"

गोविन्द केसी

अभिभावकले थुने कर्मचारी

सोमबार, १४ जेठ २०७५

कक्षा घटाएको विरोधमा गाउँपालिकाका कर्मचारीलाई अभिभावकले सोमवार कार्यालयमै थुनेका छन् । गाउँ शिक्षक समिति गुराँस गाउँपालिकाले हचुवाको भरमा जनसहयोग आधारभूत विद्यालय तामातडा पिलाडीको कक्षा घटाएपछि अभिभावकले विरोध गर्दै गाउँपालिकाका कर्मचारीलाई कायकक्षमै दिनभर थुनेका हुन्।

घरघरमा धारा

बिहिबार, १० जेठ २०७५

ठाटीकाँध गाउँपालिकाका ३ वटा वडाका घरघरमा धारा जोडिने भएको छ । खानेपानीको चरम समस्या झेल्दै आएका ठाटीकाँध गाउँपालिकाका ती वडाका स्थानीयले एक वर्षभित्र चौबीसै घण्टा पानी पाउने भएका हुन्।

चार महिनापछि भत्ता पाउँदा राउटे समुदायमा  खुसी

आइतबार, ३० बैशाख २०७५

चार महिनापछि राउटेले भत्ता भएका छन् । भैरवी गाउँपालिकाले राउटे भत्ता नआएपनि आफ्नै श्रोतबाट राउटेलाई १० महिनाको भत्ता खुवाएको हो । यसअघि ६ महिनाको भत्ता खुवाएको थियो । अहिले राउटे बस्ती रहेको डुंगेश्वर गाउँपालिका –६ ज्यामिरे खेतमा बस्दै आएका छन् । राउटे बस्तीमा ४६ परिवार रहेको छ ।

उद्योग वाणिज्य संघमा सात लाख अनियमितता

सोमबार, २४ बैशाख २०७५

उद्योग वाणिज्य संघ दैलेखमा सात लाख रुपैयाँ अनियमितता भएको छ । कुनै निर्णयबिना नै अध्यक्ष र कोषाध्यक्षले सात लाख रुपैयाँ झिकेको जनाइएको छ।

विरामी खोज्दै 'शिविर'

बिहिबार, २० बैशाख २०७५

ठाटीकाँध गाउँपालिका १ का ८२ वर्षीय गोलु उपाध्याय १ घण्टा हिँडेरै प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा आए । आफैँ नाम दर्ता गराए, स्वास्थ्यमा कुनै समस्या नआएपनि उनको आखाँमा देखिएको समस्या सुनाए ।

गाउँपालिकामा उपाध्यक्षको ताला

बिहिबार, १३ बैशाख २०७५

दैलेखको नौमुले गाउँपालिका कार्यालयमा उपाध्यक्षले नै ताला लगाएकी छिन्। उनले गाउँपालिकाले गर्ने निर्णय देखी कामहरू पारदर्शी नभएको भन्दै उपाध्यक्ष अमृती सिंहले तालाबन्दी गरेकी हुन्।

एक महिनादेखि काम बन्द

शुक्रबार, ०९ चैत २०७४

माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम एक महिनादेखि बन्द छ। गत माघ २७ मा आयोजनाको फिल्ड कार्यालयमा बम विस्फोट भएपछि रोकिएको काम अहिलेसम्म सुरु भएको छैन।

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

आइतबार, १३ फागुन २०७४

दैलेखको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा यो बस्तीमा पुग्न सकेको छैन ।

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

बिहिबार, १० फागुन २०७४

दैलेखमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप वखलढुंगा भिरबाट ५० मिटर तल खस्दा ४ जनाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए।

दैलेख प्रदेशमा बाम गठबन्धनका उम्मेदवार विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार विसी १५ सय ९७ मतले पराजित भएका छन् । उनले जम्मा ८ हजार ७ सय ६४ मत प्राप्त गरे ।

घर भत्किँदा दैलखमा एकको मृत्यु, दुई जना घाइते

शुक्रबार, ०९ भदौ २०७४

अविरल वर्षाका कारण शुक्रबार बिहान डेढ बजेतिर दैलेख सदरमुकाममा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा नारायण नगरपालिका ११ स्थायी घर भएकी ४५ वर्षकी दीपा चन्द्र रहेकी छन्।

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

आइतबार, २९ साउन २०७४

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

दैलेखमा बस दुर्घटना, ११ को मृत्यु

बुधबार, ३१ जेठ २०७४

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९५८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठबिस नगरपालिका – ४ नयनमन्दिर नजिक बुधबार दिउँसो साँढे तीन बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दैलेखका ७ तहमा एमाले, ४ मा काँग्रेस

बिहिबार, ०४ जेठ २०७४

११ स्थानीय तह भएको दैलेखमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका सहित ७ स्थानीयत तह एमालले विजयी हाँसिल गरेको छ भने काँग्रेसले १ नगरपालिका सहित ४ स्थानीय तहमा विजय हासिल गरेको छ।

बेलासपुरमा सवैको श्रमदान

शनिबार, १५ साउन २०७३

सदरमुकामकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर निर्माणको क्रममा सवैले श्रमदान गरेका छन्। मन्दिरको ढलान निमार्ण कार्यमा स्थानीय विकास अधिकारीदेखि प्रहरी प्रमुखसम्मले श्रमदान गरेका हुन्।

जुवाडे छुटाउन नेताहरुको लर्को

बिहिबार, १३ साउन २०७३

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखमा पक्राउ गरेर ल्याएका जुवाडे छुटाउन राजनीतिक दलकहरुको लर्को लगेको छ । उनीहरुले बिहीबार बिहानैदेखि प्रहरी कार्यालयमा जुवाडे छुटाउन दवाव दिन गएका हुन्। आफ्ना पार्टीका गाँउ स्तरीय नेताहरु जुवाखालबाट पक्राउ परेपछि छुटाउनका लागि पाटीका नेताहरुको दवाव बढेको हो ।

बजेट सक्न भ्याइनभ्याई

सोमबार, २० असार २०७३

दैलेख- असार मसान्त सकिनै लाग्दा ग्रामीण भेगका उपभोक्तालाई बजेट सक्न भ्याइनभ्याई छ। मसान्तमा विकास निर्माणका काम सकेर फच्छ्र्यौट नगरे बजेट फ्रिज जाने भन्दै उपभोक्तलाई बजेट सक्न चटारो परेको हो।

कम्पनी र स्थानीयबीच मुआब्जामै विवाद

शुक्रबार, १० असार २०७३

डाव (दैलेख)– माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सात्तला–१ डावस्थित ड्याम साइटमै घर भएका चन्द्रबहादुर शाही आयोजनाले स्थानीयको माग सम्बोधन गरेर छिटो बनाउनुपर्ने बताउँछन् । केही महिनादेखि उनी मुआब्जा विवादकै कारण दुःखी छन्।

गाँउमै रोजगारी पाउँदा स्थानीय दंग

शुक्रबार, १० असार २०७३

खिड्किज्युला (दैलेख)– सिंहासैनकी दुधाँ कामी, ४५, निकै खुसी थिइन् । गाँउमै काम गरेर पैसा कमाउन पाइन्छ भनेर कल्पनासम्म गर्न नसकेकी उनले गाउँमै काम गरेर राम्रो आर्जन गरेपछि अनुहारै उज्यालो थियो।

कर्णाली राजमार्गको दुरावस्था

मङ्गलबार, ०७ असार २०७३

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।