"

गिरिराज बाँस्कोटा

चैतमा पनि यस्तो चिसो !

सोमबार, ०७ चैत २०७३

‘चैतमास खडेरीममा डडेलोले बनै खायो..’ भन्ने गीत चर्चित छ। तर यस पल्ट यहि चैत महिनामा खडेरीले हैन चिसोले शरीरलाई कटक्क खाईरहेको छ।

स्थानीय तहको नाम जुध्यो

सोमबार, ०७ चैत २०७३

स्थानीय तह पुनसरचना आयोगले ख्याल नगर्दा जिल्ला दुई स्थानीय तहको नाम अरु दुई जिल्लाका स्थानीय तहसँग जुधेको छ। छिमेकी गाँउपालीकाको उस्ता उस्तै नाममा काम सञ्चालन भएको छ। जिल्लाको दुई गाँउपालिकाको नाम ताप्लेजुङ र मोरङका गाउँपालिकासँग मिलेको हो।

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

मङ्गलबार, ०१ चैत २०७३

लामो समयदेखि संघीयता, विकेन्द्रीकरणको सवालमा आवज उठाईरहेका राजनीतिक दलका नेता तथा आम सर्वसासधारण स्थानीय तहको कार्यान्वयनको घोषणासँगै निक्कै उत्साहित बनेका छन्।

आहा ! तमोरको माछा

शुक्रबार, २० फागुन २०७३

ताराहाङ तावा जिल्ला आउँदा माझिटार नपुगि फकर्दैनन्। माझिटार पुग्नुको उनको मुख्य ध्येय हुन्छ, तमोरको माछा चाख्ने। फिदिम टेकिसकेपछि माझिटार जाने हुटहुटीले सताउने गरेको उनले अनुभव सुनाए। फिदिम देखि तमोरको माछा खान पाईने नजिकको ठाँउ भएकाले माझिटार रोजाईमा परेको हो।

आशाको उपचारको लागि सात लाख सहयोग संकलन

मङ्गलबार, १७ फागुन २०७३

फिदिम नगरपालिका– ८ चोगमागुकी २१ बर्षिय आशा तुम्बापोको उपचारमा ७ लाख २१ हजार ३ सय ८१ रुपैयाँ आर्थिक सहयोग जुटेको छ। आन्द्रामा ट्युमर पलाई अप्रेशन गर्ने क्रममा तुम्बापो समाज सेवा, नेपालको संयोजनमा यतिको सहयोग गरीएको हो।

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

शुक्रबार, २८ माघ २०७३

क्याम्पसमा विद्यार्थीहरुको पक्षमा आवाज उठाउने संस्थाको रुपमा मानिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावले जिल्लाको उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखि क्याम्पसमा रौनकता सुरु भएको छ। विभिन्न संगठनका केन्द्रीय तथा जिल्ला तहका विद्यार्थी नेताहरु स्ववियू निर्वाचको मिति घोषणा भएपछि सक्रियताका साथ क्याम्पसमा खटिएका छन्।

कांग्रेसका तीन नेता कोरिया पुगे

बिहिबार, १३ माघ २०७३

नेपाली कांग्रेसका नेताहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँग अन्तक्र्रिया गर्न दक्षिण कोरीया पुगेका छन् । नेपाली कांग्रेस प्रवासको भातृ संगठन नेपाली जनसंम्पर्क समितिको आयोजनामा शुक्रबार कोरीयाको सउलमा हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन तीन नेता पुगेका हुन् ।

प्रधानमन्त्री कृषि कार्यक्रममा अलैंची र अदुवा

सोमबार, १० माघ २०७३

कृषिलाई आधुनिकरण तथा आत्मानिर्भर बनाउने भन्दै अघि सारिएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’मा जिल्लामा अलैंची र अदुवा खेतीलाई अघि बढाउने भइएको छ।

तुसारोले मेची राजमार्गमा जोखिम

सोमबार, ०३ माघ २०७३

झापाबाट ताप्लेजुङको सिनाम मोटरसाईकलमा हिडेका देवु वाँनिया मेची राजमार्गको लालीखर्क खण्डमा तुसारोमा चिप्लीएर दुई पल्ट लडे। मोटरसाईकलमा सवार दुई जना दाजुभाइलाई धन्न नराम्रो भएन। खुट्टा टेक्दा समेत चिप्लिनेबाटामा दुई पल्ट लडेपछि करीव एक किलोमीटर ठेलेर बाईक ल्याएको अनुभव फिदिममा आहिपुगेर सुनाए।

