"

भीम चापागाईं

आगलागीमा १८ लाखको क्षति

शनिबार, ०५ जेठ २०७५

इलामको माङ्सेबुङ गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा साढे १८ लाख रुपैयाँबराबरको क्षति भएको छ।

छोराछोरी सामुदायिक स्कुल नपढाए ३ प्रतिशत तलब कट्टा

शुक्रबार, ०४ जेठ २०७५

इलामको माइजोगमाई गाउँपालिकाका सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएको छ।

चिया निर्यातमा भारतीय अवरोध

मङ्गलबार, २५ बैशाख २०७५

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्।

उत्पादन खर्च ३७, पाउने मूल्य २५

सोमबार, २४ बैशाख २०७५

जिल्लाका किसानले १ किलो हरियो चियापत्ती उत्पादन गर्न ३७ रुपैयाँ ३१ पैसा खर्च गर्नुपरेको पाइएको छ । चिया तथा कफी विकास बोर्डको अध्ययनअनुसार जिल्लाको सूर्याेदय नगरपालिकामा गरिएको अध्ययनले यस्तो तथ्य देखाएको हो।

अर्गानिक चिया नै खोज्छन् व्यापारी

सोमबार, २४ बैशाख २०७५

जिल्लामा चिया टिपाइ चलिरहेका बेला अर्गानिक चिया उत्पादन गर्ने किसान र उद्यमीलाई बजारको माग धान्न गाहाे भइरहेको छ । गुणस्तरीय अर्गानिक चिया उत्पादन गर्ने उद्योगी र किसानलाई हरेक वर्ष उत्पादन थोरै तर माग बढी हुँदा मागअनुसार पुर्‍याउन समस्या हुने गरेको छ।

अज्ञात समूहद्वारा गाडीमा आगजनी

शनिबार, २२ बैशाख २०७५

मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ।

करणी उद्योग आरोपी युवक पक्राउ

बिहिबार, २० बैशाख २०७५

७८ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा २३ वर्षे युवक पक्राउ परेका छन्। पक्राउ परेका रोङ गाउँपालिका–४ का युवक सुदीप गुरुङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलामको मानेभञ्ज्याङमा ल्यान्डरोभर उत्सव

बिहिबार, २० बैशाख २०७५

पूर्वी सीमावर्ती बजार मानेभञ्ज्याङनजिकैको भारतीय भूमिमा स्थानीय व्यवसायीले ल्यान्डरोभर गाडी उत्पादनको ७०औं वर्षे उत्सव मनाएका छन्।

चियाको बजार बढाउन ‘इलाम टी एक्स्पो’

बुधबार, १९ बैशाख २०७५

इलाम नगरपालिका र धरान उपमहानगरनगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेसँगै व्यापार–व्यवसायमा सहकार्य थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा उच्च माग गरेको इलामको चियाको आन्तरिक व्यापार प्रवद्र्धन गर्न धरानमा ‘इलाम टी एक्सो’ आयोजना गरिएको छ।

८३ वर्षीया वृद्धामाथि ‘बलात्कार’

मङ्गलबार, १८ बैशाख २०७५

उमेरले ६५ वर्ष कटेपछि नागरिक वृद्धावस्थामा पुग्छ। सरकारले समेत ६५ वर्षमाथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सामाजिक सुरक्षा भत्तासमेत दिएर संरक्षण गरेको छ। तर, जिल्लाको रोङ गाउँपालिकाकी ८३ वर्षीया वृद्धा ‘बलात्कृत’ भएको खबरले सबैलाई अचम्मित तुल्याएको छ।

थ्री स्टारले चुम्यो माइभ्यालीको उपाधि

सोमबार, १७ बैशाख २०७५

पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि रुस्लान थ्री स्टार फुटबल क्लबले चुमेको छ। उपाधिका लागि प्रतिस्पर्धामा रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै थ्री स्टार च्याम्पियन बनेको हो।

वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी

आइतबार, १६ बैशाख २०७५

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्।

माइभ्याली गोल्डकप : थ्री स्टारको जितमा विमल हिरो

शनिबार, १५ बैशाख २०७५

चर्चित स्ट्राइकर विमल घर्तीमगर चम्किँदा रुस्लान थ्री स्टार फुटबल क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा फाइनलको स्थान सुरक्षित गरेको छ। शनिबारको अन्तिम सेमिफाइनलमा चीरपरिचित विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलान्तरले पाखा लगाउन विमलको योगदान महत्वपूर्ण रह्यो।

मनाङलाई खुल्यो फाइनलको ढोका

शुक्रबार, १४ बैशाख २०७५

मनाङमस्याङदी फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ। शुक्रबारको पहिलो सेमिफाइनलमा चीरपरिचित विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गरी मनाङले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

आर्मी र मनाङ आमने–सामने

शुक्रबार, १४ बैशाख २०७५

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको शुक्रबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा पहिलो संस्करण विजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुँदैछन्। अपराह्न ३ बजे ठूलो टुँडिखेलमा हुने खेलमा चीरपरिचित दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

माइभ्याली गोल्डकप  : थ्री स्टार र एफिएफको भेट पक्का

बिहिबार, १३ बैशाख २०७५

थ्रिस्टार क्लबले सदरमुकामको ठूलो टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमीफाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपिएफ क्लब) सँगको भेट पक्का गरेको छ। बिहीबारको अन्तिम क्वार्टर फाइनलमा थ्रिस्टारले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेसँगै चौथो संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय र उमेरसमूहका खेलाडीको बर्चस्व रहेको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको तेस्रो क्वार्टरफाइनलमा पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै आर्मी सेमिमा उक्लिएको हो।

बार्दलीका दर्शक

बुधबार, १२ बैशाख २०७५

हरेक हिउँद लाग्नेबित्तिकै इलामका जन–जनमा माइभ्याली गोल्डकपको चर्चा हुन थाल्छ। सदरमुकाममा ‘कुम्भमेला’ लाग्ने वर्षभरकै एउटा अवसर भएकाले पनि माइभ्याली गोल्डकप इलामे नर–नारीमाझ प्रिय बनेको छ।

डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

बुधबार, १२ बैशाख २०७५

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

माइभ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

मङ्गलबार, ११ बैशाख २०७५

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।