"

कृष्ण किसी

घट्दै कृषियोग्य जमिन

आइतबार, ०३ असार २०७५

बढ्दो सहरीकरणसँंगै भक्तपुरमा कृषियोग्य जमिन घट्दै गएको छ। यही कारण किसानको जिल्ला भनेर चिनिने भक्तपुरमै धान रोपेको हेर्न दुलर्भ जस्तो हुन थालेको छ । विशेषगरी पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमिका सबैजसो वडामा घरैघरले भरिएका छन् । जिल्लाको सबै क्षेत्र नगरपालिकामा रुपान्तरण भइसकेको छ।

विद्यालयमा ‘स्टोनवर्क प्ले’को अभ्यास

शुक्रबार, २५ जेठ २०७५

कक्षाकोठामा शिक्षकले पढाइका लागि के लिएर जालान् ? धेरैको उतर हुनसक्छ– मार्कर, किताव, कापी वा कार्वन पेपर । योभन्दा बढी लिए भने ल्यापटप, प्रोजेक्टर मेसिन अथवा अरु केही । भक्तपुरको एक स्कुलमा भने ‘स्टोनवर्क प्ले’ (स–साना ढुंगाले पढाइ गर्न सक्ने)बारे अभ्यास गरिएको छ । भक्तपुरको एभरेस्ट इंगलिस स्कुल मिवाछेंका चार दर्जन शिक्षकले बिहीबार यस्तो अभ्यास गरेका हुन्।

नेपाल भाषाको लिपि सिक्दै विद्यार्थी

सोमबार, १४ जेठ २०७५

भक्तपुर, च्याम्हासिंहका कृष्णराम प्रजापति अंग्रेजी पढ्न र लेख्न सक्छन् । तर, उनलाई मातृभाषा (नेपाल भाषा)को लिपि लेख्न र पढ्न आउँदैन । उनी ख्वप कलेज, भक्तपुरमा स्नातकोतर गरिरहेका छन् ।

करको दायरा वढाउँंदै सूर्यविनायक

सोमबार, १४ जेठ २०७५

नयाँ नगरपालिकाको रुपमा रहेको भक्तपुरको सूर्यविनायक नगरपालिकाले आन्तरिक राजस्व संकलनमा उलेख्य प्रगति गरेको छ । राजस्व संकलनको कुल लक्ष्य आठ करोड ४८ लाख ५० हजार रहेकोमा हालसम्म सात करोड १५ लाख रुपैयाँ संकलन भइसगरपालिकाले जनाएको छ।

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

सोमबार, ०७ जेठ २०७५

देशभरिका सामुदायिक स्कुलले विद्यार्थी नपाएर विद्यालय बन्द गर्नुपर्ने वा गाभ्नुपर्ने बाध्यता आइरहेका बेला भक्तपुरको सामुदायिक विद्यायलमा भने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ । भक्तपुरको वागीश्वरी मावि च्याम्हासिंगले क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि भर्ना कार्य रोकेको छ।

रञ्जना लिपि जगेर्ना गर्न कार्यशाला

आइतबार, ०६ जेठ २०७५

भक्तपुरको मध्यपुर थिमिबासीले शनिबार नेवारी भाषाको लिपि लेख्न सिक्न पाएका छन्। नेपाल लिपि गुथी थिमि शाखा भक्तपुरले मध्यपुर थिमि नगरपालिका ४ बालकुमारीमा गरेको एक दिने रञ्जना लिपि कार्यशाला तथा क्यालिग्राफीमा स्थानीयले रञ्जना लिपि सिक्ने अवसर पाएका हुन्।

‘रिटायर्ड बट नट टायर्ड’

शुक्रबार, ०४ जेठ २०७५

रामगोपाल कर्मचार्य (६६)ले शिक्षणबाट अवकास लिएको पाँच वर्षभन्दा बढी भइसक्यो । अवकासपछि उनको दिनचर्या घट्नुको साटो झनै व्यस्त छ । समाजसेवाप्रति उनको सक्रियता बढेको छ । लाग्छ– उनको जोश, जाँगर कुनै तन्नेरीभन्दा कम छैन ।

रोजेकै स्कुलमा सोनिश

सोमबार, ३१ बैशाख २०७५

गएको भूकम्पमा घरको भग्नावशेषबाट २२ घन्टापछि उद्धार गरिएका सोनिश अवाल अभिभावकले रोजेकै स्कुलमा पढ्न पाउने भएका छन् । गत वैशाख २० गते नागरिक दैनिकमा ‘स्कुल जान थाले भूकम्पमा बचेका सोनिश’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी रोजेकै स्कुलमा पढ्न पाउने भएका हुन् । उनलाई भक्तपुर, मिवाछेंस्थित एभरेस्ट इंगलिस स्कुलले निःशुल्क पढाउने घोषणा गर्दै कक्षा नर्सरीमा भर्ना गरेको हो ।

