४ वैशाख २०८१ मंगलबार
राजनीति

जुम्लामा पुनःसंरचनाप्रति बढ्दो असन्तुष्टी

९ नम्बर ईलाका नटुक्रयाउन माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय

जुम्ला–स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सिफारिस गरेको खाकाप्रति जुम्लामा असन्तुष्टी बढ्दै गएको छ। पहिलेको ईलाकालाई कायम गर्न माग गर्दै सिफारिस गरिएको नयाँ खाकाले स्थानीय आवश्यकता र मागको संबोधन नगरेको स्थानीयको अभिव्यक्ति छ।

तात्कालिन ईलाका नम्बर ९ ले ईलाका टुक्रयाएकोमा चर्को विरोध गरेको छ। पट्मारा, मालिकावोता र वुम्रामाडिचौरलाई पुनरसंरचना गर्दा छुटयाएको भन्दै पहिलेकै ईलाकालाई कायम गर्न माग गरेका हुन्। यस्तै तातोपानी गाउँपालिका आपयक पर्ने स्थानमा तोकिएको भन्दै तिला गाउँ पालिकामा समावेश गर्न ताम्ती गाविसका स्थानीयको अडान छ।

उनीहरुले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापन पत्र बुझाएका छन्।

पुनःसंरचनाको खाकाप्रति विरोध गर्दै दिनहुँ खलंगामा नाराजुलुस चल्न थालेको छ।

वुम्रामाडिचौरका अगुवा विर्ख वहादुर कठायतले नयाँ खाकामा सहमति जनाउन नसक्ने बताए। उनको भनाई छ– स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सदरमुकामको सुविधा सम्पन्न होटलमा बसेर गरेको निर्णय कसरी स्वीकार्य हुन्छ?

स्थानीयको माग सम्बोधन गर्न ध्यानाकर्षणका लागि जिल्लास्थित राजनीतिक दलका नेताहरुले जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएका छन्।

प्रकाशित: २८ कार्तिक २०७३ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App