"
स्मृति ढुंगाना

स्मृति ढुंगाना

डा. केसीकाे समर्थनमा प्रदर्शन (फाेटाे फिचर)

बुधबार, २६ पुष २०७४

डा. गाेविन्द केसी पक्राउको विरोध र उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आयोजना गरेको प्रदर्शनमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी गरिरहेका छन्।

चाकुकाे चटाराे (फोटो फिचर)

मङ्गलबार, २५ पुष २०७४

माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका चाकु व्यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । माघे संक्रान्तिलाई केन्द्रित गरेर बजारमा चाकुको माग बढी हुने भएकाले यतिबेला टोखा, मंलगबजार र भक्तपुरका चाकु व्यवसायीलाई चाकु बनाउन व्यस्त भएका हुन् ।

डा. केसीको समर्थनमा उर्लियो जनलहर (फोटोफिचर)

मङ्गलबार, २५ पुष २०७४

डा. केसी पक्राउको विरोध गर्दै माइतीघर मण्डलामा उनको रिहाईको माग गर्दै समर्थकहरुले विरोध प्रर्दशन गरेका छन् । मंगलबार बिहान ८ बजेदेखि माइतीघर मण्डला डा. केसीको गिरफतारीविरुद्ध उनका समर्थकहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

ऋचा–दीपाश्री वाकयुद्धको तेस्रो पाटो

मङ्गलबार, १२ मङि्सर २०७४

‘गेट वेल सुन’ सामाजिक सञ्जालका भित्ताभर फिल्म आवद्ध कलाकारको समूहले लेखिरहेका थिए। ‘लौन कसलाई के भयो ? कोचाँहि बिमारी पर्‍यो?’ भनेर एकछिन मन आत्तिएको थियो।

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

बुधबार, ०६ मङि्सर २०७४

अभिनेत्री प्रियंका कार्की, रिश्मा गुरुङ र केकी अधिकारीले क्रिटिक्स अवार्ड प्राप्त गरेका छन् । बुधबार नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले आयोजना गरेको क्रिटिक्स अवार्ड वितरण समारोहमा उत्कृष्ट अभिनेत्री हुँदै उनीहरुले अवार्ड लिएका हुन् ।

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

बुधबार, ०६ मङि्सर २०७४

भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल काठमाडौंमा छन् । फिल्ममा भिलेनको चरित्रबाट चर्चा पाएपनि वास्तविक जीवनमा भने उनी भद्र व्यक्तिको रुपमा परिचित छन् ।

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

आइतबार, ०३ मङि्सर २०७४

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आए। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी निकिता चाण्डक हेड टू हेडमा समूह विजेता बन्न सफल रहिन्।

नेपाली र्याम्पमा अभिनेत्री मनिषा काेइराला

बुधबार, २९ कार्तिक २०७४

अभिनेत्री मनिषा कोइराला नेपाली र्याम्पमा देखिएकी छिन् । मंगलबार सानेपास्थित हेरिजेट प्लाजामा आयोजित क्लासिक डायमण्ड टाइमलेस पारागन ज्वेलरी फेसन शोमा शोजटपरको रुपमा उनी देखिएकी हुन् । ‘अन्तराष्ट्र्रियस्तरमा अभिनेत्री मनिषा कोइरालाले नेपाललाई परिचय गराउन महत्वपूर्ण भूमिका खेलेकी छिन् । बलिउड फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री कोइरालाले हाम्रो थिम मनपराएपछि उनलाई र्याम्पमा शोजटपरको रुपमा प्रस्तुत गरेका हौं,’क्लासिक डायमण्डका समीर महर्जनले भने ।

संघीय समाजवादी फोरमको घोषणापत्र सार्वजनिक

सोमबार, २७ कार्तिक २०७४

आगामी प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपालले  आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

आइतबार, २६ कार्तिक २०७४

काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अाइतबार बिहानदेखि घरदैलो कार्यक्रममा सक्रिय देखिए । काठमाडौं–४ मा पर्ने मित्रपार्क, गुहेश्वरी र जय बागेश्वरी वरपर घरदैलो कार्यक्रममा निस्किएका उनले स्थानीयहरूसँग भेटघाट गरेर गुनासा सुनेका थिए।

‘हेड टु हेड च्यालेन्ज’ उपाधी जितेसँग मिस नेपाल निकिता टप फोर्टीमा

आइतबार, २६ कार्तिक २०७४

मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ उपाधी मिस नेपाल निकिता चाण्डकले जितेकी छिन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा परेकी उनले उपाधी जितेकी थिइन् । हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको टप फोर्टीमा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् ।

