"

भीम चापागाईं

स्थानीय तहकाे संरचनाअनुसार साइनबोर्ड, लेटरप्याड र छाप फेरिँदै

सोमबार, ३० फागुन २०७३

सरकारले स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि जिल्लामा धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ । जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’मा परिवर्तन गरिएको छ।

नेपाली युवक ११ महिनादेखि साउदी जेलमा

शनिबार, २१ फागुन २०७३

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका दानाबारी गाउँका एक युवक ११ महिनादेखि त्यहींको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन् । उनले आफूलाई जेलबाट छुटाएर घर फर्काइदिन परिवारजनमार्फत सरकारलाई आग्रहसमेत गरेका छन् ।

चुनावी झ्याली पिट्दै लेप्चा युवा

शनिबार, २१ फागुन २०७३

सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लेप्चा आउँदो चुनावमा भोट हाल्न पाउने खबरले हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलोपटक पाउँदा कुन युवक खुसी नहोला र!' मानवीरले सुनाए, ‘म मात्र होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दै छ।'

चुनावलाई झ्याली पिट्दै लाप्चा

शुक्रबार, २० फागुन २०७३

सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लाप्चा आउँदो चुनावमा भोट हाल्न पाउने भएपछि निकै हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलो पटक पाउँदा कुन युवक खुसी नहोला र!’ उनले सुनाए, ‘म मात्रै होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दैछ।’

भोट खसाल्न आतुर गाउँबासी

मङ्गलबार, १७ फागुन २०७३

चमैता गाउँका विजय लिम्बू ३५ वर्षका भए। तर, उनले अहिलेसम्म स्थानीय जनप्रतिनिधि चुन्न एक चोटी पनि भोट हालेका छैनन्। २०६४ चैत र ७० मंसिरमा भएका दुवै संविधानसभा चुनावमा भोट हालेका उनले आफ्नो प्रत्यक्ष सरोकार रहने स्थानीय निकाय वा तहका जनप्रतिनिधि चुन्ने अवसर अहिलेसम्म नपाएका हुन्।

सीमा र संख्या यकिन नहुँदा अन्योल

सोमबार, १६ फागुन २०७३

दुई दशकपछि स्थानीय तहको चुनाव हुने भएपछि गाउँ–गाउँमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ। सहर, गाउँ र चोक–चोकमा चुनावी चर्चा भइरहे पनि स्थानीय तह पुनः संरचनाको खाका नआउँदा जिल्ला निर्वाचन कार्यालय भने अन्योलमै छ।

मेची पहाडमा पेट्रोल अभाव

शुक्रबार, १३ फागुन २०७३

गतवर्ष करिब ५ महिना पेट्रोलियम अभाव खेपेको मेची पहाडमा ३ दिनयता उही समस्या दोहोरिएको छ। ‘स्थानीय तहको निर्वाचन घोषणापछि तराईमा हुनसक्ने विरोध’ र ट्यांकर व्यवसायीको आन्दोलनका कारण मेची पहाडमा पेट्रोलियम अभाव हुन थालेको हो।

सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न पीडितका घरघरमा पुग्दै आयोग

शुक्रबार, १३ फागुन २०७३

दशवर्षे सशस्त्र द्वन्द्वका घटना छानबिन गर्न गठित दुवै आयोगका पदाधिकारी र कर्मचारी फागुनभित्रै पीडितको घरसम्म पुगेर द्वन्द्वकालीन घटना छानबिन गर्दैछन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले फागनुदेखि आउँदो पुससम्मको कार्ययोजना तयार गरेका हुन्।

स्थानीय तहको चुनावः सीमा र संख्या यकिन नहुँदा अन्योल

बिहिबार, १२ फागुन २०७३

दुई दशकपछि स्थानीय तहको चुनाव हुने भएपछि गाउँ–गाउँमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ । सहर, गाउँ र चोक–चोकमा चुनावी चर्चा भइरहे पनि स्थानीय तह पुनर्संरचनाको खाका नआउँदा निर्वाचन कार्यालय भने अन्योलमै छ।

‘मिस फायर’ हुँदा प्रहरी घाइते

बुधबार, ११ फागुन २०७३

जिल्ला प्रहरी कार्यालयमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। देब्रे हातको पातोमा गोली लागेर कार्यालयमै कार्यरत जवान ओमप्रकाश ठाकुर घाइते भएको प्रहरीले जनाएको छ।

ट्रक पल्टिँदा ८ घाइते

सोमबार, ०९ फागुन २०७३

मेची राजमार्ग अन्तर्गत जिल्लाको कोल्बुङ गाउँमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ।

