"

सन्तोष पोखरेल

यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

आइतबार, ०३ असार २०७५

पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

चार ठूला आयोजना पहिचान

बिहिबार, १७ जेठ २०७५

लगानी बोर्डले प्रदेश ४ मा ठूला लगानीका मुख्य चारवटा आयोजना पहिचान गरेको छ । विदेशी लगानी भित्र्याएर उचित वातावरण बनाउने हो भने ती आयोजना पूरा गर्न सकिने बोर्डको भनाइ छ ।

चेपुवामा प्रदेश सरकार

आइतबार, १३ जेठ २०७५

प्रदेश–४ सरकार गठन भएको एक सय दिन पुगेको छ। निकै उत्साह र तामझामपूर्ण तरिकाले सुरु भएको प्रदेश सरकार सञ्चालनमा आउँदा नागरिकमा अपेक्षा र उत्साह धेरै थिए। तर, सय दिन पुगिसक्दा सरकारको कामप्रति नागरिकहरू अपेक्षाकृत विश्वस्त हुन सकेका छैनन्।

विवादले पोखरा नुडल्स बन्द

बुधबार, ०९ जेठ २०७५

व्यवस्थापनसँग विवाद चुलिएपछि पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि त्यहाँ कार्यरत मजदुरले बन्द गराएका छन् । केही मजदुरलाई व्यवस्थापनले स्पष्टीकरण सोधेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन्।

मनाङ र मुस्ताङ जाने पर्यटकलाई डलरमा शुल्क झन्झटिलो

मङ्गलबार, ०१ जेठ २०७५

मुस्ताङ र मनाङका अर्ध–निषेधित क्षेत्र घुम्न जाने विदेशी पर्यटकले अमेरिकी डलरमै बुझाउनुपर्ने प्रवेश अनुमति शुल्कको बाध्यकारी नियमलाई तत्काल परिमार्जन गर्न यहाँका व्यवसायीले आग्रह गरेका छन्। अमेरिकी डलरमा शुल्क तिर्नुपर्दा डलर अभाव हुँदाको बखत समस्या भोग्नुपरेको व्यवसायीको गुनासो छ।

सर्वसाधारणलाई २० घण्टासम्म रोक

बुधबार, २६ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने भएपछि झन्डै २० घण्टा सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाइएको छ। त्यसबाहेक मन्दिर परिसरबाट गरिने पदमार्गको आउजाउमा पनि रोक लगाइएको छ। आगामी शुक्रबार जनकपुर हुँदै नेपाल आउने भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ९ बजे मुक्तिनाथ पुग्ने तालिका छ ।

मुक्तिनाथमा मोदीको एकघण्टा

सोमबार, २४ बैशाख २०७५

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथमा एक घण्टाभन्दा बढी समय बिताउने भएका छन्। मोदीले यही वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्ने तय भएको छ।

माेदीकाे मुस्ताङ भ्रमणका लागि अन्नपुर्ण पदमार्ग बन्द गरिने

बिहिबार, २० बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ। वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन्। जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिलेसम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ।

घान्द्रुकमा आन्तरिक पाहुनालाई छुट

बुधबार, १९ बैशाख २०७५

अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकले आन्तरिक पाहुनालाई लक्षित गर्दै विशेष छुटसहितको प्याकेज ल्याएको छ।

२५ मिनेटको उडानलाई ७० मिनेट

आइतबार, १६ बैशाख २०७५

पोखराका एकजना पुराना उद्यमी केही दिनअघि पोखराबाट हवाईजहाज चढेर काठमाडौं जाँदै थिए। पोखरा विमानस्थलबाट उडेका ती उद्यमीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदा ७० मिनेट लाग्यो। उनै उद्यमीलाई त्यही रुट (पोखरा–काठमाडौं) को दोस्रो यात्रामा ५५ मिनेट लाग्यो।

