका नेपाली र आयरल्यान्ड नागरिकको सहभागितामा नेपाल आयरल्यान्ड डे सम्पन्न भएको छ। शनिवार सम्पन्न कार्यक्रममा डब्लिनका लर्ड मेयर जिओ म्याग हग, सांसदहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।

वेलायतमा नेपाल झल्किने मेला (फोटो सहित)

मङ्गलबार, १४ भदौ २०७३

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ तमुधिं युकेको आठौं नेपाली मेला सम्पन्न भएको छ। नेपाली समुदायबीच लोकप्रिय सो मेला हेर्न बेलायतका बिभिन्न क्षेत्रका नेपालीहरुको घुइचो लागेको थियो। लण्डनस्थित केम्पटन पार्कमा आयोजित मेलमा नेपाली कला सांस्कृति झल्किने भेषभुसा लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

बुधबार, ०८ भदौ २०७३

युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो।

टेनिसाले जितिन् मिस यूके नेपाल–२०१६ को उपाधि (फोटो फिचर)

सोमबार, ०६ भदौ २०७३

मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्।

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

बिहिबार, ०२ भदौ २०७३

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

कर्णेल कुमार लामाको फैसला लम्बियो

शनिबार, १५ साउन २०७३

कोपनहेगन-सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दामाथिको फैसला लम्बिने भएको छ।

लड्‌र्स मैदानमा नेपालको जीत

मङ्गलबार, ०४ साउन २०७३

लन्डन— वेलायतको ऐतिहासिक क्रिकेट मैदान लड्‌र्समा विश्वचर्चित वेलायती क्लब एमसीसीसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ। खेल हेर्न वेलायतका विभिन्न स्थानमा बसोबास गर्ने १० हजारभन्दा बढी नेपाली दर्शक ओइरिएका छन्।

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

सोमबार, ०३ साउन २०७३

लन्डन- भानुजयन्तीका अवसरमा बेलायतमा कविता प्रतियोगित सम्पन्न भएको छ। शनिवार रेडिंगमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन्।

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बिहिबार, ३० असार २०७३

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

क्रिकेट टोलीको स्वागतका लागि नेपाली समुदाय उत्साहित

आइतबार, २६ असार २०७३

क्रिकेट खेलका लागि लर्डसको मैदान जति पुरानो मानिन्छ, खेलाडीका लागि बेलायतको एमसीसी क्लबसँग भिड्न पाउनु त्यत्तिनै महत्वपूर्ण ठानिन्छ। त्यही ऐतिहासिक मैदानमा विश्व चर्चित बेलायतको एमसीसी क्लबसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेल खेल्न बेलायत आउन थालेको नेपाली टोलीको स्वागतको प्रतिक्षामा छन्– बेलायतको सिंगो नेपाली समुदाय।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।