coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाभियोगविरुद्ध कार्की अदालत जाने

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसद्मा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन्।

कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानबिन हुन लागेपछि एमाले र माओवादी नेताहरूले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्न लागिएको हो ।

महाभियोग प्रस्तावमा सांसदहरूलाई झुक्याएर सहीछाप गराई संख्या पु¥याएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बतायो ।  कार्कीका एक कानुन व्यवसायीले सोमबार सर्वोच्चमा दुई निवेदन दर्ता गर्नेगरी तयारी भइरहेको बताए । म्याद तामेली गर्दा वडा कार्यालयमा बेवारिस छोडिएकाले आफूले प्राप्त नगरेको दाबी पनि कार्कीले गर्ने उनको भनाइ छ।

‘महाभियोग लगाउँदा गरिएको नक्कली हस्ताक्षर र म्याद तामेलीको न्यायिक जाँच गराउन यस्तो निवेदन दर्ता गराउने निष्कर्षमा कार्की पुगेका हुन्’, उनी निकट स्रोतले भन्यो । अदालतमा आफूविरुद्ध परेको योग्यतासम्बन्धी मुद्दा र संसद्मा दर्ता महाभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुटेका  छन् । करिब एक दर्जन कानुन व्यवसायीसँग आइतबार कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा राय मागेका थिए।

कार्कीले पूर्वमहान्यायाधिवक्ता महादेव यादव, कोमलप्रकाश घिमिरे, बालकृष्ण न्यौपाने, बाबुराम कुँवरलगायतसँग परामर्श गरेका थिए । उनीहरूले अदालतमा मुद्दा फेस गरेर जानुपर्ने सुझाव दिएका थिए । हाल पुनरावलोकन मात्र भएकाले आत्तिनुपर्ने अवस्था नभएको तर्क उनीहरूको थियो ।

सर्वोच्च अदालतलाई आफ्नो योग्यतासम्बन्धी मुद्दामा म्याद तामेली गर्न पु¥याएको अवरोध असफल भएपछि आयोगका निलम्बित प्रमुख कार्कीले मुद्दाको तारेख नबुझी लम्ब्याउँदै आएका छन् । कात्तिक १ गते म्याद तामेल भएपछि त्यसको १५ दिनभित्र कार्की वा उनको वारेस अदालतमा तारेख बुझ्न जानुपथ्र्यो तर उनले यसमा अटेर गरेका छन् । सर्वोच्चको पुनरावलोकन आदेशअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट तारेख बुझ्नुपर्ने  थियो ।

सर्वोच्चले कार्कीको योग्यतासम्बन्धी फैसला पुनरावलोकन गर्न भदौ ३१ गते आदेश दिएको थियो । त्यसको झन्डै एक महिनासम्म म्याद तामेली हुन नदिन उनी आफैंले अवरोध पु¥याएका थिए । सुरुमा उनले अख्तियारमा रहेर म्याद बुझ्न अस्वीकार गरेका थिए । घरमा टाँस गर्न अदालतका कर्मचारी जान थालेपछि विदेश भ्रमणमा गई कार्कीले असहयोग गरेका थिए भने उनका सहयोगीले घरमा म्याद टाँस्न अवरोध पु¥याएका थिए । अब फेरि मुद्दा तन्क्याउनेगरी सर्वोच्चमै अर्को मुद्दा दर्ता गर्ने रणनीति कार्कीले लिएका हुन् । अदालतमा मुद्दा दर्ता भएपछि त्यसको निर्णय नभई मूल मुद्दा अघि बढाउन नमिल्ने जिकिर गर्ने रणनीति कार्की पक्षले बनाउने तयारी गरेको छ ।

अदालतलाई असहयोग गरेपछि एमाले र माओवादीका एक  सय ५७ सभासद्ले हस्ताक्षर गरी कार्कीविरुद्ध कात्तिक २ गते महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए।

प्रकाशित: २२ कार्तिक २०७३ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App