"

दिलबहादुर छत्याल

प्रदेश ७ को बजेट : कृषी र पूर्वाधार निर्माणमा प्राथमिकता

शुक्रबार, ०१ असार २०७५

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले आर्थिक बर्ष २०७५/२०७६ लागी शुक्रवार प्रदेश सभा बैठकमा २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्ततु गरेका छन। कुल बिनियोजन मध्य चालुतर्फ रु १३ अर्व ३५ करोड ८ लाख १ हजार (५३.२६ प्रतिशत) र पुजिगततर्फ रु ११ अर्व ७१ करोठ्ड ४८ लाख १३ हजार (४६.७६प्रतिशत) रहेको छ।

प्रदेशको नामकरणबारे अझै छलफल सुरु भएन

बुधबार, ३० जेठ २०७५

हिमाल, पहाड र तराईको भूभाग सिमोटिएको प्रदेश ७ को नाम राख्नेबारे अझैसम्म औपचारिकरूपमा छलफलसमेत सुरुआत भएको छैन। छिमेकी प्रदेश कर्णालीले तीन महिनाअघि नाम राखेसँगै जनस्तरमा नामबारे बहस चले पनि प्रदेश सरकार, संसद् र राजनीतिक दलमा औपचारिक रूपमा यो विषयमा छलफल हुन सकेको छैन। संसद् सुरु भएको करिब ५ महिना भइसकेको छ। पहिलो अधिवेसन चलेर दोस्रो अधिवेसन चालु रहेको छ।

जनपक्षीय कानुन निर्माण प्राथमिकतामा

आइतबार, २७ जेठ २०७५

प्रदेश प्रमुख मोहनराज मल्लले आर्थिक वर्ष २०७५/२०७६ को प्रदेश सरकारको नीती तथा कार्यक्रम शनिबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका छन्। कृषि,पर्यटन, जडिबुटी र जलस्रोतमा आधारित कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। यसैगरि ५८ बुँदामा उल्लेखित प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगार, खेलकुद, समाजिक न्याय, समानता, विभेद र कुप्रथा अन्त्यलाई पनि जोड दिइएको छ। अगामी वर्षलाई कानुन निर्माण वर्षका रूपमा लिई जनपक्षीय कानुन बनाउने कार्यक्रममा उल्लेख छ।

जेलबाट छुटेपछि पनि आपराधिक धन्दामा

शुक्रबार, २५ जेठ २०७५

कञ्चनपुर बेलौरी नगरपालिका ६ रिचाहका उग्रसेन राना २२ वर्षकै उमेरमा हातहतियार खरखजाना र चोरी मुद्दामा जेल परे। उनी ४ बर्षको जेल सजाय कटाएर २०७१ सालमा रिहा भए। सजाय भुक्तान गरेपछि पनि उनमा सुधार आएन। उनी सञ्जाल नै बनाएर आपराधिक गतिविधिमा सक्रिय भए।

निर्माणमा पनि सिन्डिकेट, सीमित ठेकेदार मालामाल

बुधबार, २३ जेठ २०७५

केही सीमित ठेकदारले मात्र सबैतिर ठेक्का पाउँदा एकातिर योजना बेलैमा सम्पन्न हुन सकेका छैनन् भने अर्कोतिर भन्डै ७५ प्रतिशत निर्माण व्यवसायी कामै नपाएर बेरोजगार बनेका छन। पहुँच र शक्तिका भरमा निर्माण क्षेत्रमा पनि सीमित ठेकेदारको एकाधिकार (सिन्डिकेट) रहेको निर्माण व्यवसायी नै बताउँछन् । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने सीमित ठेकेदारको नै ठेक्कामा बोलवाला हुँदा बेलैमा आयोजना पूरा नभई लागत र अवधि बढ्न गएको छ।

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

मङ्गलबार, २२ जेठ २०७५

प्रदेशको अस्थाई राजधानी धनगढीमा गत जेठ १३ गते दिनदहाडै गोली प्रहार गरेर साढे ९ लाख लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

ठेकेदारसँगै सरकारी कर्मचारी पनि दोषी

सोमबार, २१ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारको विवरण संकलन गरी कारबाही गर्न निर्देशन दिएपछि योजना निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्ती छताछुल्ल भएको छ। समयमा योजना सम्पन्न नहुनुमा ठेकेदार मात्र नभई ठेक्का सम्झौता गर्ने सरकारी कार्यालय पनि दोषी भएको जानकार बताउँछन्।

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

शनिबार, १९ जेठ २०७५

बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ। जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले बिहीबार चौधरीलाई दोषि ठहर गर्दै एक लाख जरिवाना भराउने गरी पाँच वर्षको कैद फैलासा सुनाएको हो।

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

बिहिबार, १७ जेठ २०७५

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सम्पती विवरणअनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री त्रिलोचन भट्टको रहेको छ भने आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी देखिएका छन्।

