"

गिरिराज बाँस्कोटा

पहिरोले मेची राजमार्ग अवरुद्ध

बिहिबार, ०५ असोज २०७४

अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

सोमबार, ०२ असोज २०७४

पहाडै–पहाड पूर्व–पश्चिम जोड्न पुष्पालाल (मध्यपहाडी) लोकमार्गको रुट परिवर्तन गरेर नेपाल र भारतको सिमाना फालोट पुर्‍याउने तयारी भएको छ। लोकमार्गको सुरुवती विन्दु मानिएको चिवा भञ्याङमा भारतको सिक्किमतर्फ सडक नभएकाले पाँचथरको उत्तरी च्याङ्थापु बजारदेखि नयाँ ट्याक बनाएर सिमानामा रहेको फालोट पुर्‍याउने तयारी भएको हो। यस अघि बनाइएको रुपरेखा परिवर्तन गरी फालोट लैजान लागिएको हो।

डेस्टिनेसन तिम्बु पोखरी

बिहिबार, २२ भदौ २०७४

पूर्वमा तिम्बु पोखरी चर्चित छ । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बु पोखरी र आसपासका क्षेत्र घुम्ने सिजन सुरु भएको छ । साउन, भदौ र आसोजको पहिलो हप्ता यहाँ घुम्न उपयुक्त मानिन्छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फूल्ने यी दुई महिना तिम्बु पोखरी जाने उचित समय मानिन्छ । भदौपछि यहाँका गोठ औलतिर सर्ने हुँदा साउन, भदौमा घुम्न जानु उपयुक्त हुन्छ ।

समयमा काम नहुँदा बिचबाटोबाट कालोपत्रे

मङ्गलबार, २० भदौ २०७४

जिल्लाका उत्तरी गाँउहरु सदरमुकामसँग जोड्ने फिदिम–फालोट सडक खण्डको फिदिम–नागनि खण्डको काम समयमा नसँकिदाबीच कालोपत्रे हुने भएको छ। फिदिमको सुरुवाती विन्दु नभई नागिनको डाँडा गाँउ देखि २४ किलोमीटर सडकमा कालोपत्रे गर्नका लागि प्रक्रिया सुरु भएको छ।

फालेलुङमा फेरी पहिरो, ६ परिवार विस्तापित

शुक्रबार, १६ भदौ २०७४

फालेलुङ गाँउपालिका– ५ मा लुङमादीन भन्ने ठाँउमा पहिरो जाँदा सात परिवार विस्तापित भएका छन् । पछिल्लो दुई दिन परेको पानीसँगै सानो सानो पहिरोजाँदा ६ परिवार विस्तापित भएका हुन ।

गाउँपालिकामा कर्मचारी नहुँदा सेवा प्रभावित

मङ्गलबार, १३ भदौ २०७४

जनप्रतिनिधि निर्वाचित भईसकेपछि पनि स्थानीय तहमा  कर्मचारी पर्याप्त नहुँदा सेवा प्रभावित भएको छ।

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

आइतबार, २९ साउन २०७४

पहिरोका कारण पाँचथरमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अझै दुई बेपत्ता रहेका छन्। पहिरोका कारण बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ।

पाँचथरमा बेपत्ता बनेका तीन अझै अज्ञात, ५० परिवार विस्तापित

आइतबार, २९ साउन २०७४

बाढी-पहिरोका कारण पाँचथरको जनजीवन कष्टकर बनेको छ। अविरल बर्षाका कारण बाढी, पहिरोले वितण्डा मञ्चाएको छ। फालेलुङ–३ मा निवाखोला लद्यु जलविद्युत आयोजनासँगै पहिरोले बगाएर बेपत्ता भएका तीन जना जिवितै उद्वार हुने सम्भावना घट्दै गएको छ। पहिरो र निरन्तरको पानीका कारण उनीहरुको खोजी कार्य जटिल बेनेको छ।

पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

शुक्रबार, २७ साउन २०७४

केहि दिन यतापरेको अविरल बर्षाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेपत्ता छन्। पाँचथरको फालेलुङ गाँउपालिकोको दुई स्थानमा गएको पहिरोले घर बगाएको हो। पहिरोले बगाएका तीनजना वेपत्ता भएका हुन। एकजना घाईते छन्।