पाँचथर जिप दुर्घटनामा एकको मृत्यु, सात गम्भिर घाईते (अपडेट)

शनिबार, ०१ माघ २०७३

चिसोसँगै परेको सितमा चिप्लिए मेची राजमार्गमा सवारी दुर्घटना हुँदा गम्भिर घाईते आठ जना मध्ये एक जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाईते भएका भएका थिए।

पाँचथरमा जिप दुर्घटना, आठ गम्भीर घाइते

शनिबार, ०१ माघ २०७३

ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। मेचीराजमार्ग अन्तर्गत फिदिमको लालिखर्कमा सडक देखि जिप खसेको हो।

नवजात शिशुको हत्या, दुई पक्राउ

मङ्गलबार, २६ पुष २०७३

जिल्लाको उत्तरी सिदिनमा नवजात शिशुको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। शव फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

फराकिलो जितसँगै ताप्लेजुङ सेमिफाइनलमा

बिहिबार, २१ पुष २०७३

साबिक विजेता ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबले बुधबार काठमाडौंको चर्च ब्वाइज क्लबमाथि ६–१ को फराकिलो विजय हासिल गर्दै आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

भुटानको यात्रामा पूर्णविराम

बुधबार, २० पुष २०७३

भुटानको फ्यान्स क्लब (बिआरसी) मंगलबार पहिलो खेलमा आयोजक फिदिम स्र्पोटिङ क्लबसँग २–० को नतिजामा पराजित भएपछि आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट वाहिरिएको छ ।

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

आइतबार, १७ पुष २०७३

तीन दिन अघि इलाम कोल्बुङ रानीगाँउ घर भई हाल फिदिम–१ मा बस्ने बिसाल सम्बाहाफेको बसको ठक्करले मृत्यु भएको घटनालाई लिएर फिदिम बजार बन्द गरिएको छ। दोषीलाई कार्वाहिको प्रक्रिया अघि नबढेको भन्दै आइतबार फिदिम बजार बन्द गराइएको हो।

६ बर्ष कैद सजायँ भएका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, १२ पुष २०७३

अदालतले सजायँको फसैला गरेपनि फरार रहेका प्रतिवादि खोज्ने कामलाई प्रहरीले तिव्रता दिएको छ।

संशोेधन प्रस्ताव फिर्ता लिनुपर्छ: आचार्य

सोमबार, २७ मङि्सर २०७३

नेकपा (एमाले)का सचिव भीम आर्चायले संसदमा पेश भएको संविधान ससोधन प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। जनतालाई भन्दा पनि अरुलाई नै खुशी बनाउन पेश गरिएको प्रस्तावको औचित्य नरहेकाले फिर्ता लिनु पर्ने उनको भनाइ छ।

आहा ! लटरम्मै सुन्तला

आइतबार, २६ मङि्सर २०७३

पौवासारतापको वियजटार भन्ने ठाँउमा फलेको सुन्तला देख्दा त्यहाँ पुग्नेहरु दङ्ग पर्छन् । यहाँ घरैपिच्छे बोटमा लटरम्मै सुन्तला फलेका छन्। बोटले नै थाम्न नसक्ने गरी सुन्तला फलेपछि यहाँका कृषकहरुले टेको दिएर अड्याएका छन्।

ट्रक दुर्घटनामा चालकको मृत्यु

शनिबार, १८ मङि्सर २०७३

मेची राजमार्ग अन्तर्गत जिल्लाको भारपामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान साढे चार बजे भारपा– ६ को गुराँसे भन्ने ठाँउमा झापाबाट सामाग्री लिएर ताप्लेजुङ गहिरेको ट्रक सडकबाट खस्दा चालक फिदिम नगरपालिका–३ का मन कुमार राईको मृत्यु भएको हो ।

स्थानीय तह पुनर्संरचनाको विषयमा पाँचथरमा झडप

शुक्रबार, ०३ मङि्सर २०७३

स्थानीय तह पुनः सरचनाको विषयले फिदिममा असन्तुष्ट विभिन्न क्षेत्रका वासिन्दा र प्रहरीबीच झडप भएको छ। फाल्गुनन्द गाँउपालीका बनाउनु पर्ने तथा अखण्ड रानीटार माग गर्दै सयौँ संख्यामा फिदिम आएका स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको हो।