७ वैशाख २०८१ शुक्रबार
राजनीति

'तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुन्छ'

काठमाडौं– रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्। एक दर्जनबढी जिल्ला अधिवेशन नगराइ अध्यक्ष उदयशम्शेर राणाले एकलौटी ढंगबाट महाधिवेशन गराउन लागेकोभन्दै नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टी जनाइरहेका बेला पार्टी निर्देशक समिति संयोजकसमेत रहेका खाँणले सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने दाबी गरेका हुन।

‘नेपाल तरुण दलको चौथो महाधिवेशन तोकिएकै मितिमा हुनेछ,’ खाँणले भने, ‘महाधिवेशन पार्टीका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको सहमति अनुसार नै हुनेछ ।’

तर, पौडेल पक्षीय तरुण नेताहरुले संगठनभित्रको आन्तरिक विवाद जस्ताकोतस्तै रहेको जनाउँदै सबै जिल्ला अधिवेशनपछि मात्र महाधिवेशन गर्नु पर्ने अडान राख्दै आएका छन् । ६० जिल्लाको मात्र अधिवेशन सकिएको र भक्तपुर, सप्तरीमा अहिलेसम्म अधिवेशनको प्रक्रिया सुरुनै नभएको जनाउँदै असन्तुष्ट पक्षले पर्सा, काभ्रे, उदयपुर, सुर्खेत, बारा, धादिङ, बाँके, बझाङ, रुपन्देह, सलार्हि र धनुषामा विवाद जारी छ। तर, अध्यक्ष राणाले ६८ जिल्ला अधिवेशन सम्पन्न भएको र पाँचवटामा नगर र क्षेत्रीय अधिवेशन भए जिल्ला अधिवेशन मात्र हुन बाँकी रहेको जनाएका छन्।

नेपाल छिमेकी विरुद्ध प्रयोग हुँदैन 

रक्षामन्त्री खाँणले भारत, चीन दुवै नेपालका असल छिमेकी भएको जनाउँदै मित्रराष्ट्रविरुद्ध कुनैगतिविधि हुन नदिने जनाएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने,‘नेपालले संसारका कुनैपनि देशको खिलाफामा विरोधी गतिविधि हुन दिनुहुँदैन, र नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिनुहुँदैन।’

संविधान संशोधनमार्फत सबै पक्षलाई संविधानको मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको जनाउँदै मन्त्री खाँणले भने, ‘संविधान संशोधनमार्फत सबैको अपनत्व हुनेगरि संविधान संशोधनको प्रयत्न भैरहेको छ ।’

संविधान कार्यान्वयनको लागि र तीनवटै निकायको चुनावको लागि पनि संविधान संशोधनको आवश्यकत्ता रहेको जनाउँदै उनले थपे,‘कांग्रेस सबै दलको भावनालाई समेटेर अघि बढ्छ ।’

मन्त्री खाँणले संघीय संरचना अनुसार नै सातै प्रदेशमा नेपाली सेनाको उपस्थिति होस् र सेनाको सञ्चालन केन्द्रिय संघीय सरकारले नै गर्ने र समन्वयकारी भूमिकाको लागि ७ वटै प्रदेशमा उपस्थिति गराउने प्रयास भइरहेको जनाए।

 

प्रकाशित: २१ कार्तिक २०७३ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App