"

गिरिराज बाँस्कोटा

सरकारी भवन नै मापदण्ड विपरीत

मङ्गलबार, ०९ माघ २०७४

जिल्लामा मापदण्ड मिचेर सरकारी भवनहरु बनाइरहेको पाइएको छ। ठूलो लागतमा सदरमुकाम फिदिममा निर्माण भईरहेका भवन र यसअघि निर्माण सम्पन्न भएका सरकारी भवनहरुको नक्सा पास भएको छैन।

साधुटारको सुन्दरता (फोटोफिचर)

आइतबार, ३० पुष २०७४

दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ। मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।

राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

बिहिबार, २७ पुष २०७४

लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयत्रप व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो ।

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

बुधबार, २६ पुष २०७४

सरकारले सुख्खा क्षेत्र घोषण गरी कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

समाचार पढेपछि अमेरिकाबाट सहयोग

बुधबार, २६ पुष २०७४

आमाको मृत्यु भएपछि विरामी बुवा र दिदिलाई पाल्दै कष्टकररुपमा पढाई अगाडि बढाउँदै गरेका १३ बर्षिय अमृत थापालाई आर्थिक सहयोग भएको छ।

आगलागीमा परी ८१ वर्षीय वृद्धको मृत्यु

शुक्रबार, २१ पुष २०७४

पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । घरमा लागेको आगोमा परी ८१ वर्षीय नरबहादुर थुलुङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीलाई फाल्गुनन्द गोल्डकप उपाधि

सोमबार, १७ पुष २०७४

मोरङलाई २–० ले पराजित गर्दै सुनसरी–११ ले नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तीर्थ बस्नेत र सुरज सुनुवारको १÷१ गोलको मद्दतबाट निक्कै प्रतिस्पर्धात्मक खेलमा सुनसरीले जित हासिल गरेको हो ।

उपाधि होडमा सुनसरी र मोरङ

आइतबार, १६ पुष २०७४

पाँचथरको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि आईतवार (आज)  सुनसरी–११ र मोरङ–११ भिड्दै छन् । खेल फिदिम उच्च माविको खेल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

अन्तिम सिटी फुक्दै लव खत्री

शनिबार, १५ पुष २०७४

लव खत्रीले आफ्नो रेफ्री जीवनमा लाखौँ सिटी फुके होलान् । आइतबार पाँचथर सदरमुकाम फिदिममा नवौँ फाल्गुनन्द गोल्डकपको फाइनल खेलसँगै उनले रेफ्री जीवनबाट बिट मार्दै छन् ।

‘केलाङ’ संरक्षणको यो अभियान

शनिबार, १५ पुष २०७४

पाँचथर आउनेलाई के देखाउने ? केले स्वागत गर्ने ? भन्ने वित्तिकै आउछ लिम्बु सस्कृति । टिपिकल सस्कृति देखाउन खोज्दा  लिम्बु जातीको वाहुल्यता भएको जिल्ला भएकाले यहि सस्कृति देखाउने चलनको विकास भएको पाईन्छ । विभिन्न किसिमका लिम्बु सस्कृति भएपनि च्याब्रङ नाचा (केलाङ) देखाउन उपयुक्त ठानिन्छ । खुसिको अवसरमा नाचिने केलाङ नाच विभिन्न उत्सव, राजनीतिक कार्यक्रम, विभिन्न दिवसहरु, स्वदेशि तथा विदेशी पाउनाहरुलाई स्वागत गर्नका लागि  देखाईन्छ । सरकारी, गैरसरकारी निकाय, राजनीतिदल, संघसस्थाहरुले आजभोली च्याब्रङ नाँचको प्रयोग बढाएका छन् ।

सुनसरी फाइनलमा

शुक्रबार, १४ पुष २०७४

फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलअन्तर्गत रूपन्देही ११ लाई ३–१ को नतिजामा पराजित गर्दै सुनसरी–११ बिहीबार भएको खेलबाट फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै  आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो (फोटो फिचर)

मङ्गलबार, ११ पुष २०७४

पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्ड फुटबल प्रतियोगिता हेर्न आउने दर्शकको क्रेज बढेको छ । दर्शकका सुविधाका लागि बनाइएको अस्थायी प्याराफिट खचाखच भरिएको हुन्छ । दिउँसो २ः३० बजे हुने प्रतियोगिताका लागि दर्शकहरु १ बजेदेखि मैदानमा पुग्ने गरेका छन् ।

फाल्गुनन्द गोल्डकपमा एपीएफको लज्जास्पद पराजय

आइतबार, ०९ पुष २०७४

पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको सुनसरी ११ सँग ३–० को अन्तरले एपिएफ पराजित भएको हो।

झापाको विजयी सुरुआत

आइतबार, ०९ पुष २०७४

अनुभवी खेलाडी लिएर मैदानमा उत्रिएको डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेड क्लब झापाले शनिब्ँर टाइब्रेकरमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

गाँउपालिका केन्द्र निर्धारण गर्न पाँचथरमा मतदान

बुधबार, ०५ पुष २०७४

प्रदेशको अस्थायी मुकाम तोक्ने विषय चर्को विवादमा परिरहेका बेला पाँचथरको हिलिहाङ गाँउपालिका केन्द्र मतदानबाट निर्धारण गरिएको छ। यस अघि तोकिएको साविक पञ्चमी गाविसको भवनमा केन्द्रलाई परिवर्तन गरी गोपेटार सार्ने प्रयास भएपछि विवाद सृजना भएको थियो। सबै वार्डबाट निर्वाचित जनप्रतिनिधिले मतदान गरेका थिए। पञ्चमी नै केन्द्र यथावत राख्ने पक्षमा मतदान धेरैभएपछि गोपेटार केन्द्र सार्ने प्रयास असफल भएको छ।

पूर्वी पहाडमा दृष्यको चमक (फोटो फिचर )

बिहिबार, २८ मङि्सर २०७४

पाँचथर सदरमुकाम फिदिमबाट मेचीराजमार्गको करिब दुई किलोमीटर सवारी यात्रा लगत्तै हिमालहरु देखिन थाल्छन्। कुम्भकर्ण, कञ्चङ्गा लगायतको दृष्य लोभलाग्दा देखिन्छन्। पूर्वी पहाड आर्कषक छ। घुर्मिला परेका पहाडका डाँडाहरु, यहाँ रहेका दृष्यले स्वभाविक रुपमा मन तान्न सक्छ। मेची राजमार्गवाट देखिने दृष्यहरु उत्तिकै सुन्दर र आर्कषक छन्।

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

आइतबार, २४ मङि्सर २०७४

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

पाँचथरमा वाम गठबन्धनको 'क्लीन स्वीप'

आइतबार, २४ मङि्सर २०७४

आइतवार विहान प्रदेश सभाको परिणाम घोषणा गरीएको छ। प्रदेश निर्वाचन क्षेत्र न. १ मा एमालेका काम्बाङले नेपाली काग्रेसका नरेन्द्र कुमार केरुङलाई हराउदै विजयी भएका हुन्। ४ हजार ९ सय ३२ मतको अग्रताले काम्वाङ विजयी भएका हुन्। काम्बाङले २१ हजार १० मत प्राप्त गरेका थिए भने केरुङको १६ हजार ७८ मत हासिल भएको थियो।

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

शनिबार, २३ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।

पाँचथरमा वाम गठबन्धन १ हजार ६ सय मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

पाँचथरमा प्रतिनिधि सभाको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले १ हजार ६ सय ४८ मतले अग्रता लिएको छ। बाम गठबन्धनका नेकपा (एमाले)का नेता बसन्त कुमार नेम्बाङले ७ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।