"

कमल खत्री

आयोजक सेमिफाइनलमा

मङ्गलबार, २२ जेठ २०७५

आयोजक नेपालगन्ज–११ ले एपिएफलाई २–० ले पराजित गर्दै टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै एपिएफ

सोमबार, २१ जेठ २०७५

पूर्वको तुलनामा पश्चिम नेपालमा फुटबल गतिविधि कम हुने गर्छन्। बुटवलयता नियमित रूपमा भइरहेका प्रतियोगिता हुन्– नेपालगन्ज गोल्ड कप र खप्तड गोल्ड कप। पश्चिम नेपालमा फुटबल संस्कृति बढाउने लक्ष्य लिएको टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज–११ र एपिएफले प्रतिस्पर्धा गर्दै छन्।

‘पहुँचका आधारमा टिकट!’

शुक्रबार, २१ बैशाख २०७५

निष्पक्ष रुपमा टिकट वितरण नगरेको भन्दै हुम्लाबासीले विरोध गरेका छन् । हुम्लाबासीले सिता एयरको टिकट काउन्टरबाट नियमसंगत टिकट नपाएको भन्दै विरोध गरे। दुई समुहले टिकट पाउनुपर्ने भन्दै माग गरेपछि केहि बेर विवाद भएको थियो ।

माफियाको भरमा कर्णालीको हवार्इ सेवा

बुधबार, १९ बैशाख २०७५

पश्चिम क्षेत्रमा हवाई सेवामा भएको बेथिती र मनोमानीले सर्वसाधारणले सहजै हवाई टिकट पाउन सक्दैनन। दुर्घटना र बिरामीले समयमा उपचार गर्न नपाएर मुत्यु हुनु कर्णालीका लागी नौलो कुरा नभएको बताउँछन एक कर्मचारी

माफियाको भरमा कर्णालीको हवार्ई सेवा

मङ्गलबार, १८ बैशाख २०७५

नेपालगन्ज राझा विमानस्थल नजिक ट्राभल्स व्यवसाय गरेका मोहम्मद आयतुल्ला रहमानले ६ महिनाअघि १५ यात्रु हुम्ला पठाउँदै थिए । हुम्ला पठाउनका लागि उनले तारा एयरको विमान चार्टर गरे।

नागरिक नायक २०७५- दानवीर दम्पती

मङ्गलबार, ११ बैशाख २०७५

‘जब अस्पतालका नाममा दान दिन पाएँ, आफैंले पुनर्जीवन पाएझैं लागेको छ, हर्षले छाती चौडा भएको छ, ‘स्वर्ग’ अनुभूत गर्न पाएको छु,’ श्रीजंग शाहले नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालमा नागरिक अभिनन्दनपछि यसो भनिरहँदा त्यहाँका धेरै सहभागी भावुक देखिए।

शोकमा शिक्षा अभियानलाई सघाउँदै मदकृष्ण

सोमबार, ०३ बैशाख २०७५

पत्नी बियोगको शोकमा छन कलाकार मदनकृष्ण श्रेष्ठ अहिले । जीवनका हरेक मोडमा साथ दिदै आएकी पत्नी यशोदा सुवेदी श्रेष्ठलाई उनले दुइ साता अघि गुमाएका थिए । क्यान्सर रोग कारण यशोदाको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । पीता मदककृष्णको आखाबाट औलाएको छैन।

जो सहकारीले घरबार बिहिन भए

बुधबार, १४ चैत २०७४

सुर्खेतबाट बसाईसराइ गरेर आएका मीन बहादुर डाँगीले ६ वर्ष अघि नेपालगन्ज फुल्टेक्रामा घर किनेका थिए। बैदेशिक रोजगारका लागी साउदी अरब जानु अघि उनको सपना थियो नेपालगन्जमा एउटा घर किन्ने।

बुर्का उघारियो, थपिए चुनौती

बिहिबार, ०८ चैत २०७४

चुलोचौको र सरसफाइलगायत घरव्यवहार गर्ने र श्रीमान्सहित परिवारका सदस्यलाई सघाउने साहिदा बानोको आठ महिनाअघिको दैनिकी फेरिएको छ । २२ वर्षअघि बुहारी बनेकी साहिदाको दैनिकीमा अचानक परिर्वतन आएको होइन। जीवनमा नसोचेको परिस्थिति आएपछि उनीघरको साँघुरो घेराबाट निस्केर जनसेवक बन्न पुगिन्। अहिले उनी हजारौं गाउँलेको सपना पूरा गर्ने नेतृबनेकी छिन् ।उनको अनुहारबाट बुर्का हट्यो तर उनको काँधमा चुनौतीथपिएका छन्।