पूरा भएन अपेक्षा

सोमबार, १४ जेठ २०७५

हिमाल, पहाड र तराईको भूभाग मिलेर प्रदेश ७ बनेको छ। प्राकृतिक सौन्दयलगायत सम्भावनाले धनी यो प्रदेश गरिबी, पछौटेपनले पिल्सिएको छ। देश संघीयतामा प्रवेश गरेसँगै याहाँका बासिन्दाले प्रदेश सरकारबाट धेरै अपेक्षा गरे। केन्द्रिय राज्यवाट उपेक्षामा पारिएको बुझाई भएका जनताले आफ्नै प्रदेशको सरकार बनेकाले धेरै आशा गरेका हुन्। प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले एकात्मक राज्यबाट उत्पीडन र उपेक्षामा पारिएको हिजोको सुदुरपश्चिम अर्थात् प्रदेश ७ विकासमा पछाडि परेको उल्लेख गर्दै प्रदेश सरकारले प्राकृतिक श्रोत परिचालन गरेर सबैभन्दा धनी र समृद्ध बनाउने घोषणा गरे।

धनगढीमा गोली हानी लुटियो साढे नौ लाख

आइतबार, १३ जेठ २०७५

धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको हो ।

पुल निर्माणमा ठेकेदारको अटेरी

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत कैलालीको कान्द्रा नदीमा ३० महिनामा पुल बनाउनेगरी लामा शेर्पा शाल्पा बिरुवा जेभीले ठेक्का लिएको सात वर्ष भयो। पुलको निर्माण २० प्रतिशत पनि पूरा भएको छैन। २०६८ जेठ ३१ गते उक्त कम्पनीले ६ करोड ३४ लाख रुपैयाँमा २०७० मंसिर ३० मा सिध्याउनेगरी ठेक्का लिएको थियो। हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख मनीशकुमार शाहका अनुसार ठेकेदारको लापरबाहीले अहिलेसम्म पुल निर्माण मुस्किलले २० प्रतिशत मात्र भएको छ।

‘मालिकको सुरक्षाका लागि भरिया समात्ने नाटकको अन्त्य, अब नाइके नै फन्दामा’

बिहिबार, १० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छिट्टै पत्ता लाग्ने बताएका छन्।

अपराध र भ्रष्टाचार अन्त्य नभएसम्म विकास हुँदैन : गृहमन्त्री

बिहिबार, १० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अपराध, तस्करी, अनियमितताका कारण देशको विकास हुन नसकेको उल्लेख गर्दै सुरक्षाअधिकारीलाई बदलिँदो परिवेसमा देशको विकास र समृद्धिका लागि कडाइका साथ काम गर्न निर्देशन दिएका छन् । बुधवार प्रदेश ७ को प्रदेश स्तरीय गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले गलत गर्ने कोहीलाई पनि छुट नदिने भन्दै परिणाम देखिनेगरी काम गर्न जोड दिए ।

प्रहरी घुस प्रकरण : १२ प्रहरी जिल्ला तानिए, छानविन शुरु, सीमामा त्रास कायमै

सोमबार, ०७ जेठ २०७५

भारतीय युवावाट प्रहरीले पैसा लिएपछि सीमा पारीबाट आएको धम्कीले दशगजाको सिरानमा रहेको डोकेबजारमा त्रास छाएको घटनाको छानविन शुरु भएको छ।

‘प्रहरीले भारतीय युवाबाट पैसा लिएपछि सीमामा त्रास’

शनिबार, ०५ जेठ २०७५

नेपाल र भारत सीमाको दशगजा छेउमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो। भारतीय युवाबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षा माग्दै प्रहरी चौकीमा भेला भएका थिए।

जनतामाथि भार थोपर्न खोज्दै जनप्रतिनिधि

बुधबार, ०२ जेठ २०७५

तीन समूहमा रहेका १ सय ५० जनाले आइतबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टकहाँ अन्य जनप्रतिनिधिसरह आफूहरूले पनि तलब सुविधा पाउनुपर्ने माग राखेर अलग–अलग ज्ञापन पत्र बुझाए।

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेशसभा बैठक एकैदिन दोस्रोपटक बस्ने गरी स्थगित हुदाँ सासंदहरूलाई त्यो अवधिमा काहाँ गएर बस्ने भन्ने समस्या हुने गरेको छ। बैठक सुरु हुनुअघि पुगेका सासंदहरू पनि बस्ने ठाउँ नपाएर प्रदेशसभा भवन अगाडि जिल्ला समन्वय समितीको रुखमुनीको चउरमा उभिरहेका हुन्छन।

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

शनिबार, २९ बैशाख २०७५

भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी नेपालको राजकीय भ्रमणमा रहेका वेला विवेकशिल साझा पार्टीले धनगढीमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी विर्सेका छैनौ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।

संयुक्त सर्वे टोलीले समस्या समाधान गर्न सकेन

शुक्रबार, २८ बैशाख २०७५

नेपाल र भारतका सीमामा दर्जनौ ठाउँमा विवाद रहेको छ। सीमा पिल्लर गायव पारेर भारत पक्षले नेपालको भूमि अतिक्रमित गरेको नेपालका सीमामा बासिन्दा बताउँछन्। लालपुर्जा भएको र बुावुबाजेले उपभोग गर्दै आएको जमिन अहिले भारतले आफ्नोमा पर्ने भन्दै सीमा सारेको उनीहरूको भनाइ छ। कैलाली भजनीको मोरियाघाट, कञ्चनपुर पुनर्वास आनन्दबजार, पारासनलगायतका बासिन्दाको लालपुर्जा भएर पनि जमिन उपभोग गर्न नपाएको समस्या हो।