"

भीम चापागाईं

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

मङ्गलबार, २० चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

चिया कारखानामा चिनियाँ राजदूत

सोमबार, १९ चैत २०७४

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

मेची राजमार्गको चौडा बढाइँदै

सोमबार, १९ चैत २०७४

इलामको सूर्याेदय नगरपालिकाले मेची राजमार्गको चौडा बढाउन थालेको छ। पर्यटकीय क्षेत्र कन्यामलाई लक्षित गरी नगरपालिकाले मेची राजमार्गको हर्कटेदेखि पाल्टाँगेसम्मको ८ किलोमिटर सडक चौडा गर्न थालेको हो।

महासंघको अगुवा नेतृत्व सम्मानित

शुक्रबार, १६ चैत २०७४

पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन्।

माइभ्याली गोल्डकपमा १२ टिम भिड्ने

मङ्गलबार, १३ चैत २०७४

पूर्वी पहाडकै धेरै धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलमा १२ टिमले भाग लिने भएका छन्।

सम्मानले बिर्सायो विभेदको पीडा

सोमबार, १२ चैत २०७४

२०४६ सालको एक दिन। मंगलीमाया विक इलामको सिम्ले खेतमा रोपाइँ गर्न खेताला गइन्, छिमेकीको खेतालाका रुपमा। साथमा थिइन् ७ वर्षीया माइली छोरी। दिउँसो २ बजेतिर खाजा–चिया खाने बेला भयो । आफूसँगै रोपाइँ गरिरहेका करिब ३५ खेतालाले स्टिल र आल्मुनियमका थालमा रमाईरमाई खाजा खाए । मंगली र उनकी छोरीलाई अरू सबैले खाइसकेपछि मात्र खाजा दिइयो, त्यो पनि फूलतरुलको पातमा।

हुस्सुले चिया टिपाइ ढिलो

सोमबार, १२ चैत २०७४

गत वर्षहरूको तुलनामा यो वर्ष पहिलो चिया टिपाइ (फस्ट फ्लस) ढिलो भएको छ । हिउँदमा सुक्खा र यतिबेला मौसम धुम्म भएकाले हरियो पत्ती पलाउन नसकेको चिया किसान र उद्योगीले बताएका छन् । गत पुस–माघमा पानी नपरेर चियाको हरियो पत्ती पलाउन ढिलो भएको हो।

प्रत्येक घटना छानबिन गर्न द्वन्द्वपीडितको माग

आइतबार, ११ चैत २०७४

सशस्त्र द्वन्द्वका पीडितले गोलमटोल गरेर नभई प्रत्येक घटनाको छानबिन गरेरमात्र आफूहरूलाई न्याय दिन माग गरेका छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सतही अनुसन्धान गरेर आर्थिक राहत बाँड्दा पीडितलाई न्याय नहुने उनीहरूले बताए।

साइनो गाँस्दै नेपाल–सिक्किम

आइतबार, ११ चैत २०७४

साङ्कोरादुखान्डु (सिक्किम) – पूर्वी नेपाल र सीमावर्ती भारतीय राज्य सिक्किमको पर्यटन प्रवर्द्धन गर्न दुवै देशका व्यवसायीले सामूहिक पहल थालेका छन् । भौगोलिक, प्राकृतिक र सांस्कृतिक विशेषताले समान दुवै क्षेत्रको समृद्धिका लागि दुवै देशका व्यवसायी–संघसंस्था ‘पर्यटन साइनो’मा गासिँदै छन्।

साइनो गाँस्दै नेपाल–सिक्किम

शनिबार, १० चैत २०७४

पूर्वी नेपाल र सीमावर्ती भारतीय राज्य सिक्किमको पर्यटन प्रवद्र्धन गर्न दुवै देशका व्यवसायीले सामूहिक पहल थालेका छन्। भौगोलिक, प्राकृतिक र सांस्कृतिक विशेषताले समान दुवै क्षेत्रको समृद्धिका लागि दुवै देशका व्यवसायी–संघसंस्था ‘पर्यटन साइनो’मा गासिँदै छन्।

