"

गिरिराज बाँस्कोटा

पाँचथरमा वाम गठबन्धन एक हजार मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ । प्रतिनिधिसभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णयअनुसार प्रतिनिधि सभाको मत गणना भएको हो ।

पाँचथरमा बाम गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ। प्रतिनिधि सभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णय अनुसार प्रतिनिधि सभाको मत गणना भएको हो।

सुम्हालुङ मिनि म्याराथुनमा याङदेप प्रथम

आइतबार, १७ मङि्सर २०७४

पाँचथर सदरमुकाम फिदिममा आयोजना भएको दोस्रो सुम्हालुङ मिनि म्याराथुनमा याङदेम राई प्रथम भएका छन् । चासोक तङ्नाम पर्वको अवसरमा आयोजना भएको प्रतियोगितामो निर्धारीत दूरी ३० मिनेट ३० सकेण्डमा पूरा गर्दै झापाको दमकका राई प्रथम भएका हुन्।

ब्युटिपार्लर क्रेज

शनिबार, १६ मङि्सर २०७४

पाँचथर सदरमुकाम फिदिममा चर्चित छ, ‘लक्की ब्युटिपार्लर’ । दिनहुँजसो भीडभाड हुने यो ब्युटिपार्लर १४ वर्षअघि लक्की सुजीले सञ्चालन गरेकी हुन्। ‘मैले व्यवसाय सुरु गर्दा अहिलेजस्तो अवस्था थिएन । त्यतिबेला ग्राहक आउन हिच्किचाउँथे,’ लक्की भन्छिन्, ‘अहिले ब्युटिपार्लरप्रति समाजको दृष्टिकोण बदलिएको छ । सहरका मात्र होइन, गाउँका युवती र महिलासमेत निर्धक्क आउँछन् । गाउँगाउँमा ब्युटिपार्लर खुलेका छन्।’

मत पेटीका राखिएको ठाँउमा तीनवटा ताला

सोमबार, ११ मङि्सर २०७४

पाँचथरका विभिन्न ठाँउवाट संकलित भएका मतपेटिका तीन वटा ताला लगाएर थन्काइएको छ। कर्मचारी मिलन केन्द्रको कार्यालय र पाँचथर सामुदायिक पुस्तकालयको भवनमा मतपेटिका थन्काइएको हो।

मौन अवधि ‘निक्कै खतरा’

बिहिबार, ०७ मङि्सर २०७४

निर्वाचन कानुनले मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि देखि मौन अवधि निर्धारण गरेकाले नियमत: चुनावी प्रचार प्रसार गर्न मिल्दैन । मौन अवधिमा चुनाव प्रचार प्रसार, चुनावी कार्यक्रम सञ्चालन गरे कानुनी कारबाही हुने व्यवस्था छ । चुनावप्रचार प्रसारमा रोक लगाइन्छ । तर यही अवधिलाई राजनीतिमा निक्कै खतराका रुपमा हेरिने गरिन्छ ।

पाँचथरमा फेरि बम

बिहिबार, ०७ मङि्सर २०७४

पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा बम भेटिएको छ । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम भन्ने गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

अलमलमा मतदाता

सोमबार, २७ कार्तिक २०७४

बुङबुङ धुलो उडिरहेको थियो । कुमायक गाउँपालिकाको केन्द्र यासोकमा अम्बा, सुन्तला, बोडीलगायत कृषिउपज बेच्ने महिला ग्राहकको पर्खाइमा थिए । उनीहरू आपसमा गफिँदै थिए, ‘चुनाव आयो भन्छन्, भोट माग्न त कोही आएनन्, यसपाला त हामी भोट हाल्न जानुपर्दैनजस्तो छ ।’ ग्रामीण बस्ती यासोकमा अहिलेसम्म चुनावको चहलपहल खासै छैन ।

