"

दिपेश श्रेष्ठ

यस्तो देखियो सांसदको सपथ, विनोद चौधरीदेखि विना मगरसम्म उपस्थित (फोटो फिचर)

आइतबार, २० फागुन २०७४

प्रतिनिधिसभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार अपराह्न जेष्ठ सदस्य महन्थ ठाकुरबाट ईश्वर र जनताका नाममा २७३ सदस्यले सपथ लिएका हुन्।  फौजदारी अभियोग लागेका रेशम चौधरीले सपथ लिन पाएनन भने जेष्ठ सदस्य महेन्द्रराय यादव उपस्थित भएनन्।

भक्तपुरस्थित हनुमन्ते खोलाको पुलमा राखिएको बम निस्क्रिय

बिहिबार, २१ मङि्सर २०७४

मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन्।

कौशलटारमा दमननाथको घरदैलो (फोटो)

बिहिबार, ०७ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर-२ बाट नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन अभियानलाई तीब्रता दिएका छन्। बिहीबार उनले कौशलटार क्षेत्रमा चुनाबी घरदैलो गरे।

प्रकृतिको मनोरम उपहार बल्थली

सोमबार, १२ असार २०७४

केही वर्ष अघिसम्म गुमनाम जस्तै काभ्रेको बल्थली गाउँ अहिले काठमाडौं उपत्यकाको कोलाहलबाट मुक्त भइ फुर्सदको समयमा प्रकृतिसँग रम्न मन पराउनेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ ।

सरकार र राजपाबीच सिंहदरवारमा छलफल जारी

आइतबार, २८ जेठ २०७४

सत्ता गठबन्धन र राजपाबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भइरहेको छ। दोस्रो तहको निर्वाचनमा राजपालाई भाग लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई बैठकमा डाकेका हुन्। छलफलमा राजपाका केन्द्रीय नेताहरु महन्थ ठाकुर, सरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिलकुमार झा सहभागी छन्।

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

बुधबार, १६ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

ओलीले भारतीय राजदूतलाई सुनाए संविधानका उपलब्धि

सोमबार, १४ चैत २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ। राजदूतको रुपमा शनिबार काडमाडौं आएका उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति, ३ बजे संसद बस्ने

बिहिबार, १२ फागुन २०७३

सिंहदरवारस्थित सभामुख ओनसरी घर्तिमगरको सभाकक्षमा भएको त्रीपक्षीय छलफलमा संसद सुचारु गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सभामुख घर्तिमगरबीच छलफल भएको थियो।

निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने

सोमबार, ०९ फागुन २०७३

निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रीत भएको बताइएको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ।

भैरहवामा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

शुक्रबार, ०६ फागुन २०७३

‘नेपाल फोटो प्रदर्शनी यात्रा’ भैरहवामा बिहीबारबाट सुरु भएको छ। फोटो पत्रकार क्लब (पिजे क्लब)ले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी भैरहवामा सुरु गरेको हो।

जयबहादुर चन्द र सिंहबहादुर श्रेष्ठ आइजीपीमा नियुक्त

आइतबार, ०१ फागुन २०७३

सरकाले सशस्त्र प्रहरी र नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।

‘पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने तयारी’

शुक्रबार, २१ माघ २०७३

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले सरकारी अस्पतालमा पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने व्यवस्थाका लागि प्रक्रिया अघि बढाएको बताएका छन्।

लेखा समिति सभापतिमा माओवादीका उपाध्याय विजयी

सोमबार, १७ माघ २०७३

सात महिनापछि लेखा समितिले सभापति पाएको छ। सोमबार भएको मतदानबाट कांग्रेस- माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन्।

निर्वाचनसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

शुक्रबार, १४ माघ २०७३

संसदको राज्य व्यवस्था समितिबाट संघीय संरचनाअनुसारको निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पारित भएको छ। समितिले निर्वाचन कसुर तथा साजयसम्बन्धी प्रचलित कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई पारित गरेको हो।

मन हर्ने गोसाइँकुण्डको साैन्दर्य (फोटो फिचर)

आइतबार, २३ जेठ २०७३

काठमाडौँबाट हिँडेको दोश्रो दिन हामी गोसाइँकुण्डमा थियौं। पहिलो दिन ६ घण्टाको बस यात्रा र लगभग ६ घण्टाकै पदयात्रा पछि लखतरान परेको ज्यानले भोलिपल्ट भने केहि राहत महसुस गर्यो। जव गोसाइँकुण्डको साैन्दर्य देखेर आँखा र मन दंग बन्यो, थकान सबै चट्।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।