सवारी साधनमा टाँसिदै भाडादर

बुधबार, ०७ चैत २०७४

तोकिएभन्दा बढी भाडा यात्रुबाट लिएको गुनासो बढेपछि प्रत्येक सार्वजनिक यातायातका साधनमा भाडा सूची अनिवार्य गरिएको छ। जिल्ला ट्राफिक प्रहरी पूर्वेली जिप तथा ट्याक्सी व्यवयासी संघले बुधबार सवारी साधनहरूमा भाडा दरको सूची राख्ने कार्यको थालनी गरे।

अब नेपालै नेपाल सन्दकपुर

मङ्गलबार, ०६ चैत २०७४

जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलामकै अग्लो स्थान सन्दकपुरमा नेपाली बाटो भएर सवारी साधन पुग्न थालेका छन्। यसअघि भारतीय बाटो भएर मात्रै पुगिने ३ हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुरमा नेपाली बाटो भएरै पुग्न पाउँदा पर्यटक हर्षित हुँदैछन्।

जनतालाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ : खनाल

मङ्गलबार, ०६ चैत २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सम्पूर्ण देश र जनतालाई एकताबद्ध बनाएर वर्तमान सरकार अघि बढ्नुपर्ने बताएका छन्।

आगोले १३ लाखको क्षति

आइतबार, ०४ चैत २०७४

इलामको माइजोगमाईस्थित प्याङमा शनिबार भएको आगलागीमा १३ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

प्रथम मेयर कप फुटबलकाे उपाधि मेचीनगरलाई

आइतबार, ०४ चैत २०७४

सूर्योदय नगरपालिकास्थित करफोकमा सञ्चालित ‘प्रथम मेयर कप आमन्त्रण फुटबल प्रतियोगिता’को उपाधि झापाको मेचीनगर नगरपालिकाले चुमेको छ। शनिबारको फाइनलमा इलामको सूर्याेदय नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो।

‘प्रदूषण जाँचै नगरी पुराना गाडी बन्द’

शुक्रबार, ०२ चैत २०७४

सरकारले हचुवाका भरमा वातावरण प्रदूषणको कारण देखाउँदै पुराना गाडी चल्न रोक लगाएको गुनासो जिल्लाका यातायात व्यवसायीले गरेका छन्। गाडीको कन्डिसन जाँच नै नगरी २० वर्ष पुराना सवारीलाई पत्रुमा परिणत गर्ने निर्णय कार्यान्वयन गर्नु सरकारको ‘गरिबमारा’ नीति भएको व्यवसायीको भनाइ छ।

२० वर्ष पुराना सवारी साधन चल्न रोक लगाउँदा पहाडी क्षेत्रको यातायात प्रभावित

बिहिबार, ०१ चैत २०७४

माबु गाउँका गणेश गुरुङले ८ लाख रुपैयाँ खर्चेर २ वर्षअघि ल्यान्डरोभर किने। माइमझुवादेखि इलामसम्म दिनहुँ गाडी खेप्दा उनले अहिलेसम्म ३ लाख रुपैयाँ आम्दानी गरेछन्।

धेरै सन्तान जन्माउन नगरको प्रोत्साहन !

बिहिबार, ०१ चैत २०७४

जनसंख्या बढी भए गरिबी, भोकमरी, अशिक्षाजस्ता दर्जनौं कठिनाई हुने गरेको त हामी सबैले सुनेकै हौं । तर, जसले धेरै सन्तान जन्माउँछ, उसलाई बढी सुविधा दिने ‘अफर’ इलाम नगरपालिकाले ल्याएको छ ।

इलाम जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर अभाव

शनिबार, २६ फागुन २०७४

तीन दिनदेखि बिसन्चो भएपछि दुर्गम गाउँ एकतप्पाकी रोमिला लिम्बू चिकित्सकलाई जँचाउन सदरमुकामस्थित जिल्ला अस्पताल आइन् । अरू बेला इलाम बजार आउँदा ठूला–ठूला भवनसहितको अस्पताल देखेकी उनलाई लागेको थियो– यो अस्पतालमा राम्रा–राम्रा डाक्टर होलान्, जानेबित्तिकै उपचार गरिदेलान् ।

‘इलाम हाम्रो गौरव’ नारासहित महोत्सव

मङ्गलबार, २२ फागुन २०७४

इलाम सदरमुकाम अहिलेको स्थानमा आएर बसेको २ सय वर्ष पुगेको अवसरमा तामझामसहित महोत्सव आयोजना गरिने भएको छ। इलाम नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको छ।