पर्यटन र जलविद्युत् समृद्धिको आधार

शुक्रबार, १४ बैशाख २०७५

प्रदेश–४ जलविद्युत् वा पर्यटन केमा अगाडि छ ? प्रदेश समृद्धिबारे चर्चा गर्दा यी दुई कुरामा बहस चल्न थालेको छ। पर्यटन व्यवसायी मुलुकको मुख्य पर्यटन हबको रुपमा पोखरा भएकाले पर्यटनबाटै प्रदेश समृद्ध हुने दाबी गर्छन्। प्रदेश मुकाम पोखरासँगै प्रदेशभित्रका सबैजसो जिल्ला कुनै न कुनै रुपमा पर्यटनसँग जोडिएकाले समृद्धिको बलियो आधार पर्यटन रहेको उनीहरुको भनाइ छ।

हजारौं महिलाकी ‘अभिभावक’

बिहिबार, १३ बैशाख २०७५

फराकिलो हलको चारैतिर धागो र धागोबाट बनेका हाते सामाग्री झुन्ड्याइएका छन् । धागोको चाङनजिकै बसेका महिलाहरू धमाधम काम गरिरहेका छन् । कतिपय धागो रंगाउँदै छन् भने कोही धागो कात्न, सिलाउन र तानमा कपडा बुन्न व्यस्त छन् । झट्ट हेर्दा लाग्छ– कसैलाई पनि गफ गर्ने फुर्सद छैन।

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

बुधबार, ०५ बैशाख २०७५

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

व्यवसायीको सिन्डिकेट धम्की

मङ्गलबार, ०४ बैशाख २०७५

यातायात सेवालाई भरपर्दो, विश्वसनीय बनाउन सिन्डिकेट र मिलेमतो प्रणालीको अन्त्य गर्न यातायात व्यवस्थापन नीति ल्याउने भन्दै प्रदेश–४ सरकारले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा यातायात व्यवसायी भने सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन घोषणा गर्दै थिए।

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

सोमबार, ०३ बैशाख २०७५

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा कम्युनिष्ट पार्टी (एमाले र माओवादी केन्द्र) एक हुन थालेकोले दुईपार्टी मिलेर ‘कम्युनिजम’ कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिएका छन्।

सरोवर होटलमा १ अर्ब २५ करोड लगानी

सोमबार, ०३ बैशाख २०७५

विदेशी पर्यटन बजारमा सस्तो गन्तव्यको रूपमा चिनिँदै गएको पोखराले होटल क्षेत्रमा भने बर्सेनि ठूलो लगानी बढाउँदै आएको छ । त्यसको पछिल्लो उदाहरण हो, करिब १ अर्ब २५ करोड रुपैयाँ लगानीमा लेकसाइडमा पाँचतारे स्तरको सुविधा दिनेगरी खुलेको होटल सरोवर।

पोखरालाई आन्तरिक पाहुनाको गुन

बिहिबार, २९ चैत २०७४

पोखराको पर्यटन क्षेत्रमा करिब ६० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको पुगेको छ । द्वन्द्वकालमा विदेशी पाहुनाको अभाव झेलेपछि पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनालाई महत्व दिएर पोखरा घुम्न बोलाउन थालेको थियो । त्यसैको परिणामस्वरुप अहिले आधाभन्दा बढी व्यापार आन्तरिक पाहुनाले धानेका छन्।

किन हराउँछन् पर्यटक ?

मङ्गलबार, २७ चैत २०७४

चैत पहिलो साता अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर पोखरा फर्कदै गर्दा कोरियाली पदयात्री जी आईले बाटो बिराइन् । चल्तीको बाटो छाडेर जंगल र खोंचमा पुगेकी उनको आठ घन्टापछि उद्धार भयो ।

१ लाख घुससहित दुई प्राविधिक पक्राउ

शुक्रबार, २३ चैत २०७४

सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयले शुक्रबार दुईजना प्राविधिकलाई नगद सहित पक्राउ गरेको छ।

कडा चट्टान बाधक

शुक्रबार, १६ चैत २०७४

पछिल्लो समय दु्रत गतिमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य जमिनको भित्री सतह कडा खालको भेटिए पछि सुस्तता आएको छ।