"

गिरिराज बाँस्कोटा

फिदिमको प्रतिस्पर्धा रोचक, कांग्रेस ३४ मतले अगाडि

शुक्रबार, १६ असार २०७४

फिदिम नगरपालिकाको प्रतिस्पर्धा निक्कै रोचक बन्न पुगेको छ। थोरै थोरैमात्र मतअन्तर छ। विहानसम्म नेकपा (एमाले) अगाडी भएपनि पछिल्लो समयमा काग्रेसको अग्रता कायम छ।

पाँचथरको चार स्थानमा काँग्रेसको अग्रता

शुक्रबार, १६ असार २०७४

आठ स्थानीय  तह रहेको पाँचथरमा प्रारम्भिक नतिजा अनुसार काँग्रेसले चार ठाँउमा अग्रता लिएको छ ।  एमाले र माओवादीको दुई दुई स्थानमा अग्रता रहेको छ ।

संविधानसभा निर्वाचनमा आठ मत खसेको ठाँउमा ७६ प्रतिशत मतदान

बुधबार, १४ असार २०७४

२०७० सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा साविक लुङ्रुपमा गाविसको सिद्धेश्वर मावि मतदान केन्द्रमा केवल आठ मत खसेको थियो।

पाँचथरमा ७० प्रतिशत मतदान, गणना बिहीबारबाट

बुधबार, १४ असार २०७४

पाँचथर जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। जिल्लामा मतदान शान्तिपूर्ण रुपममा सम्पन्न भएको छ।

'अर्को पल्ट मरिन्छकी बाँचिन्छ, यस पल्ट भोट हालिन्छ'

आइतबार, ११ असार २०७४

हिलिहाङ ५ का उमेरले सत्तरी काटेका देविप्रसाद खनाल ‘भोट’ हाल्नका लागि झापावाट पहाड चढे।

जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर घुससहित पक्राउ

मङ्गलबार, ०६ असार २०७४

जिल्ला शिक्षा कार्यालय पाँचथरका सव-इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको एक विद्यालय विद्यालयबाट घुसलिइरहेको अवस्थामा मनोज कुमार यादवलाई पक्राउ गरेको हो। विद्यालयको नाम गोप्य राखिएको छ।

इतिहास बचाउने र बनाउने प्रतिस्पर्धा

बिहिबार, ०१ असार २०७४

निक्कै लामो राजनीतिक इतिहास बोकेको तेह्रथुमको अठराई क्षेत्रमा स्थानीय तहको निर्वाचनको माहोल निक्कै तातेको छ । बादलले ढाकेर बाह्रै महिना चिसो हुने आठराई गाँउपालिकाको केन्द्र सक्रान्ति बजारमा चुनावको गर्मागर्मी छ । चोक–चोकमा चुनावी चर्चा छ । बजारमा आस्था अनुरुपका झण्डा राखिएको छ । चुनावी प्रचारमा उम्मेद्वार सहित नेताहरु निक्कै मेहनतका साथ खटेका देखिन्छन् । सुरक्षा उपस्थिति व्यपाक बनाइएको छ । गाडीका गाडी नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी भित्रिदै छन् । गाउँभन्दा बाहिर रहेका नेताहरु गाउँमा सक्रियता देखाउँदैछन् ।

शीर्ष नेतालाई भ्याइ–नभ्याई

बुधबार, ३१ जेठ २०७४

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको चहलपहल बढेसँगै जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेता तथा जिल्लाका शिर्ष नेतालाई भ्याई–नभ्याई भएको छ । विभिन्न गाउँमा सञ्चालन हुने चुनावी सभा, प्रवेश गराउने तथा घरदैलोका कार्यक्रममा शिर्ष नेताहरुको बढी खोजी हुँदा यस्तो व्यस्थता बढेको हो ।

चुनावले रङ्गीचङ्गी गाँउ–शहर

शुक्रबार, १९ जेठ २०७४

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सरे पनि विभिन्न पार्टीका नेता–कार्यकर्ताको सक्रियाता उत्तिकै छ।