चुनाव घोषणा गर, नभए सरकार छाडः खनाल

बिहिबार, २७ माघ २०७३

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई कि चुनाव घोषणा गर्न, कि सरकार छाड्न चुनौती दिएका छन् । उनले सरकारले अहिले चुनाव नै नचाहेको भन्दै चुनावको मिति तोक्न नसके सरकार छाडेर ‘मार्ग प्रसस्त’ गर्न माग गरेका हुन् ।

सूर्याेदय नपाको बजेट साढे १६ करोड

मङ्गलबार, २५ माघ २०७३

जिल्लाको सूर्याेदय नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७४/०७५ का लागि १६ करोड ३७ लाख ८६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ ।

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

शनिबार, २२ माघ २०७३

पूर्वी भारतीय सीमावर्ती क्षेत्रको दशगजा मिचेर भारतले बौद्ध गुम्बा बनाउन थालेको छ। पशुपतिनगर–४, फाटकसँग जोडिएको भारतस्थित रामग्राम ग्रामपञ्चायतको दशगजामा भारतीय सरकारको लगानीमा पक्की संरचना निर्माण हुन थालेको हो।

पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन दबाब

शुक्रबार, १४ माघ २०७३

पहाडी जिल्लामा भएर पनि बर्सेनि लक्ष्यभन्दा राजस्वदर बढाइरहेको पूर्वी भारतीय सीमाको पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन जिल्लाबासीले दबाब दिएका छन्। स्थानीय नेपाली तथा भारतीय सर्वसाधारणले समेत यो नाका खुलाउन नागरिकस्तरबाट प्रभावकारी पहल थाल्ने अठोट गरेका हुन्।

हरियो चियापत्तीको मूल्य तोकिँदै

मङ्गलबार, ११ माघ २०७३

हरियो चिया पत्ती टिप्ने सिजन सुरु हुन २ महिना बाँकी रहँदा अर्गानिक उत्पादक चिया उद्योगले मूल्य निर्धारण गर्न थालेका छन् । पहाडी क्षेत्रमा नन्अर्गानिक चियाको मूल्यमा छोटो समयमै उतारचढाव आउने गरेपनि अर्गानिक उत्पादकले किसानलाई दिने हरियो पत्तीको मूल्य प्रायः उही दरमा हुन्छ ।

अभाव टार्न ‘१०० दिने कार्यक्रम’

आइतबार, ०९ माघ २०७३

वर्षाैंदेखिको औषधि अभाव हटाउने उद्देश्यले सरकारले ३ जिल्लामा ‘१०० दिने कार्यक्रम’ सुरु गरेको छ । पाल्पा र अछाममा शुक्रबार तथा इलाममा आइतबार यो कार्यक्रम सुरु भएको हो । सरकारले २५ शड्ढयाभन्दा तलका जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य केन्द्रहरूमा ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरेको छ ।

जनप्रतिनिधि नहुँदा अस्तव्यस्त मेची पहाड

शनिबार, ०८ माघ २०७३

इलाम नगरपालिकाले चालू आर्थिक वर्षका लागि ५ सय ६६ प्रतिशतसम्म कर वृद्धि गरी लागू गर्‍यो। त्यसको विरोधमा स्थानीय नागरिक सडकमा उत्रिएपछि करको दर हेरफेर भयो। करिब २२ लाख रुपैयाँमा ठेक्का लागेको नगरको सवारी पार्किङ शुल्क चर्काे भएको भन्दै विरोध भएपछि ठेक्का रद्द भयो।

७ कक्षा पढेर ४ सयलाई तालिम !

बुधबार, ०५ माघ २०७३

कुनै सीप सिकेर भविष्यमा गर्जाे टार्ने बाटो बनाउन २३ वर्षअघि काठमाडौं छिर्दा सोयाङकी देवकुमारी लिम्बूलाई आफू करोड रुपैयाँको उद्योग सञ्चालिका बन्छु भन्ने सपनै थिएन। सिलाइ–कटाइ सिकेर घर फर्किने सोचले राजधानी छिरेकी लिम्बूले जब ढाकाबुनाइ सिकिन्, जीवनकै आर्थिक प्रगतिको ‘यु–टर्न’ त्यही भइदियो।

घट्यो चिया उत्पादन

मङ्गलबार, ०४ माघ २०७३

समयमा वर्षा र मल अभाव हुँदा यो वर्ष मेची पहाडमा चिया उत्पादन घटेको छ। गत हिउँदमा वर्षा कम भएकाले जिल्लाका केही बगानको चिया उत्पादन निकै घट्यो। चिसो क्षेत्रका बगानमा मात्रै सन्तोषजनक उत्पादन रहेको बगान र कारखाना सञ्चालकले बताएका छन्।