‘सोज’ र ‘डेमोन्स् इन प्याराडाइज’ले जिते रामबहादुर ट्रफी

सोमबार, २० कार्तिक २०७४

निर्देशक तुषार माधव र सर्भनिक कौरको ‘सोज : अ ब्यालेड अफ मालाडिज’ र जोडे रत्नमको ‘डेमोन्स् इन प्याराडाइज’ ले संयुक्त रुपमा उत्कृष्ट हुँदै फिल्म साउथ एसिया अन्तर्गत दुई हजार डलरको रामबहादुर ट्रफी जितेका छन् । आइतबार यलमाया केन्द्रमा आयोजित कार्यक्रममा भारतीय पत्रकार शशी कुमारले भारतको ‘सोज :अ ब्यालेड अफ मालाडिज’ र श्रीलंकाको ‘डेमोन्स इन प्याराडाइज’लाई संयुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।

डकुमेन्ट्रीको सन्तुष्टी फिचर फिल्ममा पाइन्न : निर्देशक बोस

आइतबार, १९ कार्तिक २०७४

काठमाडौं – भारतीय फिल्म निर्देशक तपन बोसले निर्देशन गरेको फिल्म ‘द एक्सपेन्डेबल पिपुल’ फिल्म साउथ एसियाको ११ औं संस्करणमा प्रदर्शन भइरहेको छ । जनताको न्यायको पक्षमा फिल्म निर्देशन गरिरहेको उनी यतिखेर फिल्म साउथ एसियामा सहभागि भएका छन् ।

अवैध कोइला खानीमा नेपाली

शनिबार, १८ कार्तिक २०७४

नेपाल सरकार आफ्ना नागरिकप्रति देखाएका गैरजिम्मेवारी ‘फायरफ्लाइज इन द अबिस्’ डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । भारतको मेघालयको अवैध कोइला कारखानामा काम गर्ने नेपालीहरु कथा डकुमेन्ट्रीमा समेटिएको छ । कुनैपनि उपयोगी औजारबिना पहाडको माथिल्लो भागबाट करिव दुई सय मिटर तल पुगेर उनीहरु काम गर्न बाध्य छन् । दुई सय मिटर तल खोल्चोभित्र न प्रयाप्त अक्सिजन छ, न तत्काल आवश्यक पर्ने प्राथमिक उपचार । कोइला खोस्राउन सुरुङभित्र पसेका कामदारलाई मुसाले टोक्दा विवश भएर हाँस्न बाध्य छन् । कहिले पहाडको माथिल्लो भागबाट ढुंगा खसेर अकालमा ज्यान गुमाउन पर्छ भन्ने स्वयं कामदारलाई थाहा छैन् । हरेक वर्ष कामको सिलसिलामा मेघालय पुगेका नेपाली कामदारहरु अवैध कोइला कारखाना ढुंगाले पुरिएर मरिरहेका छन् ।

यसरी सहभागी हुँदैछ मिस युनिभर्समा नेपाल

बुधबार, १५ कार्तिक २०७४

संसारकै महंगो ब्यूटी प्याजेन्ट मानिने मिस युनिभर्समा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । सन् २०१२ की मिस नेपाल फस्ट रनर अप नग्मा श्रेष्ठ मिस युनिभर्समा नेपालको प्रतिनिधित्वि गर्दैछिन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा द हिड्न ट्रेजरले मिस युनिभर्समा नेपालको प्रतिनिधित्वबारे जानकारी गरायो ।

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

आइतबार, १२ कार्तिक २०७४

मिस वर्ल्डमा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले परम्परागत नेपाली सुर्के थैली बाँढेकी छिन्। विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागि प्रतियोगीहरुलाई नेपालको चिनो भनेर उनले सुर्के थैली उपहार दिएकी हुन्।

निर्माण व्यवसायी संघका अध्यक्षमाथि नयाँ वानेश्वरमा गोली प्रहार

सोमबार, २३ असोज २०७४

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि नयाँ वानेश्वरको खरीबोटमा गोली प्रहार भएको छ। दुई राउन्ड गोली लागेर ढलेका उनलाई तत्काल नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो।

हिडन ट्रेजरले गर्‍याे मिस वर्ल्डका सहभागीलार्इ बिदार्इ

बिहिबार, १९ असोज २०७४

द हिडन ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी निकिता चाण्डकलाई बिदाई गरेको छ । बुधबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल, मिस एसिया प्यासेफिक इन्टरनेशनल र मिस युनिभर्सलाई औपचारिक बिदाई गरेको छ ।

प्रधानमन्त्री देउवाले गरे मन्त्रीमण्डल विस्तार

बुधबार, ११ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्रीहरूको सपथ ग्रहण गरेका छन् ।

चित्रकलासँगै कोडिङ र रोबोटिङ सिक्दै बालबालिका

बिहिबार, ०५ साउन २०७४

बालबालिकाको शिक्षा र विकासमा नकारात्मक असर पर्ने भन्दै अभिभावकहरू उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढै राख्छन्। नेपालमा भने यही मोबाइल र ग्याजेटको प्रयोग गरेर बालबालिकालाई स्मार्ट बनाउने लर्निङ ल्याब सुरु गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।