६ वैशाख २०८१ बिहीबार
प्रवास

पूर्वप्रधानमन्त्री डा. भट्टराई बेलायत आउने

लन्डन-नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई लन्डन आउने भएका हुन् । भट्टराईले १३ तारिख आइतबार  पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले जानकारी दिए । सो कार्यक्रममा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ ।

पार्टीका अन्य नेताहरु मदन भट्टराई, डिवी गुरुङ तथा विदेश विभाग प्रमुख नवराज सुवेदीले समेत सो भेलालाई सम्वोधन गर्ने खनालले जानकारी दिए । त्यस्तै डा. भट्टराईले १२ नोभेम्बरमा गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका छन् । उनले १४ नोभेम्बर साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बरमा अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन् ।

प्रकाशित: १८ कार्तिक २०७३ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App