कम्यूनिष्ट शासनमा धर्मको ठाँउ हुदैन: प्रधानमन्त्री देउवा

शनिबार, २५ कार्तिक २०७४

प्रधानमन्त्री शेरवहादुर देउवाले वाम गठबन्धनको नाममा लोकतन्त्र समाप्त पार्न खोजीएको भन्दै आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लोकतन्त्र र कम्युनिष्ट शासनको जनतमत संग्रह भएको बताएका छन्।

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

बुधबार, २२ कार्तिक २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा पाँचथर सदरमुकाम फिदिममा बम फेला परेको छ। शनिवारे छेउवाट फिदिम–२ पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेनाको भैरवी दल गणको वम विष्पोजर टोलिले पड्काएर निष्क्रिय पारेको छ।

खानेपानी र तमोर जलाशययुक्त आयोजना प्रमुख एजेण्डा

बुधबार, २२ कार्तिक २०७४

जिल्लाको कुम्मायक गाँउपालिकमा उम्मेद्वारले खानेपानी र तमोर जलाशययुक्त जलविद्युत आयोजना प्रमुख प्राथमिकतामा राखेका छन्। खानेपानीलाई उम्मेद्वारहरुले प्रमुख एजेण्डाका रुपमा राखेका छन्। केही वर्षयता ७२० मेघावटको तमोर जलाशययुक्त आयोजना निकै चर्चित छ। यो जलाशय युक्त आयाोजना अघि बढाउने उम्मेद्वारको प्रमुख एजेण्डा रहेका हुन्।

लेकाली कहरमा पनि रमाएका दम्पति

सोमबार, २० कार्तिक २०७४

हिमाली क्षेत्रमा पर्ने ताप्लेजुङ्को कालीखोला अन्तर्गतको याङ्मा खोलामा मोहन गौतम र पासाङ् डोमाको चौरी गोठ छ । दुवै जना तन्नेरी उमेरका छन् । उनीहरुको काखमा एक वर्षको छोरा छ । खोलाको छेउमा अग्लो पहाडको काखमुनि गोठ छ । उनीहरु केही वर्ष प्रेममा परे र लगत्तै बिहे पनि गरे । विवाह भएको पनि दुई वर्ष पुग्न लाग्यो । पासाङ छिमेकी मुलुक भारतकी हुन् । उनीहरुको गोठ सिक्खिममा थियो । प्रेमिल सम्बन्धमा उनीहरुलाई न देशको सिमानाले छेक्यो, न जातले नै । डोमा र मोहनको भेट चौरीले गरायो । निकै उचाइको ठाउँ भएकाले यहाँ अत्यन्त चिसो छ । काठ र ढुंगाले बनाइएको गोठको एकातिर आफूहरु बस्छन्, अर्कोतिर चौरी । हावापानी दैनिक फरक–फरक हुन्छ । सानो नानी लिएर चौरीको हेरचाह, दुध दुहुने, घिउ, छुर्पी बनाउने काममा उनीहरु व्यस्त छन् । स्वास्थ्य संस्थाको पहुँच छैन । यहाँबाट तीन दिन हिँडेपछि मात्र पाँचथर जिल्ला अस्पताल आइपुग्छ । त्यसैले यहाँ हत्तपत्त बिरामी हुने अनुमति शरीरलाई छैन । शरीरले बेसञ्चो महसुस ग¥यो भने पनि थामथाम थुमथुममै जिन्दगी चलाउनुपर्छ ।

मतदाताको घर–आगनमा उम्मेदवार

सोमबार, १३ कार्तिक २०७४

मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार यतिवेला जनताको घर दैलोमा पुगेका छन्। यो निर्वाचनमा दलहरुका मोर्चामात्र फेरीएको छैन, चुनाव प्रचार तथा भोट माग्ने तरीका फेरीएको छ । यस पल्ट पार्टीहरुका रोजाईमा ठूला चुनावी सभा खासै परेका छैनन् । नेताहरु आर्कषक नाराहरु लिएर वार्ड, टोल, जनताको घरदैलोसम्म पुगेका हुन।

