"

विनोद सुवेदी

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

आइतबार, ०३ असार २०७५

असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

प्रदेश १ को बजेट पूर्वाधारमा केन्द्रित

शुक्रबार, ०१ असार २०७५

प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले आगामि आर्थिक वर्ष ०७५/७६ का लागि प्रदेश सरकारले ल्याएको बजेट सार्वजनिक गरेका हुन्।

प्रदेश एकको बजेट ३० अर्व भन्दा बढीको हुने

शुक्रबार, ०१ असार २०७५

प्रदेश १ को सरकारले आगामि आर्थिक बर्ष ०७५/७६ को लागि बजेट आज ल्याउने भएको छ। आज दिउँसो ४ बजे प्रदेशसभाको बैठकमा आगामि आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

नीति तथा कार्यक्रम बहुमतले पारित

बुधबार, ३० जेठ २०७५

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।  बुधबारको प्रदेशसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित होस् भनी मुख्यमन्त्री शेरधन राईले राखेको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रदेश १ को नीति तथा कार्यक्रममाथिको छलफल सकियो

मङ्गलबार, २९ जेठ २०७५

प्रदेश १ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ। आइतबार सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सोमबार देखि सुरूभएको छलफल मंगलबार सकिएको हो।

गरिब र किसानलाई परिचयपत्र

मङ्गलबार, २९ जेठ २०७५

प्रदेश १ को सरकारले गरिब र किसानलाई परिचयपत्रका आधारमा सेवासुविधा दिने निती तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले गरिब र किसानलाई वर्गीकरण गरी परिचयपत्रका आधारमा सेवा सुविधा उपलब्ध गराउने बताए।

उद्योग खोल्न के के चाहियो ? सरकार दिन तयार छ : प्रम ओली

शनिबार, २६ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग खोल्नका लागि वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्। शनिबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको छलफलमा ओलीले उद्योग खोल्न आबश्यक सबै खालको व्यवस्था गर्न सरकार तयार रहेको बताए।

गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीका म्यानेजर  पक्राउ

शनिबार, १९ जेठ २०७५

विराटनगरको महेन्द्र चोकमा निर्माणाधिन सडकमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्त  पक्राउ परेका छन्।

सबैखाले सिण्डीकेटको अन्त्य हुन्छ : थापा

शुक्रबार, १८ जेठ २०७५

गृह मन्त्री रामबहादुर थापाले सबै क्षेत्रका सबैखाले सिण्डीकेट अन्त्य गर्ने बताएका छन्। शुक्रबार विराटनगरमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा पत्रकारहरूसँग कुरा गर्दै थापाले सबै क्षेत्रका सबैखाले सिण्डीकेट अन्त्य गर्ने बताएका हुन्।

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बिहिबार, १७ जेठ २०७५

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

आधा खर्बको बजेट ल्याउने तयारी

सोमबार, १४ जेठ २०७५

प्रदेश १ को सरकारले ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बजेट निर्माणको काम सुरू गरिसकेको आन्तरिक मामिला तथा योजना मन्त्रालयले ५० अर्ब आसपास बजेट अनुमान गरी बजेटमा समाबेश गर्ने कार्यक्रमहरू  निर्धारण गरिरहेको जनाएको छ।

आधा खर्बको बजेट ल्याउने तयारी

सोमबार, १४ जेठ २०७५

प्रदेश १ को सरकारले ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बजेट निर्माणको काम सुरू गरिसकेको आन्तरिक मामिला तथा योजना मन्त्रालयले ५० अर्ब आसपास बजेट अनुमान गरी बजेटमा समाबेश गर्ने कार्यक्रमहरू  निर्धारण गरिरहेको जनाएको छ।

तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

आइतबार, १३ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

सुन तस्करी प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

आइतबार, १३ जेठ २०७५

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्।

प्रदेश १ को वर्षे अधिवेशन  जेठ १७ देखि

शुक्रबार, ११ जेठ २०७५

प्रदेश १को वर्षे अधिवेशन जेठ १७ गते देखि सुरू हुने भएको छ । मन्त्री परिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले जेठ १७ गते बिहीबार अपराह्न ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन्।

सुन तस्करी प्रकरण : गोरेको बयान लम्बियो

शुक्रबार, ११ जेठ २०७५

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे)को बयान लम्बिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए।

पूर्वका जिल्लामा औद्योगिक वातावरण तयार हुँदै

बिहिबार, १० जेठ २०७५

पूर्वको औद्योगिक वातावरणमा सुधार आउन थालेको छ । राजनीतिक स्थायित्व, लोडसेडिङ अन्त्य, रेलमार्फत कच्चा पदार्थ आयातको सुविधाले पूर्वको औद्योगिक वातावरणमा सुधार ल्याएको हो ।यहाँका उद्योगीहरूले वर्षौंदेखि लोडसेडिङको अन्त्य र रेलमार्फत तेस्रो देशबाट आयात गरिएका औद्योगिक कच्चा पदार्थ ढुवानीको सुविधा माग गर्दै आएका थिए ।

गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत

बिहिबार, १० जेठ २०७५

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम बिहीबार पनि जारी रहनेछ।

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

बुधबार, ०९ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो।

'गोरे' लाई अदालतमा पेश गरियो

मङ्गलबार, ०८ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ। उनी पक्राउ परेपछि आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यस लगत्तै जहाज मार्फत उनलाई बिराटनगर लगिएको थियो।