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

शुक्रबार, १२ जेठ २०७४

जिल्लाका आठ स्थानीय तह मध्ये नेकपा (एमाले) ले सात तहको उम्मेदवार सार्वजनिक गरेको छ।

चट्याङ पर्दा एकको मृत्यु

सोमबार, ०८ जेठ २०७४

विजुली चम्केर हावाहुरी चलेको बेला चट्याङ पर्दा मोवाईल चार्ज गरेर बसेका एक युवकको मृत्यु भएको छ। जिल्लाको याङवरक गाँउपालीका–५ मुडे भन्ने ठाँउमा विवश भनिने वल बहादुर तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

तेह्रथुममा जीप दुर्घटना,११ घाइते

आइतबार, २४ बैशाख २०७४

तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

हिलिहाङ क्षेत्रमा पर्यटकीय विकासको प्रयास

शनिबार, ०९ बैशाख २०७४

लामो समयदेखि संरक्षण नभएर भग्नवशेषमा परिणत भएकोे हिलिहाङ दरबार आसपासमा पर्यटकीय पूर्वाधारको विकासको प्रयास थालिएको छ। हिलिहाङ गाँउपालीकाको पञ्चमीमा पर्ने ऐतिहासिक दरबाार भएको दाबी गरिए पनि यसको विकासमा खासै ध्यान पुगेको देखिएको थिएन।

जिल्ला नेताहरुलाई भ्याई–नभ्याई

शुक्रबार, ०८ बैशाख २०७४

शुक्रवार जिल्ला प्रशासन कार्यालय पाँचथरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीले सुरुवाती सयममानै आफ्नो धारण राखे।

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

आइतबार, २७ चैत २०७३

समयमा प्रसुती सेवा नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ। गर्भवती भएको अवस्था चेक जाँच नभएको तथा विरामी भएपछि पनि ढिला स्वास्थ्य चौकि पुर्‍याउँदा शिशु जन्मिएपछि आमाको मृत्यु भएको हो।

प्रथम चौरी महोत्सवको तयारी तीव्र

बुधबार, १६ चैत २०७३

पालमै पहिलो पटक आयोजना गर्न लागिएको  प्रथम चौरी महोत्सवको तयारी तिव्रताका साथ अघि बढाइएको छ । पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालिने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्नका लागि भन्दै महोत्सव आयोजना गर्न लागिएको हो ।

स्थानीय तह निर्वाचन : पहिलो हुन होड

सोमबार, १४ चैत २०७३

तत्कालिन गाउँ पञ्चायत तथा जिल्ला पञ्चायतमा स्थानीय स्तरको राजनीतिमा सक्रिय रहदैँ जिम्मेवारी ग्रहण गरेका हिलिहाङ गाउँपालिकाका पदसिंह लिङ्देन ७८ वर्षका भए। स्थानीय तहको निर्वाचन हुने भएपछि यो उमेरमा पनि उनी निक्कै हौसिएका छन् ।

पूर्वमा राईजिङ स्टार छानिदै

बुधबार, ०९ चैत २०७३

पूर्वी पहाडी जिल्लाबाट गायन र नृत्यमा नयाँ प्रतिभाको खोजी गरी अवसरको सृजना गर्ने उद्देश्यले राईजिङ स्टार –२ को छनौट सञ्चालन भइरहेको छ ।

चैतमा पनि यस्तो चिसो !

सोमबार, ०७ चैत २०७३

‘चैतमास खडेरीममा डडेलोले बनै खायो..’ भन्ने गीत चर्चित छ। तर यस पल्ट यहि चैत महिनामा खडेरीले हैन चिसोले शरीरलाई कटक्क खाईरहेको छ।

स्थानीय तहको नाम जुध्यो

सोमबार, ०७ चैत २०७३

स्थानीय तह पुनसरचना आयोगले ख्याल नगर्दा जिल्ला दुई स्थानीय तहको नाम अरु दुई जिल्लाका स्थानीय तहसँग जुधेको छ। छिमेकी गाँउपालीकाको उस्ता उस्तै नाममा काम सञ्चालन भएको छ। जिल्लाको दुई गाँउपालिकाको नाम ताप्लेजुङ र मोरङका गाउँपालिकासँग मिलेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।