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

बुधबार, ०८ कार्तिक २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी हुन आवेदन दिएकाहरूले फिदिममा दिउँसो मध्याह्नमा धुलाम्मे खेल मैदानमा बसेर परीक्षा दिएका छन् । बुधवार दिउँसो रातो माटोले भरिएको मैदानमा दुई घण्टा बसेर म्यादी प्रहरी बन्नका लागि पाँचथरवासीले परीक्षा दिएका हुन्।

मनाेनित चार उम्मेद्वारकाे नाम फिर्ता

बुधबार, ०८ कार्तिक २०७४

प्रतिनिधि सभा र प्रदेशमा मनाेनित भएका चार जना उम्मेद्वारहरूले उम्मेद्वारी मनाेनयन फिर्ता भएकाे छ । प्रतिनिधि सभामा दुर्इ र प्रदेश तर्फ मनोनय २ उम्मेदवारले अाफ्नाे मनाेनयन फिर्ता गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र देशभक्त गणतान्त्रिक मोर्चाका तर्फबाट मनोनय गरेकाहरुले मनोनयन फिर्ता लिएका हुन । नेपाली कांग्रेससँग लोकतान्त्रिक गठबन्धन रहेपनि जिल्लामा मनोनय दर्ता गराएका राप्रपा प्रजातान्त्रिकका तीन जना उम्मेद्वारले मनोनयन फिर्ता लिएका हुन ।

पाँचथरमा यस्तो छ चुनावी गणित

सोमबार, ०६ कार्तिक २०७४

मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि पाँचथरमा १३ पार्टीका २९ जनाको उम्मेद्वारी दर्ता भएको छ। यी मध्ये ११ जना प्रतिनिधि सभा र १८ जना प्रदेश तर्फका छन्। मुख्य दलहरुले पुरानै अनुहार दोहोर्‍याएका छन् भने साना दलहरुले नयाँ अनुहार उम्मेदवार बनाएका छन्।

उल्लासका साथ मनोनय दर्ता हुँदै

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते हुने पहिलो चरणको प्रतिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा उल्लासका साथ मनोनय दर्ता सुरु भएको छ । मुख्य दलहरुवाट क्रमशः मनोनय दर्ता गर्ने गरीको तालिका अनुसार मनोनय सुरु भएको छ ।

चार धर्मका गूरुको एकै मञ्च

सोमबार, ३० असोज २०७४

हरियालीले ढाकेको जोरपोखरी बजार सजाएर झकिझकाउ थियो । घरघरमा घडा राखिएका थिए । सफा चिटिक्क परेको पोखरी ।

रेडपाण्डा पढ्दै नानीहरु

आइतबार, २२ असोज २०७४

रेड पाण्डा पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी ज्ञान हाँसिल गर्दै छन्। संकटापन्न बन्यजन्तुको रुपमा रहेको रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने हेतुले विद्यार्थीहरुलाई सचेत गराइँदैछ।

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

शनिबार, ०७ असोज २०७४

अमृत थापा १३ वर्षका भए, उनी सिद्ध आधारभूत माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्छन । तुमेवा गाँउपालिका–५ हाङगुमका यि कलिला बालकको दैनिकी निक्कै कठिनको छ । बिहान उठेर गाईवस्तुलाई घासपात गर्ने, घरमा खानपकाएर बुबा र दिदीलाई खुवाउने  अनि हतार हतार विद्यालय जाने  उनको दैनिकी हो । दमालका साथिहरू खेल्दै रमाउदै गर्दा उनलाई परिवारको बोझ र वियोगको पीडाले थिच्छ उनलाई । विद्यालयबाट पनि हतार हतार घर फर्किनु पर्छ । घरको कामले थाकेका उनको घरमा राती पढ्का लाागि राम्रो बत्ति पनि छैन । वृद्धि विकासको उत्सुक उमेरमा व्यवहारको गहुँगोभारीले थिचेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।