पहिरोले एकको मृत्यु, पाँच जना सम्पर्कविहीन

शुक्रबार, २७ साउन २०७४

अविरल बर्षाका कारण जिल्लाको फालेलुङ गाँउपालिकाको दुई ठाँउमा पहिरो जाँदा एकको मृत्यु भएको छ। नेपाली सेनाको भैरवी दल गणका गणपति कर्णेल शिवराज पन्तका अनुसार एकतिन र मेमेङमा पहिरो जाँदा पाँच जना सम्पर्कविहीन भएका छन्।

पाँचथरमा एमाले–माओवादी तालमेल

बिहिबार, २६ साउन २०७४

सत्ताको राष्ट्रिय समिकरण भन्दा फरक रहेर जिल्ला समन्वय समितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । विहीबार भएको मनोनयन दर्तामा यि दुई पार्टीले तालमेल गरी उम्मेद्वार दर्ता गराएका हुन् ।

चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र हो : यादव

सोमबार, २३ साउन २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानिय तहको चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र रहेका बताएका छन्।

पाँचथरमा जिप दुर्घटना, १३ घाइते

शुक्रबार, १३ साउन २०७४

पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो ।

पाँचथरमा कांग्रेस ४, एमाले ३ र माओवादी १ स्थानमा विजयी

सोमबार, १९ असार २०७४

याङवरक गाँउपालिकाको अन्तिम मतपरिणाम आएसँगै पाँचथरका आठवटै स्थानिय तहको नजिता आएको छ। जिल्लामा ४ स्थानमा नेपाली काग्रेस, तीन स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ।

फिदिम सहित पाँचथरमा कांग्रेसले ४ स्थानीय तह जित्यो, एमालेको २, माओवादीको १

आइतबार, १८ असार २०७४

पाँचथरका आठ स्थानीय तह मध्ये सात स्थानीय तहको परिणाम घोषणा भएको छ। फिदिम नगरपालिका सहित नेपाली कांग्रेसले ४ स्थानीय तह जित्दै अग्रता लिएको छ। नेकपा (एमाले) ले दुई र नेकपा माओवादी केन्द्रले एक स्थानीय तह जितको छ।

फिदिममा काँग्रेस १२ सय मतले अगाडि

आइतबार, १८ असार २०७४

जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकामा काग्रेस  प्रमुख पदमा १२१३ मतले अगाडी भएको छ। काग्रेसका प्रमुख पदका उम्मेद्वार ओनाहाङ नेम्वाङ ६३५८ मत प्राप्त गरेका छन्।

पाँचथरमा काग्रेस ३, एमाले २ र माओवादी १ तहमा विजयी

आइतबार, १८ असार २०७४

पाँचथरका आठ स्थानीय तह मध्ये ६ स्थानीय तहको गणना सकिएको छ । घोषणा भएका तहमा काँग्रेसले ३ स्थान, एमालेले २ स्थान र माओवादीले १ स्थानमा जित निकालेको छ । फिदिम नगरपालिका र याङवरक गाँउपालिको गणना जारी छ ।

पाँचथरमा काँग्रेसको १ जीत ४ अग्रता, एमालेको २ जीत १ अग्रता

शनिबार, १७ असार २०७४

पाँचथरका तीन स्थानिय तहको नतिजा सार्वजनिक भएको छ। जसमा एमाले दुई र एकमा काग्रेस विजयी भएको छ। बाँकी ५ स्थानिय तहमध्ये ४ वटामा काँग्रेसको अग्रता छ भने एमालेको दुई स्थानमा अग्रता छ।

हिलिहाङमा एमाले विजयी

शनिबार, १७ असार २०७४

हिलिहाङ गाँउपालिकामा नेकपा (एमाले)ले प्रमुख, उपप्रमुख तथा वार्ड अध्यक्षसहित अधिकाश पदमा विजय हासिल गरेको छ । यहाँका ३७ पदमा ३४ पदमा एमाले विजयी भएको हो।

पाँचथरको कुम्मायकमा एमालेका जय चेम्जोङ विजयी

शनिबार, १७ असार २०७४

कुम्मायक गाँउपालिकामा नेकपा एमालेका जय चेम्जोङ विजयी भएका छन् ।  १२२३ मतले काग्रेसका बम लावतीलाई पछि पार्दै चेम्जोङ विजयी भएका हुन । चेम्जोङले ३२२६ मत प्राप्त गरेका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।