नेपालगन्ज गोल्ड कप फुटबल स्थगित

शनिबार, ०३ चैत २०७४

पश्चिम क्षेत्रको लोकप्रिय प्रतियोगिता बन्दै गएको टुबोर्ग नेपालगन्ज गोल्ड कपको तेस्रो संकरण निर्धारित समयमा नहुने भएको छ। प्रतियोगिता नेपालगन्ज रंगशालामा शनिबारबाट हुने तय थियो।

नेपालगञ्ज रेलमार्ग सर्भे सुरु

बुधबार, ३० फागुन २०७४

भारतीय सहर रुपैडियादेखि कोहलपुरसम्म निर्माण गर्ने भनिएको नेपालगन्ज रेलमार्ग निर्माणको सर्भेको काम सुरु भएको छ । रेलमार्गको सर्भे गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी आरके टेक्नोले मंगलबार नेपालगन्जमा आएर सर्भेको काम सुरु गरेको हो।

प्रतिष्ठाको लडाइँले मारमा गोल्डकप

बुधबार, ३० फागुन २०७४

नेपालगन्जमा शनिबारदेखि हुने भनिएको तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता खेल पदाधिकारीहरूको जुँगाको लडाइँका कारण तोकिएको समयमा नहुने भएको छ।

अल्जेरियामा नेपाली कामदार बन्धक बनाएको आरोप

मङ्गलबार, २९ फागुन २०७४

रोजगारीका लागि अल्जेरिया पुगेका नेपाली श्रमिकलाई बन्धक बनाएर राखेको आरोप आफन्तले लगाएका छन् । सुर्खेत चादनी चोकका रञ्जित विसी र बाँके डुडुवा गाउँपालिका कम्दीका प्रेमबहादुर बुढा गत मंसिरमा रोजगारीका लागि अल्जेरिया पुगेका थिए । अल्जेरिया जानका लागि रञ्जित र प्रेमसँगै गत मंसिर १४ मा अल्जेरिया जानका लागि २१ जनाले श्रम स्वीकृति पाएका थिए।

मौलाउँदै छ लागूऔषध व्यापार

बुधबार, २३ फागुन २०७४

महेन्द्र रंगशालामाएक महिनाअघि मैत्रीपूर्ण फुटबल खेल्न गएका बेला नेपालगन्जका पत्रकार जीवन पाण्डेको मोबाइल फोन र ४० हजार रुपैयाँ चोरी भयो । बैंकको किस्ता बुझाउन तयार पारेको रकम चोरी भएपछि उनी निराश भएर प्रहरीको सम्पर्कमा पुगे ।

महिला उद्यमी मेलामा होलीको रौनक

सोमबार, १४ फागुन २०७४

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

बुधबार, ०९ फागुन २०७४

प्रदेशको मौलिकतालाई प्राथमिकतामा राख्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ मा आगामी वर्ष हुँदै छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयारी समिति प्रमुख विनोद मैनाली, कीर्तिमानी धावक हरि रोकायले लोगो, मस्कट सार्वजनिक गरेका थिए।

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

मङ्गलबार, ०८ फागुन २०७४

एपिएफले पाँचाैं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।

फाइनलमा पुरानै प्रतिद्वन्द्वी

सोमबार, ०७ फागुन २०७४

शिवम् न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

पिएम कपको सेमिफाइनल समीकरण पूरा

आइतबार, ०६ फागुन २०७४

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को सेमिफाइनलमा शिवम् न्यु डायमन्ड एकेडेमी र बंगलादेशको इफाट ग्रुप महिला भलिबल टोलीले खेल्ने भएका छन्।

शोकमा भलिबल खेल्दै प्रतिभा

शुक्रबार, ०४ फागुन २०७४

महिला भलिबलको लोकप्रिय टोली शिवम् न्यु डायमण्डबाट खेलिरहेका दुइ स्टार खेलाडी हुन प्रतिभा माली र मञ्जु गुरुङ । मञ्जु डायमण्डबाट खेलिरहेका कारण अहिले भलिबलको चर्चामा छिन । प्रतिभा सोकमा भलिबल खेलिरहेकी छिन।