७ वैशाख २०८१ शुक्रबार
प्रवास

पूर्व प्रधानमन्त्री डा. भट्टराईले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर दिने

लन्डन- नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले स्वागत गरे। पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई वेलायत आएका हुन्। भट्टराईले आइतबार  पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

 भट्टराईको स्वागतकालागि अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनाल, नेपाली दूतावास लन्डनका प्रवक्ता शरद आरन लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको विमानस्थलमा बाक्लो उपस्थिती थियो। भेलामा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने छन्।

पार्टीका अन्य नेताहरु मदन राई, डिवी गुरुङ तथा भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे र विदेश विभाग प्रमुख नवराज सुवेदीले समेत सो भेलालाई सम्वोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायत प्रचार विभाग प्रमुख विरेन्द्र श्रेष्ठले जनाए। 

डा. भट्टराईले शनिवार गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका छन्। उनले आगामी सोमवार नोभेम्बर साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र मंगलवार अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन्।

 

प्रकाशित: २६ कार्तिक २०७३ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App