"

दिलीप पौडेल

अर्ब लिटर दूध उत्पादन बढाउने

बिहिबार, ०७ असार २०७५

यहाँको उत्पादनले बजारको माग नधानेर विदेशबाट दूध आयात भैरहेको अवस्थामा सरकारले आगामी तीन वर्षमा दूध उत्पादन करिब एक अर्ब लिटर बढाउने योजना बनाएको छ ।

हवाई इन्धन भर्न ‘हाइड्रेन्ट’ प्रविधि

मङ्गलबार, ०५ असार २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन (एटिएफ) भर्न रिफ्युलर अभाव भएपछि नेपाल आयल निगमले ‘हाइड्रेन्ट’ प्रविधि प्रयोगमा ल्याउन गृहकार्य सुरु गरेको छ ।

उखु किसानले भुक्तानी पाएनन्

मङ्गलबार, ०५ असार २०७५

गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए। चिनी उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए। मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन्। मन्त्री यादवको निर्देशन बेकामे भएको छ।

पेट्रोल र डिजेलको मूल्य घट्यो

आइतबार, ०३ असार २०७५

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ३ र डिजेल तथा मटितेलमा २–२ रुपैयाँ घटाएको निगमले जनाएको छ।

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

आइतबार, ०३ असार २०७५

पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना बनाएको छ।

उपभोक्तालाई महँगीको भारी

बुधबार, ३० जेठ २०७५

सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो।

थरिथरिका गाडी चढ्ने शोख

मङ्गलबार, २९ जेठ २०७५

गाडी फेरीफेरी सवार गर्ने शौख, काम व्यवसाय  र पेसाका लागि आवश्यक बन्दै गएको कार जीप  प्रयोग बर्सेनि बढ्दै छ । यतिबेला नेपालमा मासिक १ हजार ८ सय कारजीप नेपाल भित्रिरहेका छन् ।

बजारमा खानै नहुने खाद्यवस्तु

मङ्गलबार, २९ जेठ २०७५

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनाइ थियो ।

मुद्दा तामेलीमा राख्न अख्तियारकाे चलखेल

आइतबार, २७ जेठ २०७५

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ। अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नेे प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्याएर मुद्दालाई ‘तामेली’ मा राख्ने प्रयास सुरु गरिएको हो।

भ्रष्टाचार आरोपित खड्काको राजीनामा

शुक्रबार, २५ जेठ २०७५

आर्थिक अनियमितता आरोपमा आठ महिनादेखि जिम्मेवारीविहीन नेपाल आयल निगमका कार्यकारी गोपाल खड्काले पुनः निगम फर्किने प्रयास असफल भएपछि अन्ततः बिहीबार पदबाट राजीनामा दिएका छन् । चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त खड्काले भ्रष्टाचारमा बदनाम भएपछि पदावधि सकिन ६ महिना बाँकी छँदै बाध्य भएर पदबाट राजीनामा दिन बाध्य भएका हुन्।

भ्रष्टाचार आरोपी खड्काद्वारा राजीनामा

बिहिबार, २४ जेठ २०७५

इन्धन भण्डारणको जग्गा खरिदमा भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।

निगमले रिफ्युलर किन्न सकेन

बिहिबार, २४ जेठ २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन (एटिएफ) भर्ने रिफ्युलर किन्ने नेपाल आयल निगमको दोस्रोपटकको प्रयास पनि असफल भएको छ । रिफ्युलर किन्न निगमले आह्वान गरेको बोलपत्रमा इस्टिमेटभन्दा ३५ प्रतिशत बढी लागतको आवेदन परेपछि रिफ्युलर किन्न नसकेको हो।

भ्रष्टाचारमा साढे १० अर्ब बिगो दाबी

मङ्गलबार, २२ जेठ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा साढे १० अर्ब रुपैयाँ बिगो दाबी गरेर भ्रष्टाचारका मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा बसेर अनियमितता गरेको आरोपमा दुई सय ६८ जनाविरुद्ध १० अर्ब ४६ करोड ६४ लाख बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

ट्यांकर चालक हडतालमा

सोमबार, २१ जेठ २०७५

पेट्रोलियम पदार्थ ढुवानी गर्दा विभिन्न बहानामा भारतीय प्रहरीले कुटपिट गरेको भन्दै ट्यांकर चालक हडतालमा उत्रिएका छन् । सुरक्षा माग गर्दै करिब पाँच सय ट्यांकर चालकले आइतबार रक्सौल–अमलेखगन्ज, काठमाडौं, पोखरा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गरेनन्।

सहकारीलाई बजेटमा होइन, नीतिमा प्रोत्साहन

बिहिबार, १७ जेठ २०७५

निजी क्षेत्रप्रति अपेक्षित उदार नदेखिएका अर्थमन्त्री युवराज खतिवडाले सहकारीलाई प्रोत्साहित गर्ने नीति लिएका छन् । आगामी आर्थिक वर्ष ०७५- ७६ को बजेटमा सहकारीलाई बजेट विनियोजन गर्न कन्जुस्याइँ गरे पनि नीतिगत रुपमा सहकारी क्षेत्रलाई प्रोत्साहित गरिएको छ।

कृषि, भूमि तथा सहकारीमा ४० अर्ब १४ करोड

बुधबार, १६ जेठ २०७५

सरकारले नयाँ कार्यक्रम बिना नै आगामी पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७५-७६ को बजेट सार्वजनिक गर्दा कृषि उत्पादन वृद्धि गर्ने किसानलाई लक्षित कुनै विशेष कार्यक्रम ल्याउन सकेन ।विगतका बजेटमा झै यस वर्ष पनि कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र मूल्य शृखंला विस्तारमा जोड दिए पनि कृषि क्षेत्रको बजेट भने कटौती भएको छ ।

कृषि कर्जा ४२ प्रतिशतले बढेर सवा खर्ब पुग्यो

मङ्गलबार, १५ जेठ २०७५

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी कम गरिरहेको गुनासो आइरहेका बेला चालु आर्थिक ०७४-७५ मा भने लगानी ह्वात्तै बढाएका छन् । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा कृषि कर्जा ४२.५ प्रतिशतले बढेर सवा खर्ब रुपैयाँ पुगेको छ।

१२ हजार किलोमिटर राष्ट्रिय राजमार्ग प्रस्ताव

आइतबार, १३ जेठ २०७५

मुलुक संघीय संरचनामा गएपछि सरकारले सडक निर्माणको रणनीति परिवर्तन गरेको छ। सडक विभाग अन्तर्गतका अधिकांश साना आयोजनालाई प्रदेश र स्थानीय सरकारलाई हस्तान्त्रण गर्दै १२ हजार किलोमिटर सडक मात्र राष्ट्रिय राजमार्गमा प्रस्ताव गरेको हो

जिडिपीमा कृषिको योगदान घट्याे

मङ्गलबार, १८ बैशाख २०७५

मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको छ ।

झन् झन् बढ्दै परनिर्भरता

शुक्रबार, १४ बैशाख २०७५

कुनै बेला यहाँ उत्पादन भएको धान, चामल खपत नभएपछि विदेश निर्यात हुन्थ्यो । चामल बिक्री गर्नकै लागि सरकारले चामल निर्यात कम्पनी खोलेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।