"
चिरन शर्मा

चिरन शर्मा

एनअारएनए अध्यक्षको 'भिजन २०२०' प्रस्ताव संशाेधनसहित पारित

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको 'भिजन २०२० एन्ड बियोन्ड' नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ। सम्मेलनले विवादित बुँदा संशाेधन गरी प्रस्ताव पारित गरेको हो।

उपाध्यक्षका तीन पदमा अाठ अाकांक्षी, युरोपको मत निर्णायक

शुक्रबार, २७ असोज २०७४

शनिवारदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्। एनआरएनको नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान हुँदैछ। विभिन्न देशबाट आएका प्रतिनिधिले आ–आफ्नो चुनावी रणनीति तय गर्न काठमाडौंका विभिन्न होटलमा अड्डा जमाएका छन्। भावी नेतृत्व लिन सक्ने भएकाले महत्वपूर्ण मानिने उपाध्यक्षको २ (खुल्ला) पदमा अहिलेसम्म ६ जना आकांक्षी देखिएका छन्।

जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बिहिबार, २६ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएए) का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदमा वर्तमान आइसीसी सदस्य जुमना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। बिहीबार होटल र्‌याडिसन पत्रकार सम्मेलन गर्दै उनले २०१७–२०१९ कार्यकालका लागि आफू उम्मेदवार हुने बताएकी हुन्।

तीन साहित्यकारलाई पद्मश्री सम्मान

बिहिबार, १९ असोज २०७४

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै  ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।

एनआरएन उपाध्यक्षमै निरन्तरता दिने पन्तको घोषणा

बिहिबार, १९ असोज २०७४

गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।

एनआरएन निर्वाचन : को बन्ला युरोप क्षेत्रीय संयोजक?

शनिबार, ०७ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए।

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

आइतबार, ०१ असोज २०७४

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो।

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

बिहिबार, २९ भदौ २०७४

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपाल एक मात्र हिन्दू राष्ट्र भएको बताएका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल मात्र हिन्दूहरुको आस्थाको केन्द्र भएको उनको दाबी थियो।

एनआरएन यूकेको अध्यक्षमा फगामी विजयी

सोमबार, २६ भदौ २०७४

गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा फगामी १ हजार २९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए। त्रिपक्षीय प्रतिपर्धामा अध्यक्षका प्रत्यासीद्वय कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरका थिए।

एमाले फ्रान्सको अध्यक्षमा वाग्ले

सोमबार, १२ भदौ २०७४

फ्रान्सस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा भक्तबहादुर वाग्ले चयन भएका छन्। प्रवासी नेपाली मञ्च फ्रान्सको आइतवार सम्पन्न पहिलो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो।

लन्डनमा नेपाली मेलाको रमझम

सोमबार, १२ भदौ २०७४

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका तमुधिं यूकेले आयोजा गरेको नेपाली मेला २०१७ भव्य रुपमा सम्पन्न भयो। आइतवार लण्डनस्थित केम्पटन पार्क रेस कोर्समा १० औं हजार नेपाली तथा विदेशी पाहुनाको सहभागितामा सम्पन्न मेलामा विभिन्न संघसंस्थाको प्रतिनिधिले नेपाली कला संस्कृति झल्किने झाँकी निकालेका थिए।

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

मङ्गलबार, ०६ भदौ २०७४

बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

बुधबार, ३२ साउन २०७४

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

सोमबार, ३० साउन २०७४

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

पत्रकार बस्नेतको तीज गीत लण्डनबाट सार्वजनिक

शुक्रबार, २७ साउन २०७४

वेलायतका कार्यरत पत्रकार नरेन्द्र बस्नेतले हरितालिका तीजको अवसर पारेर तीज गीत सार्वजनिक गरेका छन्। अनलाइन गोर्खा रेडियोका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूकेका सदस्य बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर दिएका छन्। कृष्ण बिकको संगीत रहेको गीत पापी घरैमा‘ को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो।

एनआरएनए स्पेनमा सापकोटा

सोमबार, ०९ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा बिजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत ल्याएर विजयी भए। अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए।

प्रधानसेनापती क्षत्री लण्डनमा, गोर्खा सैनिकलाई भेट्ने

मङ्गलबार, २७ असार २०७४

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा शान्ति सेनामा सैनिकहरु पठाउने मुलुकका सेनापतिहरुको दोश्रो सम्मेलनमा भाग लिएर प्रधान सेनापति राजेन्द्र क्षत्री लण्डन आइपुगेका छन्। लण्डनमा उनले ब्रिटिश रक्षा मन्त्रीलाई भेट्नुकासाथै ब्रिटिश सेनाका स्थल सेनाध्यक्ष तथा अन्य वरिष्ठ सैनिक अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ।

वेलायतको एमालेमा पुडासैनी निर्विरोध

बुधबार, २१ असार २०७४

वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मन्चको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आइतवार लण्डनमा सम्पन्न चौथो अधिवेसनमा उनका प्रत्याशी आङकल जङ लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत अध्यक्ष भएका हुन्।

मंसिरमा एमाले सरकार : योगेश भट्टराई

मङ्गलबार, २० असार २०७४

गोर्खा सैनिकले बेलायतलाई ठूलो गुण लगाएका छन्। एउटा देशको नागरिक अर्को देशको सेनामा बसेर तेस्रो देशसँग लड्न जान्छ भने त्योभन्दा ठूलो योगदान अर्को हुनै सक्दैन। त्यसकारण बेलायत सरकारले गोर्खा सैनिकको सम्मान गर्नुपरेको छ।

एनआरएन अष्ट्रियामा ३ मतअन्तरले कुँवर विजयी

सोमबार, १९ असार २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर निर्विाचत भएका छन्। संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचन १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।