६७ जनाले धारण गरे श्रामेणर

आइतबार, २३ बैशाख २०७५

भक्तपुरको इनाचोस्थित मुनिविहार इनाचो भक्तपुरमा शनिबार ६७ जना पुरुषहरुको श्रामेणर (भिक्षु वन्नको लागि पहिलो चरण) प्रवज्या भएको छ। देशभरका एक दर्जन भन्दा वढी जिल्लाहरुबाट घर गृहस्थी त्यागेर भिक्षु हुन मन पराउनेहरुको सामूहिक प्रवज्या श्रामेणर भएको हो। घर गृहस्थी त्यागेर बौद्ध धर्म अनुसार भिक्षु बन्ने सुरुवातलाई श्रामेणर भनिन्छ। श्रामेणर तह पूरा गरेपछि भिक्षु बनिन्छ।

स्कुल जान थाले भूकम्पबाट बचेका सोनिश

बिहिबार, २० बैशाख २०७५

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल स्कुल जान थालेका छन्। २०७१ मंसिर २९ गते जन्मेका सोनिश नयाँं शैक्षिक सत्रदेखि भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका हुन् । घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि एकाएक चर्चाको शिखरमा पुगेको थियो।

चण्डेश्वरीको जात्रा सुरू

सोमबार, १७ बैशाख २०७५

भक्तपुरको चासुखेलमा सोमबार धुमधामकासाथ चण्डेश्वरीको जात्रा मनाइँंदै छ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि जात्रा मनाउने परम्परा छ ।

कहिले अन्त्य होला टहराको बास

शुक्रबार, १४ बैशाख २०७५

भूकम्प गएको तीन वर्ष बित्दा पनि भक्तपुरका भूकम्पपीडितहरू टहरामै बस्न बाध्य छन् । घर पुनर्निर्माण गर्न नसक्दा पीडितहरू अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका हुन्।

भक्तपुरका भूकम्पपीडित अझै टहरामै

शुक्रबार, १४ बैशाख २०७५

महाभूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि भक्तपुरका भूकम्पपीडित अझै टहरामै बस्न बाध्य छन्। विभिन्न समस्याका कारण नयाँ घर बनाउन नसक्दा उनीहरू टहरामै कष्टपूर्ण किसिमले बस्न बाध्य भएका हुन्।

साथीको सामान चोरी गर्ने पक्राउ

बिहिबार, १३ बैशाख २०७५

प्रहरीले सँंगै कोठमा बस्ने साथीको सामान चोरी गर्ने एकजनालाई बिहीबार पक्राउ गरेको छ। विहान अन्दाजी साढे दुई बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा राधेराधेबाट झापा जिल्ला घर भई हाल मध्यपुर थिमि बस्ने १७ वर्षीय पवन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जहाँ पुजारी नै स्वयंसेवक छन्

सोमबार, १० बैशाख २०७५

बिहान सबेरैदेखि पूजापाठ र धार्मिक कार्यमा खटिँदै आएका मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्ययले बिना पारिश्रमिक स्वयंसेवकको रूपमा काम गर्छन् । उनको यो रहर होइन, बाध्यता हो । कुनैताका रहरले मन्दिरको पूजाआजामा लागेका राजोपाध्याय अहिले बाध्य भएर पूजापाठ गर्दै आएका छन् । मन्दिरमा अन्य पुजारी कोही नभएको र कुनै पारिश्रमिक नआउने भएपछि उनी चिन्तामा छन् ।

भक्तपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रम

सोमबार, ०३ बैशाख २०७५

भक्तपुर नगरपालिकाले संघीयता अनुरुपको स्थानीय पाठ्यक्रम बनाएको छ।

बुद्धकृष्णले छैठौं पटक जिव्रो छेडाए

आइतबार, ०२ बैशाख २०७५

हजारौं जात्रालुहरुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बाडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि नगरपालिका ८ बोडेकै स्थानीय बुद्धकृष्णले बोडे उच्च माविसँगैको बोडे लायकु चोकमा जिव्रो छेडाएका हुन्।

ल्योसिंखेलमा उठाइयो ५५ हात लामो लिंगो

शुक्रबार, ३० चैत २०७४

भक्तपुरको ल्योसिंखेलमा शुक्रबार साँझ ५५ हात लामो लिंगो उठाइएको छ । साँंझ करिव साढे ६ बजे हजारौं यवाहरुले डोरीको सहायताले तानेर लिंगो उठाएका हन्।

भक्तपुरमा उठाइयो हात नभएको लिंगो

शुक्रबार, ३० चैत २०७४

भक्तपुरको पोटरी स्वायरमा शुक्रबार दिउँसो हात नभएको लिंगो उठाइएको छ। स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर दिउँसो साढे १२ बजे लिंगो उठाउन सफल भएका हुन्।

ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाइँदै

शुक्रबार, ३० चैत २०७४

भक्तपुरको ल्योसिंखेलमा शुक्रबार साँझ बिस्केट जात्राको मुख्य आकर्षण मानिएको ५५ हात लामो लिंगो उठाइँदै छ ।