"
खिलक बुढाथोकी

खिलक बुढाथोकी

चावहिल कटेसी रमाउँला !

शुक्रबार, ०८ असार २०७५

यो हेमन्त राणाले गाएको ‘सुन साहिली...’ बोलको गीतको प्यारोडी हो । युट्युबमा अपलोड गरिएको यो प्यारोडीले चावहिल–जोरपाटी सडकको अवस्था देखाएको छ ।

धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक

शुक्रबार, ०८ असार २०७५

भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि ६ कम्पनी मात्रै तयार भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि आह्वान गरेको टेन्डरमा ६ कम्पनीले मात्रै आवेदन दिएका हुन् ।

महानगरलाई घाँस उपहार!

बुधबार, ०६ असार २०७५

सम्पदाप्रेमीको एक समूहले कुरुप बन्दै गएको रानीपोखरी परिसर सफा गर्दै त्यहाँ उम्रिएको घाँस गोडमेल गरी काठमाडौं महानगरपालिकालाई घाँस उपहार दिएका छन्। रानीपोखरी पुनर्निर्माणमा महानगरपालिकाले देखाएको उदासीनताप्रति व्यंग्य गर्दै सम्पदाप्रेमी स्थानीयले घाँस उपाहार दिएका हुन्।

टुंगिएन सम्पदा विवाद

सोमबार, ०४ असार २०७५

काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मा लिएका ऐतिहासिक सम्पदा पुनर्निर्माणको विवाद टुंगिएको छैन् ।महानगरपालिकाले रानीपोखरी, र काष्ठमण्डपको जस्ता मुख्य सम्पदाको पुनर्निर्माणको जिम्मा लिएको छ।त्यसैगरी धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको छ ।

सडकमा टिपर चालकको ‘दादागिरी’

शुक्रबार, ०१ असार २०७५

जोरपाटीका रमेश पौडेल सडकमा हिँड्दा टिपर देखियो भने निकै डराउँछन् । मोटरसाइकल चलाउँदा पनि उनी उत्तिकै होसियार हुन्छन् । कतै टिपरले ठोकिहाल्छ भन्ने उनलाई डर छ । यसको कारण हो– टिपर दुर्घटना बढ्नु।

मित्रपार्क–गोकर्ण सडकको अस्तव्यस्त

शुक्रबार, ०१ असार २०७५

ठुलठूला खाल्डाखुल्डी । खाल्डामा जताततै पानी जमेको छ । यो दृष्य मित्रपार्क–गोकर्ण सडकखण्डको नयाँबस्ती क्षेत्रमा शुक्रबार देखिएको हो । सडकको हिलो देख्दा लाग्छ– रोपाइँ गर्न ठिक्क पारिएको खेत हो ।

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

बुधबार, ३० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ। आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ।

कुन नगरको आम्दानी कति ?

सोमबार, २८ जेठ २०७५

स्थानीय तहले आउँदो आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनाइरहेका छन् । बजेट बनाउँदा आन्तरिक आम्दानीको विषयले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

आइतबार, २७ जेठ २०७५

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। यातायात कार्यालय एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो।

भवन सम्पदामैत्री गराउन आग्रह

सोमबार, २१ जेठ २०७५

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रको ‘बफर जोन’मा महर्जन विजनेस कम्प्लेक्सले ऐनलाई मिच्दै भवन बनायो । प्राचीन स्मारक ऐनले दिएको मापदण्डलाई मिच्दै बेसमेन्टको निर्माण र ३५ फिट अग्लो बनाएपछि सम्पदा बचाउ अभियान समूहले सरोकारवाला निकायलाई मापदण्ड कायम गराउन आग्रह गर्याे ।

सन्डिकेट अन्त्य घोषणाको २४ दिनपछि कार्यदल

आइतबार, २० जेठ २०७५

यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न अभिव्यक्तिमा आक्रामक रूपमा प्रस्तुत भएको सरकार कार्यान्वयनमा भने उदासीन देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख २४ गते यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै यसलाई सुधार्न कार्यदल गठन गर्ने बताएका थिए। तर, कार्यदल गठनमै २४ दिन बिताएपछि सिन्डिकेटको विषय ओझेलमा पार्न खोजिएको अनुमान गरिएको छ।

सिंहदरबारमा जताततै कुकुरको झुण्ड

शुक्रबार, १८ जेठ २०७५

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ । तर, सिंहदरवारमा मानिसको मात्रै होइन, कुकुरको समेत बासस्थान बनेको छ । सिंहदरवारमा जताततै भुस्याहा कुकुरको झुण्ड देख्न सकिन्छ । यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् । सिंहदरबार काठमाडौं महानगरपालिकाले ‘कुकुर व्यवस्थित क्षेत्र’ घोषणा गरेको ठाउँ हो । तर, यहाँ कुकुरको झुण्ड हटेको छैन।

उपत्यकामा रेल कि केबलकार ?

