"

भीम चापागाईं

किरियापुत्री कविले गरे मतदान

बिहिबार, २१ मङि्सर २०७४

आमाको काजकिरिया गरिरहेका इलामका युवाकवि विमल वैद्यले मतदान गरेका छन् । उनले नगरपालिका–७ को बालमन्दिर विद्यालयको केन्द्र (क) बाट केहीबेरअघि मतदान गरेका हुन्।

राम्रा मान्छेले जितुन् : केबी गुरुङ

बिहिबार, २१ मङि्सर २०७४

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङले इलामको बालमन्दिर विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि गुरुङले लामो समयपछि संसदीय निर्वाचन हुनु नै लोकतन्त्रका लागि ‘शुभसंकेत’ भएको बताए ।

क्रमसंख्याअनुसार नमिल्दा नाम खोज्न झन्झट

बिहिबार, २१ मङि्सर २०७४

बिहीबार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदातासूची र मतदातासँग रहेको फोटोसहितको मतदाता परिचयपत्रको क्रमसंख्या नमिल्दा नाम भेट्टाउन बढी समय लागिरहेको छ । मतदातासूचीको नाम वर्णानुक्रमअनुसार र मतदाता परिचयपत्र चाहिँ क्रमसंख्याका आधार भएकाले एकै मतदाताको नाम खोज्न पनि १० मिनेटसम्म लागेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

बिहिबार, २१ मङि्सर २०७४

इलाममा बिहान ११ बजेसम्ममा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको कार्यालयका सूचना अधिकारी जगदीश भट्टराईले बताए।

मतदानपछि खनालले भने- 'संक्रमणकालको अन्त्य भयो'

बिहिबार, २१ मङि्सर २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संक्रमणकाल अन्त्य भएको बताएका छन् । सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि उनले भने, ‘आजको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वय भयो, अब देश समृद्धिको ऐतिहासिक युगतिर प्रवेश गरेको छ ।’

मतदानपछि नेम्बाङले भने- 'खुसी व्यक्त गर्ने शब्द छैन'

बिहिबार, २१ मङि्सर २०७४

पूर्वसभामुख तथा इलाम क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभामा मतदान गरेपछि आफूलाई नयाँ संविधान बनेयता सबैभन्दा हर्ष लागेको बताएका छन् । उनले ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान सुरु हुनु संविधान कार्यान्वयनको अभिन्न पाटो भएको भन्दै अब संविधान कार्यान्वयन पूर्णतातिर गएको बताए ।

इलाममा उत्साहपूर्ण मतदान [फोटो फिचर]

बिहिबार, २१ मङि्सर २०७४

इलाममा उत्साहपूर्ण रूपले मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजे नै जिल्लाका मतदान केन्द्रहरूमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेस उम्मेदवार थापा एमालेको नियन्त्रणमा

बुधबार, २० मङि्सर २०७४

मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन् ।

प्रचारको मैजारो गर्दै उम्मेदवार

सोमबार, १८ मङि्सर २०७४

मतदाताबीचमा आफ्नो ‘भाग्यपरीक्षा’ गराउन २ दिन मात्रै बाँकी रहँदा प्रदेश नम्बर १ का उम्मेदवार आज (सोमबार) चुनावी प्रचारलाई मैजारो गर्दैछन् । ‘हेभिवेट’सहितका उम्मेदवार आइतबारसम्म चुनावी आमसभा र घरदैलोमै व्यस्त रहेपनि सोमबर घरदैलो छाडेर जिल्लास्तरका आमसभा आयोजना गर्दैछन् ।

निर्वाचन सामग्री मतदान केन्द्र पुर्‍याइँदै [फोटो फिचर]

आइतबार, १७ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्रसम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । जिल्लाका सवारी साधन चल्ने मतदान केन्द्रमा ल्यान्डरोभर, जीपलगायत सवारी साधनमा र सवारी नचल्ने मतदान केन्द्रमा पिठ्युँमै बोकेर निर्वाचन सामग्री लैजान थालिएको हो ।

