८ वैशाख २०८१ शनिबार
राजनीति

देउवालाई जेएनयुको मानार्थ विद्यावाराधि

कांग्रेस सभापति देउवा जेएनयुकाे मानार्थ विद्यावारिधि ग्रहण गर्दै। तस्विर साैजन्य: शंकर तिवारी

काठमाडौं— भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) ले मनार्थ विद्यावाराधिको उपाधि प्रदान गरेको छ। विश्विद्यालयका उपकूलपति जगदीशकुमारले आइतबार एक समारोहबीच सो उपाधि प्रदान गरेका छन्।

सभापति देउवाले आइतबारै जेएनयुमा १२ औं नेहरु मेमोरिएल लेक्चर समेत दिएका छन्। उनकाे लेक्चर डेमोक्रेसी एन्ड प्रोग्रेस इन द एशियन सेन्चुरी शीर्षकमा थियाे। 

जेएनयुको मनार्थ विद्यावारिधि पाउने देउवा पहिलो दक्षिण एशियाली नेता हुन्। 

सभापति देउवाले आइतबारै जेएनयुमा १२ औं नेहरु मेमोरिएल लेक्चर समेत दिएका छन्। उनकाे लेक्चर डेमोक्रेसी एन्ड प्रोग्रेस इन द एशियन सेन्चुरी शीर्षकमा थियाे। भारतका राष्ट्रिय र अन्तरार्ष्ट्रिय  नेता उपस्थित गराइने यो मञ्चमा यसअघि नेवेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, धर्मगुरु दलाई लामा, पूर्व भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम लगायतले सम्बोधन गरेका छन्। 

प्रवचन समापन लगत्तै विश्वविद्यालयका उपकूलपतिले देउवालाइ मानार्थ विद्यावाराधि प्रदान गरेका थिए। कार्यक्रममा देउवा पत्नी आरजु, सार्कका महासचिव अर्जुन थापा, नेपालका लागि भारतीय राजदूत रणजीत राय सहभागी थिए।

 

प्रकाशित: २१ कार्तिक २०७३ १७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App