सोमबार, १४ जेठ २०७५

उपत्यकाको सार्वजनिक यातायात सुधार्न बारम्बार मेट्रो र मोनो रेल एवं केबलकारको बहस हुने गरेको छ । यसपटक भने तीनवटै पूर्वाधार विकासका लागि प्रारम्भिक कार्य अघि बढेका छन् । तर, एकै क्षेत्रमा फरक–फरक खाले पूर्वाधार विकासमा तीन फरक निकाय संलग्न भएकाले पहिले कुन पूर्वाधार बन्ने हो भन्ने अन्योल सिर्जना भएको छ ।राजधानीकै सार्वजनिक यातायात सुधार्ने भन्दै तीन सरकारी निकायले फरक–फरक पूर्वाधारको तयारी गर्दा ‘डुब्लिकेसन’ हुने सम्भावना रहेको पूर्वाधारविद् बताउँछन् । यसले पूर्वाधार विकासमा आशा जगाउनुको साटो निराशा बढाएको उनीहरूको तर्क छ।

धरहरा क्षेत्रका पसल हटाइए

आइतबार, १३ जेठ २०७५

ऐतिहासिक स्थल सुन्धारास्थित धरहरा क्षेत्रका व्यवसायिक संरचना काठमाडौं महानगरपालिकाले हटाएको छ। महानगरकै सम्झौताका आधारमा साइड वाकर्स ट्रेडर्स प्रालिले व्यवसायिक प्रयोजनका लागि बनाएका संरचना हटाइएको हो।

मोनोरेलको सम्भाव्यता अध्ययन गर्न समझदारी

शनिबार, १२ जेठ २०७५

उपत्यकामा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ। उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भावना अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरसन (सिआरसिसी) र काठमाडौं महानगरपालिकाबीच समझदारी भएको छ। समझदारीपत्रमा शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीका महाप्रबन्धक लि होङ्कीले हस्ताक्षर गरे।

नगरवासीको घर बनाउने महानगरले बनाएन् आफ्नै घर

शुक्रबार, ११ जेठ २०७५

महानगरपालिकाबाट दैनिक सरदर १५ वटा भवनको नक्सा स्वीकृत हुन्छन् । यसरी प्रत्येक दिन जनताको घर तथा सार्वजनिक भवनको नक्सा स्वीकृत गर्ने कार्यालय महानगरको भने आफ्नै भवन छैन।

नुवाकोटमा स्काउटको महाकुम्भ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुधबार, ०९ जेठ २०७५

घाँटीमा स्काफ कोही स्वागतद्वार बनाउदै थिए। कोही बाँस चिरिरहेका देखिन्थे। कोही सरसफाई गरिरहेका थिए भने कोही रंग लगाइरहेका देखिन्थे। कोहीचाँही विभिन्न भौतिक संरचना बनाउन व्यस्त देखिन्थे। ती संरचना बनाउने तथा काम गर्नेहरुलाई शिवराम अर्याल निर्देशन दिइरहेको देखिन्थे।

धरहरा दोहनमा महानगर माैन

सोमबार, ०७ जेठ २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेका संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका चुपचाप बसेको छ । प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन महानगरलाई निर्देशन दिएको थियो । प्राधिकरणले निर्देशन दिएको आइतबार ११ दिन पुग्छ । यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हटाउने जिम्मा पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन । महानगरका मेयर विद्यासुन्दर शाक्यले नै यो विषयमा चासो नदेखाएको महानगरकै कर्मचारी बताउँछन् ।

ठमेलका सडक हिँड्नै सास्ती

सोमबार, ०७ जेठ २०७५

नेपाल आउनेमध्ये ८५ प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । यो वसन्तकालीन पर्यटकीय समय हो । यतिबेला ठमेलतिर पर्यटकको उपस्थिति बाक्लो देख्न सकिन्छ ।ठमेल पुग्ने पर्यटकले भने सास्ती खेपिरहेका छन् । ठमेलभित्रका अस्तव्यस्त सडकका कारण पर्यटकले सास्ती खेपिरहेका हुन् । यहाँ घाम लागेको दिन धुलो उड्ने भएकाले मास्कले मुख थुन्दै हिँड्नुपर्छ भने पानी परेको दिन हिलोमाथि हिँड्नुपर्ने बाध्यता छ ।

दिकीले चुमिन् सगरमाथाको चुचुरो

शुक्रबार, ०४ जेठ २०७५

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूलनाराको साथ दिकी शेर्पाले सगरमाथाको चुचुरो चुमेकी छिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।