अन्तुको निम्तो

शनिबार, १६ मङि्सर २०७४

आकाश छ्यांग खुलेर इलाम बजारमा कोठाको झ्यालबाटै झुल्केघाम मनमोहक देखिन थालेपछि मनमा लाग्यो– यतिबेला अन्तुडाँडाको सूर्याेदय झन् कति सुन्दर देखिएला !  अन्तु घुम्न जाने सल्लाह मिल्यो कोकिलासँग । यात्रा रमाइलो हुने त थियो नै । त्यही रमाइलोमा साथीहरू थप्न पाए अझ गज्जब होला भन्ने लाग्यो । दिउँसो दाइ सटेन्द्रलाई प्रस्ताव गरें । उहाँमात्रै होइन, भाउजू माया र सानी छोरी सकुमसमेते जाने हुनुभो ।

प्रधानमन्त्रीको प्रस्तुती 'गोयबल्स' शैलीमा: खनाल

बुधबार, १३ मङि्सर २०७४

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवाले ‘गोयबल्स’ शैलीमा वाम गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार चुनावमा जान लागेका कम्युनिस्ट दलहरूविरुद्ध आश्चर्यजनक तरिकाले प्रधामन्त्रीको पदमा बसेर देउवाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेको बताए।

धर्मगुरुको ‘आशीर्वाद’ को भरमा उम्मेदवार

मङ्गलबार, १२ मङि्सर २०७४

पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ जिल्लाका यस्ता राजनीतिक व्यक्ति हुन्, जसले लगातार ३ पटक एउटै क्षेत्रबाट चुनाव जिते । जिल्लाबाट कसैले अहिलेसम्म लगातार ३ पटक चुनाव नजिते पनि क्षेत्र नम्बर २ चाहिँ नेम्बाङलाई निकै ‘फापेको’ छ । र, उनी पुनः त्यही क्षेत्रबाट प्रतिनिधिसभामा चौथोपटक चुनाव लड्दैछन् ।

अन्तुमा ओइरिए पर्यटक

सोमबार, ११ मङि्सर २०७४

सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडामा पर्यटकको ओइरो लागेको छ । एकैदिन ६ हजारसम्म पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे व्यवसायीलाई पर्यटक धान्न धौधौ छ ।

यसरी गरिँदैछ मतपेटिका सुरक्षा

सोमबार, ११ मङि्सर २०७४

पाँचथर र ताप्लेलुङमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि साँझदेखि नै मतपेटिका सदरमुकाम ल्याइँदैछ । ताप्लेजुङका केही मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसोमात्रै हेलिकोप्टरमा सदरमुकाम ल्याउने तयारी छ ।

यसरी गरिँदैछ मतपेटिका सुरक्षा

आइतबार, १० मङि्सर २०७४

पाँचथर र ताप्लेलुङमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि साँझदेखि नै मतपेटिका सदरमुकाम ल्याइँदैछ। ताप्लेजुङका केही मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसो मात्रै हेलिकप्टरमा सदरमुकाम ल्याउने तयारी छ।

इलाममा एकै वडाका पाँच उम्मेदवार !

बिहिबार, ०७ मङि्सर २०७४

आउँदो २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ जिल्लाको एकै वडाका ५ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले इलाम नगरपालिका–७ घर भएका छिमेकी पाँचै उम्मेदवारलाई प्रतिस्पर्धा गराउन लागेका हुन् ।

ट्रकको ठक्करले दुईको मृत्यु

बुधबार, ०६ मङि्सर २०७४

सूर्याेदय नगरपालिका–१० फिक्कलमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तनहुँको व्यास नगरपालिका–१ का मोटरसाइकल चालक ३५ वर्षे सरोज पौडेल र मोटरसाइकलमा पछाडि सवार इलाम चमैताकी २४ वर्षीया अस्मिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।

यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

सोमबार, ०४ मङि्सर २०७४

हरेक निर्वाचनमा निर्वाचन आयोगले सबैभन्दा आलोचना खेप्नुपरिरहेको काम हो मतदाता शिक्षा। मतदान नगरेकामा भन्दा आफूले हालेको मत बदर हुँदा चाहिँ मतको ‘नाश’ भएको तीतो अनुभव मतदाताले गरिरहेका हुन्छन्। आयोगले प्रत्येक मतदातासम्म पुगेर मतदाता शिक्षा दिन नसक्दा हरेक चुनावमा बदर मतको संख्या बढी हुने गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।