coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

भारतले ५ सय र हजार दरकाभारुनोटमाप्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्षअसर नेपालमापनि परेको छ । ती दरका नोट साथमाहुने नेपालीचिन्तामा छन् । यहाँरहेकाती दरकाभारु नोटको समस्या समाधानका लागि भइरहेको पहलका विषयमा अर्थमन्त्री कृष्णबहादुर महरासँगनागरिकका सागर घिमिरेले गरेको संक्षिप्त कुराकानीः


भारु ५ सय र हजार दरकानोट सहटीको विषयमासर्वसाधारणमा अन्योल छ । समस्या समाधानगर्न के पहलभइरहेको छ ?

यो विषयमामैले हिजो भारतका अर्थमन्त्री, भारतीय राजदूत, नयाँदिल्लीस्थित नेपाली राजदूतसँग कुरा गरेँ । ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लाग्यो । त्यसको असर नेपालमा पर्ने भएकाले कानुनी रूपमा स्रोत खुलेका सर्वसाधारणको पैसाको विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ । त्यसको निम्ति सचेत ढंगले पहलकदमी गरेका छौं । यो विषयमाभारतका अर्थमन्त्रीलाई जानकारी गराएपछि समस्याबुझेँभन्नुभएको छ । यसबारे विस्तृतमादुवैतर्फकागभर्नरबीच कुरा भएको छ । कानुनी रुपमा वैध सम्पत्तिको हकमा समस्याहल हुन्छ ।

उनीहरुको चासो कालोधनउतै जान्छ भन्नेछ । कसरी आश्वस्त पार्न सकिन्छ?

अवैध सम्पत्तिको विषयमाहामी कडाइपूर्वक लाग्छौं । हाम्रो सरकारले पनित्यसमानिगरानी राख्छ । त्यहाँको चिन्ताहाम्रो पनिचिन्ताहो ।त्यसमास्थानीयप्रशासन, प्रधानमन्त्री, मुख्य सचिवसँग छलफल भएको छ ।त्यसमाहामीले हेर्ने भनेका छौं ।कालोधन कडाइ गर्ने विषयमाकुनै कमीहुनदिँदैनाैं।

रिजर्भ बैंक अफ इन्डियाले नेपाल राष्ट्र बैंकलाई सक्दैनौं भन्यो वा लिएनभने हाम्रो कुनै योजना छ ?

त्यतिखेर सोचौंला । मलाईत्यस्तो लाग्दैन ।कानुनी रुपमावैध सम्पत्तिको विषयमा समस्याहल हुन्छ । हामीले स्पष्ट भनेका छौं । जनताले कमाएको पैसा सुरक्षित हुन्छ । धेरै नेपालीभारतबाट आउँछन् । भारतीयहरु नेपालमापनि छन् । हामीलाईजनताको पैसाको चिन्ताहो । अवैधकारोबारको विषयमाचिन्तालिने कुरा भएन ।

जोसँगथोरै बचत छ उनीहरु ढुक्क हुँदा हुन्छ ?

त्यो समाधानहुनैपर्छ । त्यस्तो पैसाको समाधानभारत सरकारले दिए जस्तो हामीले पनि दिन्छौं । हामि लड्छौं,त्यसकालागि।
 

प्रकाशित: १ मंसिर २०७३ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App