"

भीम चापागाईं

बनेन बालअधिकार संरक्षण नीति

मङ्गलबार, २२ फागुन २०७४

बालअधिकार संरक्षण गर्न सरकारीस्तरबाट भएका नीतिगत व्यवस्था कार्यान्वयनमा दर्जनौं जटिलता देखिएका छन्।

बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु

बुधबार, १६ फागुन २०७४

इलामका बेग्लाबेग्लै २ घटनामा २ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिका–४ सिम्लेमा अरिंगालको टोकाइपछि रुखबाट लडेर १ जना र त्यही गाउँपालिका–६ मा आगो ताप्नेक्रममा जलेर १ जनाको मृत्यु भएको हो।

टोलटोलमा गुनासो सुन्दै जनप्रतिनिधि

बुधबार, १६ फागुन २०७४

चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि भने यतिबेला टोलटौलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

साढे ७ वर्षदेखि बाबु–छोरा बेपत्ता

मङ्गलबार, १५ फागुन २०७४

इलामको देउमाई नगरपालिका साविक (धुसेनी–४) की ५७ वर्षीया तोरणकुमारी चापागाईंलाई बिहान–बेलुकै आफ्ना पति र छोराको झल्को आउँछ। बिहान उठ्न बित्तिकैदेखि राति सुत्नेबेलासम्म हरपल उनी आँगनतिर आँखा डुलाउँछिन्। उनलाई आशा छ, कतै पति र छोरा टुप्लुक्क घर आइपुग्ने पो हुन् कि !

गुनासो सुन्दै जनप्रतिनिधि गाउँतिर

आइतबार, १३ फागुन २०७४

चुनावका बेला आश्वासनमा ठेली बोकेर मतदातासम्म पुग्ने जनप्रतिनिधिलाई चुनाव जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप लाग्छ। अधिकतर मतदाताको भावनालाई आधार मान्ने हो भने उनीहरूको गुनासो पनि असत्य होइन। तर, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि भने मतदाताका टोल–टोलमै पुगेर सर्वसाधारणको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

औषधि खानै डराउँछन् संक्रमित

आइतबार, १३ फागुन २०७४

ज्वरो, मलेरिया, म्यानेनजाइटिस र हात्तीपाइले रोग लामखुट्टेका माध्यमबाट सर्ने भएकाले लामखुट्टेबाट जोगिनु नै रोगबाट बच्ने उपाय हो । क्युलेक्स जातको पोथी लामखुट्टेले टोकेमा हात्तीपाइले रोग लाग्ने चिकित्सकको भनाइ छ ।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

शुक्रबार, ११ फागुन २०७४

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

स्थानीय तहको डिजिटल फड्को

शनिबार, ०५ फागुन २०७४

इलामको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई आफ्नो कार्यकक्ष पुग्नेबित्तिकै नगरका कुन स्कुलमा कति शिक्षक हाजिर भए । उनीहरू पूरा समय स्कुलमा बसे कि बसेनन् भन्नेसम्मको जानकारी टेबुलको कम्प्युटरमै हेर्छन् । त्यो पनि रेकर्डेड होइन, प्रत्यक्ष।

माइभ्याली गोल्डकप वैशाखमा

बुधबार, ०२ फागुन २०७४

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप आउँदो २०७५ वैशाख ६ देखि १५ सम्म आयोजना गरिने भएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालन हुने पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगितामा नेपाल, भारत र अन्य देशका गरी १० प्रतिष्ठित टिमको सहभागिता रहने छ ।

माइभ्याली गोल्डकप वैशाखमा

मङ्गलबार, ०१ फागुन २०७४

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप आउँदो २०७५ वैशाख ६ देखि १५ सम्म आयोजना गरिने भएको छ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालन हुने पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगितामा नेपाल, भारत र अन्य देशका गरी १० प्रतिष्ठित टिमको सहभागिता रहने छ।

मस्कोमा नेपाली चियाको चर्चा

शुक्रबार, २६ माघ २०७४

नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।

११ करोडको सेयर लिन ५० करोड जम्मा

शुक्रबार, २६ माघ २०७४

अप्पर माई जलविद्युत् आयोजनाको ११ करोडको सेयर लिन प्रभावित क्षेत्रका बासिन्दाले बैंकमा ५० करोड रुपैयाँभन्दा बढी जम्मा गरेका छन् । आयोजनाको प्रवद्र्धक पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले आह्वान गरेको सेयरका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाबाट यो रकम जम्मा भएको हो ।

सिद्धिखोलामा हाइड्रो बन्ने

सोमबार, २२ माघ २०७४

जिल्लाको सिद्धिखोलामा सिद्धिखोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। मैनाचुली निर्माण सेवा प्रालिले फागुन पहिलो साता १० मेगावाट क्षमताको आयोजना निर्माण थाल्ने भएको हो।

सरकारी ‘पहल’ कुरेको कुर्यै अदुवा व्यवसायी

सोमबार, १५ माघ २०७४

तीन सातादेखि रोकिएको अदुवा निकासी खुल्ने कुनै छनक नदेखिएपछि व्यवसायी र किसान आजित भएका छन् । वाणिज्य मन्त्रालयसमेत आफूहरूको समस्यामा गम्भीर नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

अदुवा निकासीमा अन्योल कायमै

आइतबार, १४ माघ २०७४

पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।

अदुवा निकासीको उपाय खोज्दै

बिहिबार, ११ माघ २०७४

भारतीय पक्षले अनुमति नदिँदा भन्सार पुर्याएर फर्काइएको करोडौं रुपैयाँको नेपाली अदुवा पुनः निर्यातका लागि सरकारी निकायले ‘प्रयास’ थालेको छ ।

करोडौं खर्चेका सडक गुणस्तरहीन

मङ्गलबार, ०९ माघ २०७४

इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन् ।

भन्सारबाटै फर्काइए अदुवा

मङ्गलबार, ०९ माघ २०७४

पटक–पटक विभिन्न बहानामा नेपाली कृषिजन्य उत्पादनको निकासीमा अवरोध खडा गरिरहेको भारतले पुनः अदुवा निकासी रोकेको छ । भारतीय भन्सारले अनुमति नदिँदा पूर्वको काँकडभिट्टा नाकामा रोकिएका अदुवा लोड भएका पाँच दर्जन ट्रक साता दिन पर्खिएर पुनः नेपाल फर्काइएका छन् ।

फेरि रोकियो अदुवा निकासी

आइतबार, ०७ माघ २०७४

नेपालको अदुवा निकासीमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। विभिन्न बहानामा भारतीय भन्सारका कर्मचारीले अदुवा निकासी हुन नदिँदा झापाको काँकडभिट्टास्थित भन्सार कार्यालयको यार्डमा अदुवा लोड भएका गाडी १३ दिनदेखि थन्किएका छन्।

हात्तीले किच्दा एकको मृत्यु

आइतबार, ०७ माघ २०७४

केही दिनयता गाउँमा आतंक मच्चाइरहेको जंगली हात्तीले एकजनाको ज्यान लिएको छ। जिल्लाको चुलाचुली गाउँपालिका–३, पेल्टीमारीका ५२ वर्षे सोमनाथ भण्डारी (गिरी)को आइतबार हात्ती आक्रमणमा परी मृत्यु भएको हो।