७ वैशाख २०८१ शुक्रबार
राजनीति

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

काठमाडौं –नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरीने भएको छ। दलको शनिबार देखि पोखरामा सुरु चौथो महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सकारात्मक देखिएका हुन।

सहमतिबाट नयाँ नेतृत्व चयन गर्न दुबै नेता तयार भएसँगै पार्टी निर्देशक समिति आन्तरिक तयारीमा जुटेका छन् । आइतबार बिहानसम्म अधिवेशन हुन बाँकी रहेका जिल्ला अधिवेशनको प्रतिनिधि टुंगो लगाउनुको साथै पार्टीभित्र विद्यमान गुटहरुले कसले के के पाउने भन्ने सैद्धान्तिक आधार तयार गर्ने छन्। ‘अर्को पार्टीसँग लड्नु पर्ने बेलामा आन्तरिक झगडा र विवाद अब धेरै गर्नु हुन्न भन्नेमा दुबै नेताहरु पुग्नु भएको छ,’ स्रोतले भन्यो, ‘सहमतिमा नेतृत्वय चयन गरेर पोखराबाट सकारात्मक सन्देशसहित कांग्रेस र्फकनेछ ।’

कसले कुन पद पाउने भन्ने टुंगो लागि नसकेको जनाउँदै एक नेताले भने, ‘के र कति पाउने भन्ने भएपछि मात्र व्यक्तिको कुरा हुन्छ ।’

तर, देउवा पक्षले भने जितजङ बस्नेतलाई अध्यक्ष बनाएर अन्य पदमा नेता पौडेलका साथै पार्टीभित्रका अन्य गुठलाई समेटेर अघि बढ्ने  तयारीमा छन् । ‘एक चरणमा कुराकानी भएको छ,’ एक नेताले भने, ‘निर्देशक समितिमा कुनै कुरा मिलेन भने नेताहरु बसेर अन्तिम टुंगो लगाउनु हुन्छ।’

देउवा पक्षले अध्यक्षले लिगे पौडेलले उपाध्यक्ष महासचिवसहितका पदको दाबी गर्दै आएका छन् । ‘सम्मानजनक सहभागिता हुन्छ भने सहमतिबाट नेतृत्व चयन गर्न हामी तयार छौ,’ पौडेल निकट एक नेताले भने, ‘सबै पद आफै राख्ने अनि सहमति गरौ भन्ने कुरा सम्भव छैन ।’नयाँ नेतृत्वका लागि दुबै पक्षबाट दर्जनजति नेता आकांक्षी देखिएका छन् ।

महाधिवेशनको उद्घानसत्रलाई सम्बोधन गर्दै पार्टीका शीर्ष नेताहरुले स्थानीय देखि केन्द्रसम्मको निर्वाचनको सामना गर्न पार्टीभित्रको बृहत एकता जरुरी रहेको औल्याउँदै मिलेरअघि बढ्ने सन्देश दिएका थिए। जवकी १३औं महाधिवेशनपछि भएको पार्टी संसदीय दलको नेता र कार्यसमितिका साथै नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा सभापति देउवा र नेता पौडेल पक्षबीच प्रतिष्पर्धा भएको थियो ।

उता महाधिवेशनको उद्घाटन भइसक्दासमेत आधा दर्जन जिल्लाको महाधिवेशन प्रतिनिधि टुंगो लागन बाँकी छ । भक्तपुर र सप्तरीमा अधिवेशनको प्रक्रिया सुरु भएको छैन भने धादिङ, बझाङ, सर्लाही र धनुषामा विवाद छ ।

तरुण दलको महाधिवेशन गराउन पार्टीले गठन गरेको निर्देशक समितिले राती बसेर विवादित जिल्लामा समाधानको प्रयास गर्ने भएको छ । ‘केही जिल्लाहरु अझै समधान हुँन बाँकी छ,’समिति सदस्य रामकृष्ण यादवले भने, ‘बन्दशत्र सुरु हुनुअघि नै सबै समस्या समाधान गर्ने प्रयासमा छौ ।’

तरुण दलको महाधिवेशन २०६१ सालपछि पहिलो पटक शनिबारबाट सुरु भएको हो । २०६४ असोजमा दुई पार्टी एकतापछि भ्रातृ संगठनको नेतृत्व भागबन्डाको आधारमा समायोजन गरेको कांग्रेसले २०६८ असोजमा तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहित छ भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरेको थियो । पार्टी केन्द्रीय समितिले छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नेगरी आयोजक समिति गठन गर्ने निर्णय गरेपनि तत्कालीन सभापति सुशील कोइराला नेता शेरबहादुर देउवा पक्ष विवादले माघमा मात्र समिति गठन भएको थियो । सोही आयोजक समितिको अध्यक्षको हैसियतमा दलको नेतृत्व  उदयशमशेर राणाले गर्दै आएका छन् ।

 

 

प्रकाशित: २७ कार्तिक २०७३ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App