coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जर्बजस्ती सर्वसम्मतप्रति सिटौला समूह असन्तुष्ट

पोखरास्थित महाधिवेशनस्थल। तस्विरः रासस

पोखरा— नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने हल्ला बाहिर आएसँगै कृष्णप्रसाद सिटौला समूहले असन्तोष जनाएको छ। विधानसम्मत तरिकाले पदाधिकारीको टुंगो लगाउनपर्ने यो समूहको माग छ। गत महाधिवेशनदेखि कांग्रेसभित्र तेस्रो शक्तिको रुपमा उदाएको सिटौला समूहले जर्बजस्ती पदाधिकारीको नाम टाँसिए मान्य नहुने जनाएको हो।

कसैले पदाधिकारीको नाम टाँस्दैन, यो निराधार हल्ला मात्र हो। निराधार र असत्य कुरालाई कुनै पनि कार्यकर्ता र नेताले पत्याउँदैनन,’ उनले भने, ‘विधान बमोजिम नै नेतृत्व चयन हुनुपर्छ

बन्दसत्रमा चलेको सर्वसम्मतिको हल्लासँगै सिटौलाले छुट्टै पत्रकार भेटघाट गरेर विधान विपरित तरिकाले पदाधिकारी चुनिए आफुले नमान्ने बताए। ‘एउटा मात्र उम्मेद्वारी परे निर्विरोध हुनसक्छ। एकभन्दा बढी उम्मे्दवारी परे पनि छलफल गरेर सहमति हुनसक्छ,’ उनले भने, ‘तर पार्टीले जर्बजस्ती पदाधिकारी छान्ने होइन।’ सबै तरुणबीच छलफल चलाएर सर्वसम्मत गरे राम्रो होला, नत्र विधान अनुसार चुनावी प्रक्रिया हुनैपर्छ’ उनले भने ।

शीर्ष नेताहरुले सहमति गर्दै पदाधिकारी चयन गरेको भन्ने हल्ला सत्य नभएको उनले बताए। ‘कसैले पदाधिकारीको नाम टाँस्दैन, यो निराधार हल्ला मात्र हो। निराधार र असत्य कुरालाई कुनै पनि कार्यकर्ता र नेताले पत्याउँदैनन,’ उनले भने, ‘विधान बमोजिम नै नेतृत्व चयन हुनुपर्छ ।’ शीर्ष नेताहरुबीच कोही मिल्ने र कुनै जिल्लिने भन्ने कुरा नै नभएको पनि उनले बताए। सहमतिको नाममा पदाधिकारीको नामावली टासिने भन्ने हल्लामा आफुले विश्वास नगर्ने उनले बताए। स्वतः स्फुर्त हुने निर्वाचनमा रोक लगाए राम्रो नहुने उनको भनाइ छ । ‘सबैलाई आफ्नो क्षमता देखाउने अवसर छ । त्यसमा कसैले रोक लगाउने होईन,’ उनले भने।

आफूले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेपनि पदाधिकारी भागबण्डा गरेर नामावली टाँस्ने सहमति नगरेको सिटौलाले बताए। ‘कोही उठ्ने र बस्ने भन्ने हुँदैन । तरुण दलमा नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय  निर्वाचन हुने बेला कमजोर बनाउनु हुँदैन,’ उनले भने। उनले कांग्रेस प्रजातान्तिक पार्टी भएकोेले अप्रजातान्तिक काम नगर्ने उनको विश्वास थियो। ‘जे हुन्छ,त्यो निर्वाचनबाटै हुन्छ । ‘अफ दी ट्रयाक’ मा गए राम्रो हुन्न’ उनले भने, ‘निर्वाचन नगर्ने हो भने पार्टी खिइन्छ। त्यसैले विधान बमोजिम नै हुनुपर्छ।’

प्रकाशित: २८ कार्तिक २०७३ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App